दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

Showing posts with label Economics. Show all posts
Showing posts with label Economics. Show all posts

शो रुमको शहर इटहरी

  चलेका प्रायसबै ब्राण्डका मोटरसाइकलको सोरुम रहेको इटहरी पूर्वकै अटो सिटीको ‘हब’का रुपमा परिचय बनाएको छ । 
सात वर्ष अघिसम्म एउटा पनि सोरुम नभएको इटहरीमा अहिले छुट्टा छुट्टै ब्राण्डका सातवटा मोटरसाइकल सोरुम छन् । बजाज,  यमाहा, हिरो, महेन्द्रा, होण्डा, टिभिएस र सुजुकीले सोरुमसंगै स्पेर्यस पार्ट र सर्भिसको काम पनि गर्दै आएका छन् । इटहरीबाट विभिन्न ब्राण्डका मोटरसाइकल हरेक वर्ष पाँचहजार भन्दा बढि विक्रि हुदै आएको अटो डिलर्स एसोशिएसन इटहरीले जनाएको छ । पूर्वका विर्तामोड देखि पश्चिममा लाहानसम्म र उत्तरमा इलाम, संखुवासभा देखि विराटनगरसम्मका ग्राहक इटहरीमा मोटरसाइकल र स्पेयर्स पार्टस् खरिद गर्न आउँने एसोसिएशनका अध्यक्ष काजिलाल श्रेष्ठले बताए । इटहरीबाट विक्रिहुने मोटरसाइकलका सबैभन्दा धेरै बजाज र यमाहाका विभिन्न मोडल रहेका छन् । व्यवसायीहरुका अनुसार बजाज र यमाहाले वर्षमा एकहजार देखि एकहजार दुइसयसम्म र हिरो महिन्द्रा, सुजुकी र होन्डाले वर्षमा पाँच देखि सातसयवटा सम्म मोटरसाइकल र स्कुटी विक्रि गर्छन् ।
सातवर्ष अगाडीसम्म एउटापनि सोरुम र सर्भिस सेन्टर नभएकाले मोटरसाइकल किन्न मात्र हैन सर्भिसिङका लागिपनि धरान र विराटनगर पुग्नुप¥थो ।  बढ्दो सहरीकणसगै खडकिएको अभाव पूरा गर्न २०६३ सालमा बजाज र यमाहाले सोरुम सुरुगरे त्यसपछि इटहरीमा मोटरसाइकलको सबै ब्राण्डका सोरुम खुलिसकेका छन् ।  सबै सोरुमले विक्रिसगंसगै सर्भिस पनि राम्रो दिएको, इटहरी पूर्वको केन्द्रविन्दुका रुपमा विकासहुदै गएकोले सबै ब्राण्ड इटहरी प्रति आर्कषित भएको एसोसिएशनका अध्यक्ष तथा हिरो ब्राण्डको सोरुम सञ्चालक काजीलाल श्रेष्ठको भनाइ छ ।
२०६३ सालमा तिरुपति अटोसिटी अर्थात यमाहा सोरुम सुरु गर्दा महिनाका जसोतसो ३० वटा मोटरसाइकल बिक्रि भएको सुनाउँदै सञ्चालक संयोग पराजुली भन्छन् ‘अहिले मासिक सरदर ९० वटा भन्दा बढि मोटरसाइकल र स्कुटी विक्रि हुन्छ ।’ दशैको अवसरका मात्र तीनसय बढि मोटरसाइकल विक्रि गरेको उनले सुनाए ।
यस्तै बजाज सोरुममा सञ्चालक प्रदिप सन्थालिय पनि मासिक एकसयको हाराहारिमा मोटरसाइकल विक्रि गर्ने गरेको बताउँछन् । उनी भन्छन ‘पछिल्लो तीन चार वर्षमा विराटनगर र धरान भन्दा पनि इटहरीको सोरुमबाट धेरै मोटरसाइकल विक्रि भइरहेको छ ।  इटहरीबाट मोटरसाइकल खरिद गर्दा सर्भिस र स्पेर्यस पार्टस् सजिलै पाउँने भएकाले पनि पछिल्लो समय इटहरीमा मोटरसाइकलको विक्रि बढेको सन्थालियाले बताए । ‘पूर्वका कुनै ठाउँमा नपाइने स्पेयर्स पार्टस् इटहरीमा पाइन्छ,’ यमाहाका पराजुली भन्छन् ‘अरुतिर भन्दा इटहरीका सोरुममा सबैखालका स्पेर्यस् पार्टस् राखेका छन् । यो पूर्वको केन्द्र भएकाले यहाँ सबैतिरका मानिसहरु सामान खोज्दै आउँछन् । त्यसैले विराटनगर, विर्तामोडलगायतका ठाउँमा नपाइने सामान पनि यहाँ पाइन्छ ।’ विभिन्न ठाउँबाट आउँनेलाई सहजता र सामान पनि सहजरुपमा पाइने भएकाले अहिले इटहरी पूर्वको अटोहवबा रुपमा चिनिन थालेको छ । मोटरसाइकलमात्र होइन कारका सोरुम पनि इटहरीमा खुल्न थालेको छ । यहि साता मात्र इटहरीमा  सुजुकी  कारको सोरुम सञ्चालनमा आएको छ ।

