Showing posts with label others news. Show all posts
Showing posts with label others news. Show all posts
आन्दोलनकारीको निसानामा एम्बुलेन्स, सुत्केरी गराउँन सिटिसफारी
Yatri Shekhar
सुनसरी । ६ मङ्सिर ०७२ सुत्केरी व्यथाले च्यापेकी पत्नीलाई धनकुटाको सिरानबजारका आनन्द खनालले मङ्सिर ५ गते अस्पताल पु¥याउँन एम्बुलेन्स चढाउँन पाएनन् । व्यथा नलाग्दै धनकुटाबाट सार्वजनिक यातायात चढेर विराटनगर हिडेपनि इटहरीमा आइपुग्दा व्यथाले झन च्याप्यो । पत्नी गुञ्जन गुरागाँईलाई एम्बुलेन्समा हालेर विराटनगर स्थित नोवेल अस्पताल पु¥याउँन खोज्दा एम्बुलेन्स चालक जाँन नमानेको आनन्दले बताए । ‘तीन ओटा एम्बुलेन्सलाई गुहारेँ । तर उनीहरू कोही पनि विराटनगर भनेपछि जान मानेनन् । यतैका अस्पतालमा भर्ना गर्न भने । उनीहरू नमानेपछि डेढ घण्टालगाएर सिटिसफारीमा विराटनगर पु¥याएँ,’ उनले फोनमा भने ‘धन्न विरामीलाई केही भएन ।’
तराईमा जारी आन्दोलनमा आन्दोलनकारीले एम्बुलेन्सलाई निसाना बनाएपछि मङ्सिर ५ गतेदेखि एम्बुलेन्स चालकहरूले एम्बुलेन्स विराटनगर लान मानेका छैनन् । पछिल्लो पटक मङ्सिर ४ गते सुनसरीको दुहबीमा आन्दोलनकारी संयुक्त मधेसी मोर्चाका कार्यक्रताले विराटनगरबाट विरामी लिएर धरान जाँदैगरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स लोडफोड गर्दा चालक विराटनगर उमनपा –११ का आनन्द विक घाइते भएपछि एम्बुलेन्स चालकहरू आन्दोलित भएका छन् । घाइते विकको सिटि अस्पताल विराटनगरमा उपचार भैरहेको छ । एम्बुलेन्स चालक संघ मोरङले मङ्सिर ५ गते मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सुरक्षाको ग्यारेन्टी र एम्बुलेन्समा आक्रमण नगर्ने लिखित प्रतिबद्धता नभएसम्म मोरङ र सुनसरीमा एम्बुलेन्स चलाउन नसकिने जनाएको छ । संघले बितेका तीन महिनामा सुनसरी र मोरङमा एक दर्जनभन्दा बढी एम्बुलेन्स तोडफोड भएको र ६ जना चालक कुटिएको जनाएको छ । मङ्सिर ३ गते पनि मोरङको रङ्गेलीबाट विरामी लिएर विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स विरामी पनि निकाल्न नदिइ संयुक्त मधेशी मोर्चाका कार्यक्रताले तोडफोड गरेका थिए । यस्तै ०७२ असोज ६ गते विरामी विराटनगर पु¥याएर फर्कदै गरेका सप्तरीका को १ च ४६९५ र स १ त ८७३ नम्बरका दुई ओटा एम्बुलेन्स सुनसरीको भोक्राहामा संयुक्त मधेसी मोर्चाका कार्यक्रताले तोडफोड गरेका थिए । पटक–पटक एम्बुलेन्स तोडफोड हुन थालेपछि सुरक्षाका लागि आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताउँछन् एम्बुलेन्स चालक संघ सुनसरीका उपाध्यक्ष भानु शर्मा । १४ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका शर्मा माओवादी युद्धकालमा पनि एम्बुलेन्स चालकहरूले यस्तो दुःख नपाएको बताउँछन् । ‘माओवादी युद्धका वेला पनि अहिले जस्तो असुरक्षित महशुस गर्नु परेको थिएन । माओवादीका घाइतेहरूलाई बोक्दा पनि समस्या हुदैन थियो । उनीहरूले पैसा पनि रेट अनुसार नै दिन्थे बरु अहिले समस्यै समस्या छ,’उनले भने । अर्का एम्बुलेन्स चालक भुवन मगर भन्छन् ‘नाकाबन्दीले एकातर्फ डिजेल÷पेट्रोल नपाएर विरामीले बोलाए ठाउँमा पुग्न सक्ने अवस्था छैन । अर्को तर्फ आन्दोलनकारीले कुन ठाउँमा तोडफोड गर्ने हुँन भन्ने त्रासमा हिड्नु पर्छ ।’ यसअघि पनि ०७० जेठ १२ गते सुनसरीको दुहबीमै आन्दोलनकारीको तोडफोडमा परी घाइते भएको सम्झदै उनले भने ‘विरामीलाई विराटनगर पु¥याएर फर्कदै थियाँै ं दुहबीमा आन्दोलनकारीले रोके । आउँने र जाने गरेर १२ ओटा एम्बुलेन्स तोडफोड भए । म र अर्को एम्बुलेन्सका चालक रमेश चौधरी घाइते भयौं । दुवै जना तीन दिन अस्पताल बस्नुप¥यो ।’ विनाकारण एम्बुलेन्स तोडफोड र आफुहरु घाइते भएपनि उपचारका लागि सहयोग नपाएको तथा दोषीलाई कारबाही नभएको उनको गुनासो छ ।
