दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

खुल्ला आकाश् जुनतारा, गीत्कोलागि भाका होला ।
लाली गुँरास फूली रह्ने, नवै रंगका पाखा होला ।

प्रकृतिको श्रृजनामा, सबै दङ्ग मख्ख पर्छन ,
प्रकृतिकै उपहार हाम्ले साथ पाका होला ।

हात भए साथ हुन्छ, भावना त हो नी सानु
भेट गर्न हामी पनि, त्यसैले त धा'का होला ।

उचाइमा पुग्छन् सवै, नसोचेकै साथहरु,
आपसमा हराएर हाम्ले माया ला'का होला ।

केही थे'न हिजो सम्म, एक अर्कामा लिनु दिनु,
अब सधै भेट्न पर्ने किन यस्तो भो'का होला ।

विचित्रको संसारका, छुट्टा छुट्टै दुइ मन ,
एकै हलमा नारेर्, कस्ले यस्तो दा'का होला ।

मन भित्रका लहरहरु, आयात निर्यात गरिरहुँ ,
चेक अनि भन्सार छैन, हाम्लाइ खुल्ला नाका होला ।

 
धन्यवाद