सुनसरीमा खुल्ला दिशामुक्तको बजेट छ करोड

सबै बजेट जनचेतना र प्रविधिमा
सुनसरी जिल्लामा कार्यरत प्राय जसो सबै सरकारी र गैरसरकारी संस्थाले आफ्नो बजेट जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिशा मुक्त बनाउँने अभियानमा केन्द्रीत गरेका छन् ।
    जिल्ला विकास समिति र गाविस बाहेकका संघसस्थाले यो अभियानका लागि यस आर्थिक वर्षमा छुट्याएको रकम पाँच करोड बढि छ । जिविस र गाविसले छुट्याएको रकम जोड्दा यो वर्ष सुनसरीमा सरसफाइ र खुल्ला दिशामुक्त क्षेत्रका लागि छ करोड बढि खर्च हुनेछ ।
    विश्व सरसफाइकोष, खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय, वर्डभिजन, वेल, सीएसडीसी, लुमन्ति, प्लान नेपाललगायतका संस्थाले बजेट सुनसरीलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियानमा केन्द्रीत गरेका हुन् ।  
    सरसफाइ र खानेपानीको क्षेत्रमा काम गर्दै आएको लुमन्तीले इटहरी नगरपालिकाका तीनवटा वडाका लागि एक करोड १२ लाख ८४ हजार रुपैया छुट्याएको छ । यो रकमले इटहरी नगरपालीकाका ५, ७ र ८ नं वडामा शौचालय निमार्ण, स्वास्थ्य चेतना मुलककार्यक्रम र खानेपानी पाइपलाईन निमार्णमा खर्च गरिने लुमन्ती इटरीका कार्यक्रम संयोजक सुर्य खड्काले बताए । वाटर एडको सहयोगमा काम गरिहेको संस्थाले गतवर्ष ९२ लाख रुपैया इटहरीको वडा नं ९ र ६ मा खर्च गरेको थियो । यस्तै इनरुवा नगरपालिकाका लागि लुमन्तिले ८२ लाख ८२ हजार रुपैया छुट्याएको छ । 
    विश्व सरसफाइकोषबाट युएन ह्याविट्याडले वाटर एण्ड लाइफ(वेल) मार्फत ५९ लाख ७६ हजार र एससीडिसी नामकसंस्था मार्फत  २२ लाख ५८ हजार रुपैया खुल्ला दिशा मुक्त अभियान र सरसफाइ कार्यक्रम गरिरहेको छ । दुईवटा संस्था मार्फत सुनसरीका ३५ वटा गाविसमा सरसफाइ र खुल्ला दिशामुक्त बनाउन जनचेतनामुलक कार्यक्रम गरिरहेको ह्याविट्याड सुनसरीका कार्यक्रम संयोजक काशिकान्त ठाकुरले बताए । ‘चेतना मुलक कार्यक्रम र प्राविधिक सहयोग गरेर हामीले विपन्न समुदायलाई शौचालय बनाउने अभियानमा सहयोग पु¥याउँदै आएका छौं,’ ठाकुरले भने । त्यस्तै एससीडीसीले ह्याविट्याडको २२ लाख ५८ हजारलगाएर ८६ लाख १७ हजार बजेटको कार्यक्रम गरिरहेको छ । त्यसमा एसीडीसीलाई प्लान नेपालले १३ लाख ९३ हजार दिएको छ । प्लान नेपालले आफै पनि अन्य संस्थासंग मिलेर सुनसरीका २४ वटा गाविसमा अरु १४ लाख बराबरको सरसफाइ कार्यक्रम गरिरहेको प्लान नेपालको विकास कार्यलय इटहरीले जनाएको छ ।