१२ वर्षदेखि रेडक्रस इनरुवाको एम्बुलेन्स चलाउँदै आएका छगन मण्डल पनि सम्झन्छन् एम्बुलेन्स चलाएकै कसुरमा दुई वर्ष अगाडि दुहवी पश्चिम तुताहामा फोरमकै कार्यक्रताबाट कुटिएको । ‘मधेश आन्दोलनमा एम्बुलेन्स चालक त्रासमा हिड्नु परेको छ । अरु आन्दोलनमा सुरक्षित महसुश भएपनि तराईको आन्दोलनमा सुरक्षित महसुश गर्न सकिएको छैन्,’ छगनले भने । दुहबी क्षेत्रमा प्राय भाडाका आन्दोलनकारीले एम्बुलेन्स तोडफोड गर्ने गरेको चालकहरूको भनाइ छ । जसले बन्द गरेपनि सडकमा तोडफोड गर्न आउँने अनुहार सधै एउटै देखिएको उनीहरूको भनाइ छ ।
आन्दोलनको नेतृत्व गरिरेको संघिय समाजवादी फोरमका सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे भने आफुहरूले एम्बुलेन्सलाई निसाना नबनाएको बताउँछन् । उनी भन्छन् ‘प्रहरीले हाम्रा कार्यक्रतालाई गिरफ्तार गरेपछि आक्रोसित स्थानीयले तोडफोड गरे । हामीले कसैलाई एम्बुलेन्स तोडफोगर्न भनेका छैनौं ।’ एम्बुलेन्स तोडफोड हुनु गलत भएको उनको भनाइ छ ।
चालकहरू असुरक्षित महसुश गर्दै आन्दोलनमा उत्रिएपछि सर्वसाधारणले समयमै स्वास्थ्य सेवा पाउँनबाट बञ्चित हुनुपरेको छ । सुनसरीमा ९२ ओटा र मोरङमा ९७ ओटा एम्बुलेन्स सञ्चालनमा छन् । आन्दोलनमै भएपनि अत्यन्तै सिकिस्त र गम्भिर किसिममा विरामीलाई भने ज्यान जोखिमै राखेर भएपनि बोक्ने बताउँछन् भुवन मेमोरियल ट्रष्टको एम्बुलेन्स चालक भुवन मगर । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने संवेदनशिल क्षेत्रमा सुरक्षा व्यवस्था मजवुत बनाएकाले अब एम्बुलेन्स चालक असुरक्षित नहुने बताए । सबै एम्बुलेन्स ढुक्कसंग चलाउन उनले आग्रह गरेका छन् । रेडक्रस सुनसरीका अध्यक्ष उमेश थापा पनि एम्बुलेन्स बन्द हुन नदिने बताउँछन् । उनी भन्छन् ‘मानवको जीवनसंग जोडिएको अत्यावसकीय सेवा बन्द गर्न मिल्दैन् । चालकको सुरक्षाका लागि राज्यले व्यवस्था गर्नुपर्छ र चालकले पनि आफ्नो काम निरन्तर गर्नुपर्छ । त्यो वातावरण बनाउँन रेडक्रस सक्रिय रहन्छ ।’
नेपथ्यलाई ‘वान्समोरको बर्षा’
Yatri Shekhar
दुई घण्टासम्म लगातार गाएर पसिना–पसिना भएका गायक अमृत गुरुङले दर्शको वान्समोरको बर्षा थेग्न नसकेर थप तीनवटा गीत गाए । रेशम, रातो र चन्द्रसुर्य जंगी निसान हाम्रो र तालको पानी माछिले खाने उनले बोनसमा गाएका हुन् ।
स्थानिय सुकुना चलचित्र मन्दिरमा खचाखच भरिएका दर्शक विच कार्यक्रममा अघिल्लो कन्सर्टजस्तै गायक अमृतले फेरि पनि उपस्थित दर्शकहरुसँग विद्यालयलाई शान्ति क्षेत्र बनाउने अभियानमा सहयोग गर्न पटक पटक अनुरोध गर्दै गीत गाइरहे गाइरहे । साढे सातसय क्षमताको हलले नपुग्ने अवस्था भएपछि अन्तिम दिन टिकट काट्ने दर्शकलाई आयोजकले पचास प्रतिशत अतिरिक्त शुल्क लिएका थिए । यसो गर्दा पनि दर्शकको माँग अनुसार सिट उपलब्ध गराउन नसकिएको स्थानिय आयोजक रेडियो सारङ्गीले जानकारी दिएको छ ।
