‘जीन्दगी नाटकै त हो नी .....’

यात्री शेखर 
‘आखिर हाम्रो जीवन नाटक त हो नी’ कोहि भनि रहेको थियो मैले उसलाई चिनिन् चिन्न आवश्यक पनि ठानिन् । ‘तिनै  त नाटक रैछन नी रंगमञ्चमा पु¥याउँदा होस या त सडकमा घेरा लगाउँदा,’ मेरै छेउमा उभिएर आँखा सामुन्नेका दृष्य नियाली रहेको यहि भावनाको सेरोफेरो होला सायद नाटक  ।
यात्रुबस, चालक, खलासी, यात्रु सबै–सबै मान्छे यो दृष्य हेर्दै गरेको त्यो अपरिचितले नाटकलाई परिभाषित गर्न भ्यायो । विच सडकमा एउटा मोटो कलाकार हाफ पाइन्ट लगाएर मुखले हर्न बजाउँदै गाडी कुदाइ रहेको थियो । खलासी कोचाकोच यात्रु खाद्दै थियो । केहि युवती र युवक गाडीमा झगडा गर्दै थिए । एउटी मोटी कालीकाली केटी, अर्की पातली गोरीगोरी खालकी केटी र छेउमै टाँसिएका थिए एकदुइ अधबैसे । छेउका किराना पसल र होटलका सञ्चालकहरूलाई पेट मिच्नको दास्ति थियो ।
उनीहरूले जिन्दगीमा पहिलो पटक यस्तो बसगाडी देखेका थिए । जसमा सबै मान्छे मान्छे ।
चालक मातेको घेरा बाहिर हुनेले पनि थाहा पाए । मोटी केटी ले त चालकलार्ई हप्काइ पनि किन मापसे गरेर गाडी चलाको भनेर । पुलिसलाई बोलाइ दिने पनि धम्कि दिदै थिइ उ । दुइवटा चोकबाट यात्रु ओराल्न चढाउँन नि भ्यायो खलासीले । हेर्दा हेर्दै गाडी दुर्घटनामा पर्यो र मरे सबै जना । मरेका मध्ये हेर्दै लागु पदार्थ र्दुव्यसनी जस्तो देखिने एउटा पातलो केटो बिउँझियो । अरु सब घेरा बाहिर हराए भिडमा । त्यो त्यै केटाको सपना रहेछ । भोली पल्ट सबैलाई उसले घटना सुनायो । साथीहरूलाई घटना सुनाउँदा सुनाउँदै उसले एउटा जुक्ति पनि निकाल्यो । यस वर्षको दशै तिहारमा सडक दुर्घटना कम गर्न मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाहि गराउँन सबैयात्रु लाग्नुपर्छ भन्ने जनचेतना मुलक सडक नाटक देखाउँने । उसको जुक्ति सबैले मन पराए । नाटक सकियो । अगि हास्ने जती सबैले ताली पड्काए  । आफै नाटकको परिभाषा  दिदै गरेको मान्छे भिडमा कता हरायो कता ।
त्यो दृष्य कुनै काल्पनिक चलचित्रको नभएर सडक नाटकका प्रशिक्षार्थीहरूले सोमबार मोरङको शनिश्चरे शरणार्थी शिविरमा पस्ने मुख्य चौकमा देखाएको  सडक नाटकको दृष्य हो । कारितासको सहयोगमा युथ फ्रेण्डली सेन्टर (वाइएफसी)ले आयोजना गरेको पाँचदिने सडक नाटक तालिमको चौथो दिन दोस्रो समुहले देखाएको हो । यस्तै अरु तिनवटा समुह आ शिविरका अन्य चौकमा त्यसरीनै त्यहि नाटक देखाउँदै थिए । तर सबैका दृष्यभने फरक फरक । कतै दर्शकको भिड त कतै दर्शकनै नाटकमा सहभागी हुने अवस्था । रमाइलो भएको थियो त्यो वातावरण । दिइएको एकघण्टामा स्पोटमा पुगेर नाटक देखाएर सबै समयमै फर्किए तालिम हल वाइएफसी शनिश्चरेको सभाकक्ष । चारदिनको मेहनत पछि उनीहरूले त्यति आँट देखाएका हुन् । दर्शकको तालिले अरु नाटक देखाउँने उर्जा बढेको अनुभव बोकर फर्किएका थिए उनीहरु हलमा । माला राई, सुमन राई, सन्तोष राई  र पासाङ दोर्जीले एउटा–एउटा समुहको नेतृत्व गरेका थिए । र शिबिरको प्रवेशद्वारमा नाटक देखाउँने समुह पनि पासाङ कै थियो । शरणार्थीको बेलडागी र शनिश्चरे शिविरका युव युवतीसगै मिसिएका थिए तीस जनाको समुहमा ८ जना स्थानिय किशोर किशोरी पनि । तीनै लाई चार समुहमा बाढिएको थियो ।
पाँचौ दिन उनीहरूे देखाए आफ्नो कला तीन दिनसम्म चुपचाप बस्ने सहभागी पनि हिच्किचाएनन् आफुलाई कथामा ढाल्न । समापन कार्यक्रमका लागि भेला भएका कारितस नेपालका प्रतिनिधिसाथै अरु अतिथिसमेत मुग्ध हुने गरि नाटकमा  डुवे र डुवाए सबै दर्शकलाई । समाजका प्रतिनिधि मुर्ती र रोवटका छुट्टा छुट्टै कथामा र देखाए हिजोको मापसे नाटक पनि । पहिलो पटक नाटक खेल्न आएका उनीहरुलाई पाँच दिनमा अभिनय पोखरीमा धकेल्दै थिए कलाकार सोनु जयन्ती र उनलाई साथ दिनेमा थिए म पनि ।
नाटक सकेपछि समापनमा बेले मन खोलेर उनीहरुले आफुलाई परिवर्तन भएको पाए । आफु भित्रको क्षमता चिन्ने मौका पाएको बताए । माला राई र सुमन राईले । माला नाटकको दुनियामा पहिलो पटक पाइला राख्दै थिइन भने सुमन भने एक दुइ वटा वर्कसप भ्याएका व्यत्ति हुन् । तर दुवैको एकै प्रतिक्रिया थियो । ‘आफु भित्र साच्चै केहि रहेछ । यो तालिम एकदमै प्रभावकारी भयो । हामी अब आफुलाई पक्कै बदल्छौं ।’































 
धन्यवाद