यस्तै वेलले सरसफाइकोषको ५९ लाखवाहेक १३ लाख ६७ हजार रुपैया सुनसरीका ३५ गाविसका २ सय २० वटा विद्यालयमा सरसफाइ र सौचालय निमार्णका लागि बजेट निर्धारण गरेको छ । विकास पुर्ननिमार्णका लागि सहयोग गर्दै आएको आरआरएनले पनि सुनसरीमा २२ लाख ४२ हजारको बजेट यो अभियानमा खर्च गर्दै छ । भरौल गौतमपुर, बराहक्षेत्र, औरावनी लगायतका गाविसमा सौचालय निमार्णका लागि विपन्न समुदायलाई सहयोग गरेको आरआरएनले जनाएको छ । सन् २००४ देखि सुनसरीमा सरसफाइ र खुल्लादिशामुक्त अभियान चलाउँदै आएको वर्डभिजनले २०१३सम्म आइपुग्दा आठवटा गाविसमा दुई करोड ७८ लाख रुपैया खर्च गरिसकेको छ । सात हजार सात सय ४ वटा ट्वाइलेट बनाउँन आर्थिक सहयोग गरेको वर्ड भिजनले यो वर्ष ५९ लाख ७१ हजार बजेट छुट्याएको छ । यो रकमले दुइवटा गाविसलाई खुल्ला दिशामुक्त गराउँने वर्ड भिजन इटहरीका विकास संयोजक डीएन चौधरीले बताए ।
    खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय इटहरीले ३० लाख र इटहरी नगरपालीकाले १५ लाख रुपैया यो अभियानका लागि छुट्याएका छन् । जिल्ला विकास समितिले भने खुल्ला दिशामुक्त हुने गाविसलाई प्रति गाविस ५० हजार रुपैया छुट्याएको छ । यस्तै गाविस कार्यलयहरुले समेत बजेटमा ५० हजार देखि एकलाख रुपैया यो अभियानका लागि छुट्याएका छन् । यो अभियानमा लागेका सबै संस्थाले विपन्न समुदायका व्यक्तिलाई समेत सौचालय बनाउने खर्च नदिएर उनिहरुलाई उत्साहित गर्ने कार्यक्रम र अभियानका लागि खर्च गरिरहेको यूएन ह्याविट्याडका काशिकान्त ठाकुरले बताए । ‘पहिले पहिले सव्सीटीमा सौचालय निमार्ण गरियो तर त्यो दिगो भएन । त्यसैले अहिले हार्डवेयर नभएर सफ्टवेयरका क्षेत्रमा मात्र सहयोग गर्दै आएका छौं’ उनले भने । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयको तथ्याङक अनुसार एक लाख ३७ हजार घरधुरी रहेको सुनसरीमा ६० हजार घरघुरीले सौचालय बनाउँन बाँकी छ । सबै घरधुरीमा सौचालय बनाए पछि मात्र खुल्ला दिशामुक्त घोषणा हुने भएकाले अहिले सबै सौचालय निमार्णको अभियानमा लागेको डिभिजन कार्यलयका इन्जिनियर शुशिल कर्णले बताए । सबै संघ सस्थाहरुको उत्साहले गर्दा सन् २०१५ भित्रै यो अभियान पूरा हुने उनको भनाइ छ ।
    जिल्ला विकास समिति र विभिन्न संघसंस्थाको सक्रियताले गर्दा विपन्न समुदाय पनि उत्साहजनक तवरले सौचालय निमार्णमा लागेकाले सुनसरीमा अहिले भएको बजेट अभियान सफल बनाउन काफी रहेको स्थानिय विकास अधिकारी पाण्डेको भनाइ छ । ‘अहिले सौचालय निमार्णका लागि भन्दा पनि जनताको दिमागमा सौचालय बनाउने चेतना विकासका लागिमात्र खर्च गरिदै आएकाले अहिले हामीसंग भएको स्रोत र साधन काफी छ,’ पाण्डेले भने ।  
 