‘नेपथ्य’ले सन् २००२ देखि प्रारम्भ गरेको ‘शान्तिको लागि शिक्षा’ पाचौँ श्रृंखलाको दोस्रो कार्यक्रम अमृतले ‘नासे छ्यावा’ बोलको गीत गाएर थालेका थिए । पहिलो कार्यक्रम नेपथ्यले मंसिर २१ गते चितवनमा गरेको थियो । दुई घन्टासम्म लगातार चलेको कार्यक्रममा कलाकारहरुले व्यापक दर्शक प्रतिक्रिया पाएका थिए । ‘देश भित्रका साना मञ्चहरु हुन् वा विदेशका भव्य भेन्यू, मलाई जहाँ पनि दर्शकले उत्तिकै माया गरिदिन्छन् र सबै ठाउँ मलाई उस्तै लाग्छन्,’ कार्यक्रम सकिएपछि थकित गायक अमृतले प्रतिक्रिया दिए, ‘जहाँ पनि उत्तिकै माया पाउँदा मलाई भाग्यमानी गायक हुँ जस्तो लाग्छ ।’
कार्यक्रमका लागि शनिबार विराटचोक आइपुगेको नेपथ्यलाई आइतबार विहान सबेरै हात हातमा राष्ट्रिय झण्डा बोकेर आएका स्थानीय वासिन्दाले पञ्चैबाजाको धुनसहित बजार परिक्रमा गराएका थिए ।
स्थानीय आयोजकका अनुसार कन्सर्टबाट उठेको रकमले द्वन्द्वमा परेका र पढ्न नसकेका बालबालिकाको शिक्षामा लगानी गरिने छ । त्यसका निम्ति शिक्षा विकास समितिसँग सहकार्य गर्ने उद्देश्य रहेको आयोजक अर्जुन गजुरेलले जानकारी दिए । बिराटचोकमा विभिन्न तहका सातवटा सरकारी र एघारभन्दा बढी निजी विद्यालय छन् ।
फेसबुकका भित्ता, दशैं र गजल
Yatri Shekhar
यात्री शेखर
गरीब दुखी निमुखालाई रुवाउँन आयो दशैं ।
रुवाएर आशुको भेलमा डुबाउँन आयो दशैं ।
राम्रो लाउनी मीठो खानी रहर सबैलाई हुन्छ,
यसपाली नी आशै आशमा भुलाउन आयो दशैं ।
चितवनकी सञ्चारकर्मी फुच्ची जमुनाले यो माहौलमा यस्तै शेर जुटाइन् । गजल बनाइन । र फेसबुक मार्फत पु¥याइन देश विदेश । यस्ता भावना पोख्न होस् या सिर्जना बाँढन होस् चाहे खबर र शुभकामना आदन प्रदान गर्न होस् भर्चुअल संसार अर्थात इन्टरनेटको दुनियाँ काफी भएको छ आजभोली । सिर्जना बाँढ्न, सुचना सम्प्रेषण गर्न, निम्ता पठाउँन मात्र हैन, सभा, बैठक र जमघट समेत भर्चुअल संसारमै हुन थालिसकेका छन् । केहि संघ संस्थाले नियमित बैठक, साधारणसभा भर्चुअल संसारमै गरिरहेका छन् । नेपाली ब्लगर एसोशिएसनले धेरैवटा साधारणसभा भर्चुअल संसारमै सकेको छ । विभिन्न देशमा रहेका सदस्यहरू भेलाहुने सजिलो माध्यम बन्यो भर्चुअल संसार । प्रविधिको विकास संगसगैं हाम्रा धेरै गतिविधिहरू या ेसंग जोडिए । चाहेर पनि नचाहेर पनि । हाम्रा चाडपर्व, संस्कारका असरहरू भर्चुअल संसारमा छाइरहेका छन् । चाहे त्यो फेसबुक होस् या ट्वीटर । ब्लग होस या वेबपेज । यी सबै अहिले दशैंमय भएका छन् । कतै शुभकामना छन् त कतै भावना र सिर्जनाहरू ।
फुच्ची जमुनाको जस्तै थुप्रै सर्जकले सिर्जनामा दशैंलाई आफ्नो बनाए । कसैले हुनेहरूको बनाए । कसैले नहुनेहरूको बनाए । हुनेकै मात्र बनाइदिने श्रष्टा धेरै छन् । कथा, कविता, मुक्तक भन्दा भर्चुअल संसारमा बाहुल्यता छ गजल गोहरूको । दशैंमात्र हैन भगवानलाई समेत हुनेकै बनाई दिए रामशरण श्रेष्ठले गजलमै यसरी
कसैको दशैं धुमधाम हुन्छ ।
कसैको दशैं सुनसान हुन्छ ।
हुनेहरूकै हो भगवान पनि
न त नहुनेको भगवान हुन्छ ।
दशैंको माहौल छ सबैतिर । भर्चुअल संसार यो भन्दा बाहिर रहेको भए सायद फुच्ची जमुना र रामशरण श्रेष्ठ जस्तै रवि प्राञ्जलका यी गजल हामीले पढ्न पाउथ्यौ÷पाउँदैनथ्यौं । पाए पनि कति समय पछि पाउँथ्यौ होला या त हामीले पढ्नै नपाई उनीहरूकै डायरीमा पूराना हुन सक्थे । हराउँन सक्थे ।
कसरी देखाऊँ ओठमा हाँसो चिरेर छाती यो ।
