गर्न चाहे के हुदैन र ?

अन्तत : इटहरी नगरको सरसफाइमा १० हजार बढी स्थानिय सहभागी भएरै छाडे । नौ महिना देखि निरन्तर इटहरीको सरफाइमा जुटेको नागरिक समुह किप इटहरी क्लिनको अगुवाइमा । इटहरीलाई सफा र हराभरा राख्ने यो अभियानमा साथ दिए १० हजार बढी नगरवासीले असोज पाँच गते ।
 
 इटहरी भरीका नौ वटै वडावासीहरु हातमा कुचो, कोदालो, हसियाँ बोकेर सडकका फोहोर पन्छाउन र  झाडी सफा गर्न लागिपर्दा यहाँको रौनक र वावरण नै फरक देखिएको थियो । बालकदेखि वृद्ध, सम्पन्न देखि विपन्न, सर्वसाधारण देखि हाकिमसम्म सबै नगरवासी अभियानमा सरिक भए, नगरको सरसफाइमा सहभागी भए ।
क्लिन अप नेपालको अभियानको सन्दर्भ पारेर किप इटहरी क्लिन, इटहरी नगरपालिका, लुमन्तीलगायतका विभिन्न संघसंस्था, प्रहरी, विद्यार्थीलगायत नगरवासीको सहयोगमा कार्यक्रम गरिएको हो । सफाइपछि ५० टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशराज कार्कीले बताए । उनले इटहरी नगरबासी स्वतस्फूर्त रुपमा सरसफाइमा जुटेकाले नगरपालीका उत्साहित भएको उनको भनाइ थियो । आगामी दिनमा पनि नगरवासीको साथ यसरी नै रहिरहने उनको भनाइ थियो ।
इटहरीमा यति धेरै संख्यामा नगरवासीहरु कुनै सामाजिक काममा संलग्न भएको यो पहिलो अवसर हो । इटरीबासी जस्तै सबै नगरबासी र गाउँबासीले आफ्नो ठाउँको सरसफाइ गरे यसमा खर्च हुने राज्यको ठूलो बजेटले विकास निमार्णका काममा लगाउन सकिन्थ्यो ।  अर्कातर्फ स्वच्छ हराभरा वातावरण भए धेरै रोगबाट जनताले मुक्ति पाउन सक्थे की ?
रेडियो नेपालका लागि केही पहिले मैले बनाएको रिपोर्ट

फोटोहरु यहाँबाट




0 comments:

 
धन्यवाद