व्यापारीको चुनावी तामझाम

 नयाँ नेतृत्वका लागि चारदलका दुइ प्यानल 
उद्योग बाणिज्य संघ इटहरीको असार २० गते शुक्रबार हुने निर्वाचनका लागि चारदलका दुई प्यानल खडा भएका छन् ।
पन्ध्रौं साधारणसभासम्म आइपुग्दा दोस्रो पटक हुन लागेको निर्वाचनमा अध्यक्षका लागि  नेपाली काँग्रेस निकटका रोहित प्रसाई र नेकपा एमाले निकटका उमेश पौडेल विच प्रतिष्पर्धा हुनलागेको हो । प्रसाइलाई नेकपा–माओवादी र पौडेललाई एकीकृत माओवादीको सर्मथन छ ।
एउटा पार्टी निकटकालाई अर्को पार्टीले सहयोग गर्ने भएपछि दुइवटा प्यानल खडा भएको छ । उद्योग तर्फ चार सदस्यको पदमा १० जनाले उमेदवारी दिएका छन् । वाणिज्य तर्फ आठ सदस्यका लागि २१ जनाले उमेदवारी दिएको निर्वाचन आयोगका सदस्य किशोर भण्डारीले बताए । उद्योग तर्फ सदस्यका लागि लिलम बस्नेत, दिवस पोखरेल, बिष्णु डागी, ईश्वरी पराजुली, बजरंग अग्रवाल, शम्भु थापा, लक्ष्मण हुमागाई, कृष्ण सापकोटा, श्याम लुइटेल र निर्मल रिजालले उमेद्वारी दिएका छन् । इश्वरी, दिवस, विष्णु, लक्ष्मण र निर्मल प्रसाई प्यानलका हुन भने बजरंग, कृष्ण, लिलम र  श्याम पौडेल प्यानलमा छन् ।
वाणिज्य तर्फ सदस्यमा भीम पौडेल, दुर्गा अधिकारी, श्याम रिजाल, शैलेश बिष्ट, नवराज काफ्ले, उमानाथ (उमेश) दाहाल, रितेश श्रेष्ठ, सूर्यबहादुर रायमाझी, हेमप्रसाद घिमिरे, कालीबहादुर बस्नेत, कुलबहादुर (राजकुमार) कार्की र सुनिल अग्रवालले उमेदवारी दिएका छन् । भीम, दुर्गा, श्याम, नवराज, उमानाथ, कालीबहादुर र सुनिल प्रसाई पक्षमा छन् । शैलेश, रितेश, सूर्य र कुलबहादुर पौडेल पक्षमा छन् । एक महिला सदस्य पदमा तीन जनाले उमेदवारी दिएका छन् ।
हरेक तीनबर्षको अन्तरमा हुने उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उमेदवार प्रसाई र पौडेलले आ–आफ्नो चुनाबी एजेन्डा प्रस्तुत गदैं उद्योगी–व्यवसायीका हरेक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै १५ दिन अगाडी देखि भोटमाग्न घरदैलो अभियान चलाएका थिए । उद्योग बाणिज्यसंघका उमेद्वारको प्रचार प्रसार सामाग्रीले एकसाता देखि इटहरी रंगिचंगी भएको छ ।
निर्वाचनले अध्यक्षसहित १७ जनाको कार्यसमिति निर्वाचित गर्नेछ । महासचिब, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सचिब भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । इटहरी क्षेत्रमा साना–ठूला गरी सात हजार उद्योगी–व्यवसायी छन् । तर उद्योग बाणिज्यसंघमा भने दुई हजार एक सय १४ जना मतदाता छन् ।





झ्वाम्म झ्वाम्म पौडी खेल्ने की ?