सिस्नु झै पोल्छ दशैंको बेला फूल र पाती यो ।
उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।
शरदको बेला फुलेन फूल फर्केन प्रियतम,
न बल्छ झल्ल न निभ्छ झ्याप्प मनको बाती यो ।
विदेश जानेको पर्खाइमा बस्नेको पीडा प्राञ्जलका यी शेरले दशैंमा बल्झाइ दिएका छन् । यस्तै भावनाको कुम्लो कुटुरो गजलमा पोको पारेर भर्चुअल संसारमा विसाउनेहरूको संख्या यकिन छैन् । न यकिन गरेर नै सकिन्छ । एउटै नदिमा मिसिने धेरै खहरेहरू झै केहिका भावनासंग एकाकार हुन भने सकिन्छ । र हुन पनि पर्छ । विवशता, बाध्यता र अभावका विच धेरैको दशैं आएको छ । जसरी नी दशैं मनाउने एउटा जमातलाई देशको वर्तामान परिवेशसंग बसन्त क्षितिजले जोडिदिए
नेता विक्रिमा, दशै खसी बोका बिक्रिमा
अभावले हेर, घरको झ्याल ढोका बिक्रिमा
आउ हेर संविधान आशा र हाम्रो उठिबास
कुटेको गिट्टी, हातमा उठेको फोका विक्रिमा ।
काम गरेर खानेलाई दशैं भर्चुअल संसारमा भेटिएका यी गजलहरूले भने जस्तै अभावका विच पनि उक्लनै पर्ने बाध्यताको पहाड भएको छ । खर्च गर्ने ठाउँ नहुनेहरूले तामझाम गर्ने मौका पाएका छन् । यस्ताको तडक भडकले देखासिकीमा धेरैलाई थेग्न मुस्किल छ दशैं । कसैलाई एकसरो लाउन पनि हम्मे हम्मे छ । सर्जकहरूलाई सबैको खुसी हेर्ने मन हुन्छ । सबैले उमंगका साथ दशैं, तिहारलगायतका चाडपर्व मनाएको देख्न चाहन्छन् । उनीहरू भर्चुअल संसारमा होस् या यथार्थमा मानिसलाई पीडामुक्त रुपमा भेट्न मन पराउँछन् । आफु र आफ्नो भन्दा आम नागरिकको आवाज बोल्छन् । गजलमा पनि उनीहरू यस्तै यस्तै तानाबाना बुन्छन् र दिन्छन् हामीलाई । ‘घाँटी हेरेर हाड निल्नुपर्छ ’ हाम्रो समाजमा पहिलेदेखि भन्दै आएको छ । सर्जकहरू यसलाई नै मानिसका मन मनमा पु¥याउँन लागि परेका छन् । अभाव, बाध्यता, विवशता, पीडा उनेर खुसीका माला गाँस्न तल्लिन छन् उनीहरू । त्यसो हुन्नथ्यो भने शुरेस बिडारी विवसले यस्तो गजल किन लेख्थे ।
रातो टीका लगाएर मनाउँन दशैं ।
माछा मासु नखाएर मनाउँन दशैं ।
नयाँ लुगा दशैंमै किन्नै पर्छ होइन,
पुरानै त्यो सजाएर मनाउँन दशैं ।
अरूको देखासिकी ऋण हुन्छ भारी,
खर्च गर्न डराएर मनाउँन दशैं ।
एउटा खुसी अर्को दुखी हुन नपरोस्,
सबै सधै रमाएर मनाउँन दशैं ।
गरीब दुखी निमुखालाई रुवाउँन आयो दशैं ।रुवाएर आशुको भेलमा डुबाउँन आयो दशैं ।

गजल भनेर जेपीटी बजाउँछन् रे हउ..
Yatri Shekhar
![]() |
| गजल विमर्शमा गजल वाचन गर्दै म |
नेपाल गजल प्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठानले आज इटहरीमा आयोजना गरेको गजल विमर्शमा गजलको विकास र परिस्कारको अभियानमा लागेका अभियन्ताहरुले मिडियाले गजल भनेर जस्ता पायो त्यस्तै रचना प्रकाशन प्रसारण गर्ने गरेको बताए । अनाम मण्डलीका सल्लाहाकार तथा संस्थापक अध्यक्ष सुरेश सुवेदीले एफएम रेडियोहरुले गजललाई गीत भनेर र गीतलाई गजल भनेर बजाउँदा स्रोतामा भ्रम सिर्जना भएको बताउनुभयो ।
एफएम रेडियो र पत्रपत्रिकाले स्तरहीन गजल पनि प्रकाशन प्रशारण गरेकाले गजलमा विकृति देखा परेको नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखरको भनाइ थियो । संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले सञ्चार माध्यमले जस्तै संगीतकार र गायकहरुले पनि गजल नबुझी संगीत गर्दा र गाउँदा समस्या भएको बताउँनुभयो ।
पूर्वका पाँच दर्जन बढि गजलकार सहभागी विर्मश कार्यक्रममा भुपेन्द्र तिम्सिना, सुविद गुरागाइ, जीवि गजललगायतले गजलका बारेमा चर्चा गरे । भने ३० जनाबढीले गजल वाचन गरेका थिए ।
शो रुमको शहर इटहरी
Yatri Shekhar
चलेका प्रायसबै ब्राण्डका मोटरसाइकलको सोरुम रहेको इटहरी पूर्वकै अटो सिटीको ‘हब’का रुपमा परिचय बनाएको छ ।
सात वर्ष अघिसम्म एउटा पनि सोरुम नभएको इटहरीमा अहिले छुट्टा छुट्टै ब्राण्डका सातवटा मोटरसाइकल सोरुम छन् । बजाज, यमाहा, हिरो, महेन्द्रा, होण्डा, टिभिएस र सुजुकीले सोरुमसंगै स्पेर्यस पार्ट र सर्भिसको काम पनि गर्दै आएका छन् । इटहरीबाट विभिन्न ब्राण्डका मोटरसाइकल हरेक वर्ष पाँचहजार भन्दा बढि विक्रि हुदै आएको अटो डिलर्स एसोशिएसन इटहरीले जनाएको छ । पूर्वका विर्तामोड देखि पश्चिममा लाहानसम्म र उत्तरमा इलाम, संखुवासभा देखि विराटनगरसम्मका ग्राहक इटहरीमा मोटरसाइकल र स्पेयर्स पार्टस् खरिद गर्न आउँने एसोसिएशनका अध्यक्ष काजिलाल श्रेष्ठले बताए । इटहरीबाट विक्रिहुने मोटरसाइकलका सबैभन्दा धेरै बजाज र यमाहाका विभिन्न मोडल रहेका छन् । व्यवसायीहरुका अनुसार बजाज र यमाहाले वर्षमा एकहजार देखि एकहजार दुइसयसम्म र हिरो महिन्द्रा, सुजुकी र होन्डाले वर्षमा पाँच देखि सातसयवटा सम्म मोटरसाइकल र स्कुटी विक्रि गर्छन् ।
सातवर्ष अगाडीसम्म एउटापनि सोरुम र सर्भिस सेन्टर नभएकाले मोटरसाइकल किन्न मात्र हैन सर्भिसिङका लागिपनि धरान र विराटनगर पुग्नुप¥थो । बढ्दो सहरीकणसगै खडकिएको अभाव पूरा गर्न २०६३ सालमा बजाज र यमाहाले सोरुम सुरुगरे त्यसपछि इटहरीमा मोटरसाइकलको सबै ब्राण्डका सोरुम खुलिसकेका छन् । सबै सोरुमले विक्रिसगंसगै सर्भिस पनि राम्रो दिएको, इटहरी पूर्वको केन्द्रविन्दुका रुपमा विकासहुदै गएकोले सबै ब्राण्ड इटहरी प्रति आर्कषित भएको एसोसिएशनका अध्यक्ष तथा हिरो ब्राण्डको सोरुम सञ्चालक काजीलाल श्रेष्ठको भनाइ छ ।
२०६३ सालमा तिरुपति अटोसिटी अर्थात यमाहा सोरुम सुरु गर्दा महिनाका जसोतसो ३० वटा मोटरसाइकल बिक्रि भएको सुनाउँदै सञ्चालक संयोग पराजुली भन्छन् ‘अहिले मासिक सरदर ९० वटा भन्दा बढि मोटरसाइकल र स्कुटी विक्रि हुन्छ ।’ दशैको अवसरका मात्र तीनसय बढि मोटरसाइकल विक्रि गरेको उनले सुनाए ।
यस्तै बजाज सोरुममा सञ्चालक प्रदिप सन्थालिय पनि मासिक एकसयको हाराहारिमा मोटरसाइकल विक्रि गर्ने गरेको बताउँछन् । उनी भन्छन ‘पछिल्लो तीन चार वर्षमा विराटनगर र धरान भन्दा पनि इटहरीको सोरुमबाट धेरै मोटरसाइकल विक्रि भइरहेको छ । इटहरीबाट मोटरसाइकल खरिद गर्दा सर्भिस र स्पेर्यस पार्टस् सजिलै पाउँने भएकाले पनि पछिल्लो समय इटहरीमा मोटरसाइकलको विक्रि बढेको सन्थालियाले बताए । ‘पूर्वका कुनै ठाउँमा नपाइने स्पेयर्स पार्टस् इटहरीमा पाइन्छ,’ यमाहाका पराजुली भन्छन् ‘अरुतिर भन्दा इटहरीका सोरुममा सबैखालका स्पेर्यस् पार्टस् राखेका छन् । यो पूर्वको केन्द्र भएकाले यहाँ सबैतिरका मानिसहरु सामान खोज्दै आउँछन् । त्यसैले विराटनगर, विर्तामोडलगायतका ठाउँमा नपाइने सामान पनि यहाँ पाइन्छ ।’ विभिन्न ठाउँबाट आउँनेलाई सहजता र सामान पनि सहजरुपमा पाइने भएकाले अहिले इटहरी पूर्वको अटोहवबा रुपमा चिनिन थालेको छ । मोटरसाइकलमात्र होइन कारका सोरुम पनि इटहरीमा खुल्न थालेको छ । यहि साता मात्र इटहरीमा सुजुकी कारको सोरुम सञ्चालनमा आएको छ ।

गर्न चाहे के हुदैन र ?