गर्मीमा  झ्वाम्म झ्वाम्म पौडी खेल्नुको मज्जे वेग्लै हुन्छ । यसरी पौडी खेल्न कि खोला र झरना खोज्न पर्यो की राम्रो स्वीमिङ पूल चाहियो । झरना र खोला छाडौं एकछिन स्वीमिङ कुरा गरौं । कहा जाने राम्रो स्वीमिङ पूल खोज्दै ?

वन क्षेत्रमा जिविसको अबैध ठेक्का

सुनसरी ८ असार । जिल्ला विकास समिति सुनसरीले धरान १५ को बाँझोगरा र पाँचकन्याको पानवारी सामुदायीक वन क्षेत्र भित्र पर्ने सेउती खोलाको ढुगांगिटी  निकाल्न अवैध ठेक्का लगाएको छ ।
सेउती खोलामा स्काइभेटर प्रयोग गरेर ढुंगा गिटि निकालिदै । 
वन क्षेत्रमा मेसिन प्रयोग गर्न कानुनले प्रतिबन्ध गरेपनि जिविसले इटहरीको पाथीभरा सप्लायर्सलाई स्काइभेटर  प्रयोग गरेर सोउतीको ढुंगागिटी निकाल्ने अनुमति दिएको हो । प्रतिमहिना ५ लाख ५० हजार रूपैयाका दरले दुईमहिनाका लागि सप्लायर्सले अमानतमा ठेक्का लिएको सप्लायर्सका सिजन गुरुङले बताए । उनले जिविसले अनुमति दिएकाले खोलामा स्काइभेटर प्रयोग गरेर ढुगांगिटी निकालिएको जनाए । ‘जिविसले पटक पटक आव्हान गर्दा पनि ठेक्का नलागेपछि वातावरणीय प्रारम्भिक परिक्षण गरेर वनलाई असर नगर्ने गरि ढुंगा निकाल्न हामीलाई अनुमति दिएको हो,’ गुरुङले भने ।
एकमहिना अघिदेखि ठेक्का लिएपनि केहिदिन यता दैनिक सयौ ट्रिपर ढुगांगिटी स्काइभेटर प्रयोग गरेर निकाली रहेको र खोलामा ८ मिटर गहिरो डेढसय मिटर चौडाइको खाल्डो भएको भएको वन उपभोक्ताहरुले बताएका छन् । खोलामा खाल्डो भएपछि त्यस विरुद्ध बन उपभोक्तहरुले सामुदयिक वन कार्यलयमा तालाबन्दि गरेका थिए । पछि ठेकेदारले दुईवटा सामुदायिक वनलाई ५०÷५० हजार रुपैया दिएपछि उपभोक्तहरू चुप लागेका थिए । गुरुङले भने ‘दुइवटा सामुदायीक वनलाई हामीले व्यक्तिगत रुपमा सहयोग गरेका हौं, ढुंगा निकाल्नका लागि वातावरण सहज बनाउन हैन, हामीलाई त जिविसले नै अनुमति दिएको हो नी ।’
सामुदायीक वनका पदाधीकारीले भने आफुहरु दोहोरो दवावमा परेको गुनासो गरेका छन् ।
सामुदायीक वन सहमत नहुदा नहुदै ठेक्का लगाइएको जनाउँदै पानवारी सामुदायिक वनका अध्यक्ष मानबहादुर योन्जनले भने  ‘जिविसले ठेक्का लगायो । हामीलाई बोधार्थ पठाएको छ । हामीले वन क्षेत्रमा स्काइभेटर प्रयोग गर्न हुदैन भन्दा पनि हामीलाई सहमती गर्न लगाइयो । तर हामीले अहिले पनि लिखित रुपमा वन क्षेत्रमा स्काइभेटर प्रयोग गर्नदिने सहमती गरेका छैनौं ।’