Yatri Shekhar
अन्तत : इटहरी नगरको सरसफाइमा १० हजार बढी स्थानिय सहभागी भएरै छाडे । नौ महिना देखि निरन्तर इटहरीको सरफाइमा जुटेको नागरिक समुह किप इटहरी क्लिनको अगुवाइमा । इटहरीलाई सफा र हराभरा राख्ने यो अभियानमा साथ दिए १० हजार बढी नगरवासीले असोज पाँच गते ।
इटहरी भरीका नौ वटै वडावासीहरु हातमा कुचो, कोदालो, हसियाँ बोकेर सडकका फोहोर पन्छाउन र झाडी सफा गर्न लागिपर्दा यहाँको रौनक र वावरण नै फरक देखिएको थियो । बालकदेखि वृद्ध, सम्पन्न देखि विपन्न, सर्वसाधारण देखि हाकिमसम्म सबै नगरवासी अभियानमा सरिक भए, नगरको सरसफाइमा सहभागी भए ।
क्लिन अप नेपालको अभियानको सन्दर्भ पारेर किप इटहरी क्लिन, इटहरी नगरपालिका, लुमन्तीलगायतका विभिन्न संघसंस्था, प्रहरी, विद्यार्थीलगायत नगरवासीको सहयोगमा कार्यक्रम गरिएको हो । सफाइपछि ५० टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीले बताए । उनले इटहरी नगरबासी स्वतस्फूर्त रुपमा सरसफाइमा जुटेकाले नगरपालीका उत्साहित भएको उनको भनाइ थियो । आगामी दिनमा पनि नगरवासीको साथ यसरी नै रहिरहने उनको भनाइ थियो ।
इटहरीमा यति धेरै संख्यामा नगरवासीहरु कुनै सामाजिक काममा संलग्न भएको यो पहिलो अवसर हो । इटरीबासी जस्तै सबै नगरबासी र गाउँबासीले आफ्नो ठाउँको सरसफाइ गरे यसमा खर्च हुने राज्यको ठूलो बजेटले विकास निमार्णका काममा लगाउन सकिन्थ्यो । अर्कातर्फ स्वच्छ हराभरा वातावरण भए धेरै रोगबाट जनताले मुक्ति पाउन सक्थे की ?
रेडियो नेपालका लागि केही पहिले मैले बनाएको रिपोर्ट
फोटोहरु यहाँबाट
![]() |
क्लिन अप नेपालको अभियानको सन्दर्भ पारेर किप इटहरी क्लिन, इटहरी नगरपालिका, लुमन्तीलगायतका विभिन्न संघसंस्था, प्रहरी, विद्यार्थीलगायत नगरवासीको सहयोगमा कार्यक्रम गरिएको हो । सफाइपछि ५० टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीले बताए । उनले इटहरी नगरबासी स्वतस्फूर्त रुपमा सरसफाइमा जुटेकाले नगरपालीका उत्साहित भएको उनको भनाइ थियो । आगामी दिनमा पनि नगरवासीको साथ यसरी नै रहिरहने उनको भनाइ थियो । इटहरीमा यति धेरै संख्यामा नगरवासीहरु कुनै सामाजिक काममा संलग्न भएको यो पहिलो अवसर हो । इटरीबासी जस्तै सबै नगरबासी र गाउँबासीले आफ्नो ठाउँको सरसफाइ गरे यसमा खर्च हुने राज्यको ठूलो बजेटले विकास निमार्णका काममा लगाउन सकिन्थ्यो । अर्कातर्फ स्वच्छ हराभरा वातावरण भए धेरै रोगबाट जनताले मुक्ति पाउन सक्थे की ?
रेडियो नेपालका लागि केही पहिले मैले बनाएको रिपोर्ट
फोटोहरु यहाँबाट
सुनसरीमा खुल्ला दिशामुक्तको बजेट छ करोड
Yatri Shekhar
सुनसरी जिल्लामा कार्यरत प्राय जसो सबै सरकारी र गैरसरकारी संस्थाले आफ्नो बजेट जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिशा मुक्त बनाउँने अभियानमा केन्द्रीत गरेका छन् ।
जिल्ला विकास समिति र गाविस बाहेकका संघसस्थाले यो अभियानका लागि यस आर्थिक वर्षमा छुट्याएको रकम पाँच करोड बढि छ । जिविस र गाविसले छुट्याएको रकम जोड्दा यो वर्ष सुनसरीमा सरसफाइ र खुल्ला दिशामुक्त क्षेत्रका लागि छ करोड बढि खर्च हुनेछ ।
विश्व सरसफाइकोष, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय, वर्डभिजन, वेल, सीएसडीसी, लुमन्ति, प्लान नेपाललगायतका संस्थाले बजेट सुनसरीलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियानमा केन्द्रीत गरेका हुन् ।
सरसफाइ र खानेपानीको क्षेत्रमा काम गर्दै आएको लुमन्तीले इटहरी नगरपालिकाका तीनवटा वडाका लागि एक करोड १२ लाख ८४ हजार रुपैया छुट्याएको छ । यो रकमले इटहरी नगरपालीकाका ५, ७ र ८ नं वडामा शौचालय निमार्ण, स्वास्थ्य चेतना मुलककार्यक्रम र खानेपानी पाइपलाईन निमार्णमा खर्च गरिने लुमन्ती इटरीका कार्यक्रम संयोजक सुर्य खड्काले बताए । वाटर एडको सहयोगमा काम गरिहेको संस्थाले गतवर्ष ९२ लाख रुपैया इटहरीको वडा नं ९ र ६ मा खर्च गरेको थियो । यस्तै इनरुवा नगरपालिकाका लागि लुमन्तिले ८२ लाख ८२ हजार रुपैया छुट्याएको छ ।
विश्व सरसफाइकोषबाट युएन ह्याविट्याडले वाटर एण्ड लाइफ(वेल) मार्फत ५९ लाख ७६ हजार र एससीडिसी नामकसंस्था मार्फत २२ लाख ५८ हजार रुपैया खुल्ला दिशा मुक्त अभियान र सरसफाइ कार्यक्रम गरिरहेको छ । दुईवटा संस्था मार्फत सुनसरीका ३५ वटा गाविसमा सरसफाइ र खुल्ला दिशामुक्त बनाउन जनचेतनामुलक कार्यक्रम गरिरहेको ह्याविट्याड सुनसरीका कार्यक्रम संयोजक काशिकान्त ठाकुरले बताए । ‘चेतना मुलक कार्यक्रम र प्राविधिक सहयोग गरेर हामीले विपन्न समुदायलाई शौचालय बनाउने अभियानमा सहयोग पु¥याउँदै आएका छौं,’ ठाकुरले भने । त्यस्तै एससीडीसीले ह्याविट्याडको २२ लाख ५८ हजारलगाएर ८६ लाख १७ हजार बजेटको कार्यक्रम गरिरहेको छ । त्यसमा एसीडीसीलाई प्लान नेपालले १३ लाख ९३ हजार दिएको छ । प्लान नेपालले आफै पनि अन्य संस्थासंग मिलेर सुनसरीका २४ वटा गाविसमा अरु १४ लाख बराबरको सरसफाइ कार्यक्रम गरिरहेको प्लान नेपालको विकास कार्यलय इटहरीले जनाएको छ ।
यस्तै वेलले सरसफाइकोषको ५९ लाखवाहेक १३ लाख ६७ हजार रुपैया सुनसरीका ३५ गाविसका २ सय २० वटा विद्यालयमा सरसफाइ र सौचालय निमार्णका लागि बजेट निर्धारण गरेको छ । विकास पुर्ननिमार्णका लागि सहयोग गर्दै आएको आरआरएनले पनि सुनसरीमा २२ लाख ४२ हजारको बजेट यो अभियानमा खर्च गर्दै छ । भरौल गौतमपुर, बराहक्षेत्र, औरावनी लगायतका गाविसमा सौचालय निमार्णका लागि विपन्न समुदायलाई सहयोग गरेको आरआरएनले जनाएको छ । सन् २००४ देखि सुनसरीमा सरसफाइ र खुल्लादिशामुक्त अभियान चलाउँदै आएको वर्डभिजनले २०१३सम्म आइपुग्दा आठवटा गाविसमा दुई करोड ७८ लाख रुपैया खर्च गरिसकेको छ । सात हजार सात सय ४ वटा ट्वाइलेट बनाउँन आर्थिक सहयोग गरेको वर्ड भिजनले यो वर्ष ५९ लाख ७१ हजार बजेट छुट्याएको छ । यो रकमले दुइवटा गाविसलाई खुल्ला दिशामुक्त गराउँने वर्ड भिजन इटहरीका विकास संयोजक डीएन चौधरीले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय इटहरीले ३० लाख र इटहरी नगरपालीकाले १५ लाख रुपैया यो अभियानका लागि छुट्याएका छन् । जिल्ला विकास समितिले भने खुल्ला दिशामुक्त हुने गाविसलाई प्रति गाविस ५० हजार रुपैया छुट्याएको छ । यस्तै गाविस कार्यलयहरुले समेत बजेटमा ५० हजार देखि एकलाख रुपैया यो अभियानका लागि छुट्याएका छन् । यो अभियानमा लागेका सबै संस्थाले विपन्न समुदायका व्यक्तिलाई समेत सौचालय बनाउने खर्च नदिएर उनिहरुलाई उत्साहित गर्ने कार्यक्रम र अभियानका लागि खर्च गरिरहेको यूएन ह्याविट्याडका काशिकान्त ठाकुरले बताए । ‘पहिले पहिले सव्सीटीमा सौचालय निमार्ण गरियो तर त्यो दिगो भएन । त्यसैले अहिले हार्डवेयर नभएर सफ्टवेयरका क्षेत्रमा मात्र सहयोग गर्दै आएका छौं’ उनले भने । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयको तथ्याङक अनुसार एक लाख ३७ हजार घरधुरी रहेको सुनसरीमा ६० हजार घरघुरीले सौचालय बनाउँन बाँकी छ । सबै घरधुरीमा सौचालय बनाए पछि मात्र खुल्ला दिशामुक्त घोषणा हुने भएकाले अहिले सबै सौचालय निमार्णको अभियानमा लागेको डिभिजन कार्यलयका इन्जिनियर शुशिल कर्णले बताए । सबै संघ सस्थाहरुको उत्साहले गर्दा सन् २०१५ भित्रै यो अभियान पूरा हुने उनको भनाइ छ ।
जिल्ला विकास समिति र विभिन्न संघसंस्थाको सक्रियताले गर्दा विपन्न समुदाय पनि उत्साहजनक तवरले सौचालय निमार्णमा लागेकाले सुनसरीमा अहिले भएको बजेट अभियान सफल बनाउन काफी रहेको स्थानिय विकास अधिकारी पाण्डेको भनाइ छ । ‘अहिले सौचालय निमार्णका लागि भन्दा पनि जनताको दिमागमा सौचालय बनाउने चेतना विकासका लागिमात्र खर्च गरिदै आएकाले अहिले हामीसंग भएको स्रोत र साधन काफी छ,’ पाण्डेले भने ।
सप्तकोशीमा डुंगा दुर्घटना
Yatri Shekhar