यता प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले नियम संगत नै जिल्ला विकासले वातावरणीय प्ररम्भिक परिक्षण गरेर ठेक्का लगाएको बताए । उनले नदीको विचबाट ढुंगागिटी निकाल्न अनुमति दिएको जनाए । यस विषयमा स्थानिय विकास अधिकारी राजेन्द्रदेव पाण्डेसंग सम्पर्क गर्दा उनको मोवाइफोन अफ थियो भने कार्यलयले काठमाडौं गएको जानकारी दियो ।
उता वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले वन क्षेत्र भित्र कुनै प्रकारका मेसिन प्रयोग गर्न नपाउने बताए । ‘वन क्षेत्र भित्रका खोला ठेक्का लगाउने अधिकार जिविसलाई छैन,’ आचार्यले भने । वन ऐन २०४९को नियमावली २०५१ मा वन क्षेत्र भित्र स्काइभेटर प्रयोग गर्न नपाउने व्यवस्था छ । ऐनको परिच्छेद ७ को दण्ड जरिवाना सम्बन्धि व्यवस्थामा वन क्षेत्रभित्र ढुंगा, गिट्टी, बालुवा निकासी गर्न नपाइने प्रष्ट छ ।
युवा संघको विरोध 
युवासंघ धरानले गैरकानुनीकाम बन्द गर्न प्रशासन र ढेकेदारलाई आग्रह गर्दा पनि नमाने पछि अवरोध गरेको जनाएको छ ।  युवासंघका कार्यक्रताले अवरोध गरेपछि बुधबार साझ सेउतीमा तनाव भएको थियो । नियम विपरीत वन क्षेत्रबाट ढुंगा निकासी गरेको भन्दै कार्यकर्ताहरुले स्काभेटर तोडफोड गरेका छन् । तोडफोडबाट स्काइभेटरको सिसाहरु फुटेको छ । तोडफोडबाट ६ लाख बराबरको क्षती भएको गुरुङले दावी गरे ।
कारोबार दैनिकमा यो समाचार २०७० असार ७मा 
युवा संघका केन्द्रीय सदस्य ज्ञानदीप लिम्बूले वन क्षेत्रमा स्काभेटर प्रयोग गर्न नदिने वताए । ठेकेदार पक्षलाई मेसिन निकाल्नका पटक पटक अल्टिमेटम दिँदा पनि अटेर गरेपछि तनाव भएको उनको भनाइ छ ।  ‘एलडिओ र सिडिओले नियम विपरित गरेका काम तत्काल सच्याउनु पर्छ । वन र वातावरणलाई असर पार्ने कार्य कसैले पनि गर्न हुदैन्,’उनले भने । एलडिओले आर्थिक प्रलोभनमा परेर वन क्षेत्रमा नियम विपरित ठेक्का लगाएको युवासंघको आरोप छ ।
तरुण दलका कार्यवाहक सुनसरी सभापति समेत रहेका ठेकेदार गुरुङले भने यो विषयमा युवासंघले जिल्ला विकास समितिसँग कुरा गर्नुपर्ने वताए । युवा संघका केहि कार्यक्रताले आफ्नो स्वार्थ पूरा गर्न पार्टीलाइृ प्रयोग गर्न खोजेको उनको भनाइ थियो ।
ढेड साता अघि युवा संघका कार्यकर्ताले स्काभेटर प्रयोग नर्गन ठेकेदार पाथिभरा सप्लायर्सलाई चेतावनी दिएर छाडेको थियो । त्यसपश्चात पनि ठेकेदारले काम भने रोकेको थिएनन् ।

 
धन्यवाद