दुईको सव फेला, शिशुहित १३ जना बढि वेपत्तासुनसरी २१ साउन । सप्तकोशी नदिमा आज दिउँसो डुगां पल्टदा दुईजनाको मृत्यु भएको छ । ४ महिनाको शिशु सहित कम्तिमा १३ जना वेपत्ता भएका छन् ।
सुनसरी बराहक्षेत्र – १ स्थित चताराघाटबाट उदयपुरको रामपुर ठोक्सिला – १ सोमबारे नदि किनारमा यात्रु उत्रने क्रममा डुंगा अनियन्त्रत भइ दिउसो अढाइ बजे पल्टेको हो ।
डुंगा पल्टिदा नदिमा डुवेर मृत्युहुने उदयपुर ठोक्सिला– ३ की ४० बर्षिया पार्वती खड्का र सुनसरी महेन्द्रनगर – ४ की ५३ वर्षिय चन्द्रकुमारी राईको शव फेला परेको उद्धारमा खटिएका प्रहरी निरिक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो । डुंगा पल्टदा ठोक्सिलाका कुमार लामिछाने विकको चार महिनाको शिशु प्रशान्त, बबला ७ का श्री नारायण श्रेष्ठ, २७ बर्षिया सपना मगर, भोजपुर दुमानाका ४० बर्षिय प्रेम श्रेष्ठ, धनकुटामा अमृत विक वेपत्ता भएका छन् । त्यस्तै उदयपुरको रामपुर ठोक्सिलाका मुना खडका, रोशिका खड्का, मैनामैनीका टेकराज राई, जुरमान राई, उनकी पत्नी परशनी राई, रत्न राई र कोपीला विष्ट वेपत्ता भएको न्यौपानले जानकारी दिनुभयो । डुगांमा चढेका यात्रुको संख्या यकिन नभएकाले वेपत्ताको संख्या अझ बढि हुनसक्ने न्यौपानेले जनाउनुभयो ।
क्षमताभन्दा बढि यात्रु भएकाले यात्रु उत्रनेवेला तछाड मछाड गर्दा डुंगा असन्तुलित भइ पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शी प्रलाद थापाले भन्नुभयो ‘सधै ६०÷७० जना चढ्ने डुंगामा ८०÷९० जना भन्दा बढि भएकाले उत्रने वेलामा डुंगा असन्तुलित भएको हो ।’ साउनको तेस्रो सोमबार भएकाले धरानको पिण्डेश्वरमा जलचढाउने र कनमेल गरेर फर्किने संख्या धेरै भएको स्थानियले बताए ।
डुगां पल्टेर नदिमा डुवेका ५ जनालाई सशुकल उद्धार गरिएको अञ्चल प्रहरी कार्यलय कोशी बरिष्ठ प्रहरी उपरिक्षक यादवराज खनालले बताउनुभयो । उनीहरुको रामपुर ठोक्सिला स्थित स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । कोशी व्यारेज देखि घटनास्थलसम्म सुनसरी र उदयपुर तर्फबाट प्रहरी र स्थानिय मिलेर वेपत्ताहरुको खोजी कार्यजारी राखेको खनालले बताउनुभयो ।

लडाकुबाट सेना बनेपछि........
Yatri Shekhar
नेपाली सेनामा समायोजन भएका पूर्व माओवादी लडाकुले सेनाको आधारभुत तालिम सकेका छन् ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले शुक्रबार मोरङको लेटाङमा कार्यक्रम गरि तालिम सकेका लडाकुलाई अन्तिम दलेल कवाज गराएर तालिम सकेको जनाएको हो ।
नेपाली सेनाको पूर्वी पृतनामा तालिमरत ८० जना माओवादीका पूर्वलडाकुलाई सेनाको पूर्वी तालिम शिक्षालय लेटाङमा कार्यक्रम गरेर दलेल कवाजमा सहभागी गराएको हो । माओवादी सेन्यवाट सिपाही भएका जवानहरुको कवाजको पूर्वी पृतनाका पृतनापति उपरथी विनोज बस्न्यातले निरिक्षण गरे । निरीक्षण पछि सम्बोधन गर्दै उपरथी बस्न्यातले नेपाली सेना नेपाली जनताको गौरव भएको बताए । समायोजित लडाकु तालिम पछि राष्ट्रिय सेनाको कर्मठ, अनुशासित, निष्पक्ष, गैरराजनैतिक र पेशेवर सैनिक सदस्य हुने उनको विश्वास छ ।
पूर्वीपृतना शिक्षालयमा तालिम सक्ने ८० मध्ये एकजना सुवेदार, एकजना जमदार, ११ जना हुद्धा, १० जना अमलदार, १३ जना प्युठ र ४४ जना सिपाही रहेको पृतना इटहरीले जनाएको छ । अहिले सबैलाई अधारभुत तालिममात्र दिएकाले दर्जा अनुसारको तालिम पछिमात्र दज्र्यानी चिह्न प्रदान गरिने उपरथी बस्न्यातले बताए ।
मोरङको लेटाङ स्थित पूर्वी पृतनाको तालिम शिक्षालयमा भएको कार्यक्रममा पूर्वका सुरक्षा प्रमुख, नागरिक समाज, विभिन्न क्षेत्रका व्यक्तिका साथै समायोजित लडाकुका आफन्तहरुको बाक्लो उपस्थिति थियो ।
समायोजित माओवादी लडाकुमध्ये देशका विभिन्न आठवटा तालिमकेन्द्रमा एक हजार तीन सय ५२ जनाले तालिम सकेको नेपाली सेनाले जनाएको छ । पूर्वमा पूर्वी पृतना तालिम शिक्षालय इटहरी र सैन्य तालिम गुल्म हिलेका तालिम दिइएको थियो ।