वन क्षेत्रमा जिविसको अबैध ठेक्का

सुनसरी ८ असार । जिल्ला विकास समिति सुनसरीले धरान १५ को बाँझोगरा र पाँचकन्याको पानवारी सामुदायीक वन क्षेत्र भित्र पर्ने सेउती खोलाको ढुगांगिटी  निकाल्न अवैध ठेक्का लगाएको छ ।

सेउती खोलामा स्काइभेटर प्रयोग गरेर ढुंगा गिटि निकालिदै । 
वन क्षेत्रमा मेसिन प्रयोग गर्न कानुनले प्रतिबन्ध गरेपनि जिविसले इटहरीको पाथीभरा सप्लायर्सलाई स्काइभेटर  प्रयोग गरेर सोउतीको ढुंगागिटी निकाल्ने अनुमति दिएको हो । प्रतिमहिना ५ लाख ५० हजार रूपैयाका दरले दुईमहिनाका लागि सप्लायर्सले अमानतमा ठेक्का लिएको सप्लायर्सका सिजन गुरुङले बताए । उनले जिविसले अनुमति दिएकाले खोलामा स्काइभेटर प्रयोग गरेर ढुगांगिटी निकालिएको जनाए । ‘जिविसले पटक पटक आव्हान गर्दा पनि ठेक्का नलागेपछि वातावरणीय प्रारम्भिक परिक्षण गरेर वनलाई असर नगर्ने गरि ढुंगा निकाल्न हामीलाई अनुमति दिएको हो,’ गुरुङले भने ।
एकमहिना अघिदेखि ठेक्का लिएपनि केहिदिन यता दैनिक सयौ ट्रिपर ढुगांगिटी स्काइभेटर प्रयोग गरेर निकाली रहेको र खोलामा ८ मिटर गहिरो डेढसय मिटर चौडाइको खाल्डो भएको भएको वन उपभोक्ताहरुले बताएका छन् । खोलामा खाल्डो भएपछि त्यस विरुद्ध बन उपभोक्तहरुले सामुदयिक वन कार्यलयमा तालाबन्दि गरेका थिए । पछि ठेकेदारले दुईवटा सामुदायिक वनलाई ५०÷५० हजार रुपैया दिएपछि उपभोक्तहरू चुप लागेका थिए । गुरुङले भने ‘दुइवटा सामुदायीक वनलाई हामीले व्यक्तिगत रुपमा सहयोग गरेका हौं, ढुंगा निकाल्नका लागि वातावरण सहज बनाउन हैन, हामीलाई त जिविसले नै अनुमति दिएको हो नी ।’
सामुदायीक वनका पदाधीकारीले भने आफुहरु दोहोरो दवावमा परेको गुनासो गरेका छन् ।
सामुदायीक वन सहमत नहुदा नहुदै ठेक्का लगाइएको जनाउँदै पानवारी सामुदायिक वनका अध्यक्ष मानबहादुर योन्जनले भने  ‘जिविसले ठेक्का लगायो । हामीलाई बोधार्थ पठाएको छ । हामीले वन क्षेत्रमा स्काइभेटर प्रयोग गर्न हुदैन भन्दा पनि हामीलाई सहमती गर्न लगाइयो । तर हामीले अहिले पनि लिखित रुपमा वन क्षेत्रमा स्काइभेटर प्रयोग गर्नदिने सहमती गरेका छैनौं ।’
यता प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले नियम संगत नै जिल्ला विकासले वातावरणीय प्ररम्भिक परिक्षण गरेर ठेक्का लगाएको बताए । उनले नदीको विचबाट ढुंगागिटी निकाल्न अनुमति दिएको जनाए । यस विषयमा स्थानिय विकास अधिकारी राजेन्द्रदेव पाण्डेसंग सम्पर्क गर्दा उनको मोवाइफोन अफ थियो भने कार्यलयले काठमाडौं गएको जानकारी दियो ।
उता वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले वन क्षेत्र भित्र कुनै प्रकारका मेसिन प्रयोग गर्न नपाउने बताए । ‘वन क्षेत्र भित्रका खोला ठेक्का लगाउने अधिकार जिविसलाई छैन,’ आचार्यले भने । वन ऐन २०४९को नियमावली २०५१ मा वन क्षेत्र भित्र स्काइभेटर प्रयोग गर्न नपाउने व्यवस्था छ । ऐनको परिच्छेद ७ को दण्ड जरिवाना सम्बन्धि व्यवस्थामा वन क्षेत्रभित्र ढुंगा, गिट्टी, बालुवा निकासी गर्न नपाइने प्रष्ट छ ।
युवा संघको विरोध 
युवासंघ धरानले गैरकानुनीकाम बन्द गर्न प्रशासन र ढेकेदारलाई आग्रह गर्दा पनि नमाने पछि अवरोध गरेको जनाएको छ ।  युवासंघका कार्यक्रताले अवरोध गरेपछि बुधबार साझ सेउतीमा तनाव भएको थियो । नियम विपरीत वन क्षेत्रबाट ढुंगा निकासी गरेको भन्दै कार्यकर्ताहरुले स्काभेटर तोडफोड गरेका छन् । तोडफोडबाट स्काइभेटरको सिसाहरु फुटेको छ । तोडफोडबाट ६ लाख बराबरको क्षती भएको गुरुङले दावी गरे ।
कारोबार दैनिकमा यो समाचार २०७० असार ७मा 
युवा संघका केन्द्रीय सदस्य ज्ञानदीप लिम्बूले वन क्षेत्रमा स्काभेटर प्रयोग गर्न नदिने वताए । ठेकेदार पक्षलाई मेसिन निकाल्नका पटक पटक अल्टिमेटम दिँदा पनि अटेर गरेपछि तनाव भएको उनको भनाइ छ ।  ‘एलडिओ र सिडिओले नियम विपरित गरेका काम तत्काल सच्याउनु पर्छ । वन र वातावरणलाई असर पार्ने कार्य कसैले पनि गर्न हुदैन्,’उनले भने । एलडिओले आर्थिक प्रलोभनमा परेर वन क्षेत्रमा नियम विपरित ठेक्का लगाएको युवासंघको आरोप छ ।
तरुण दलका कार्यवाहक सुनसरी सभापति समेत रहेका ठेकेदार गुरुङले भने यो विषयमा युवासंघले जिल्ला विकास समितिसँग कुरा गर्नुपर्ने वताए । युवा संघका केहि कार्यक्रताले आफ्नो स्वार्थ पूरा गर्न पार्टीलाइृ प्रयोग गर्न खोजेको उनको भनाइ थियो ।
ढेड साता अघि युवा संघका कार्यकर्ताले स्काभेटर प्रयोग नर्गन ठेकेदार पाथिभरा सप्लायर्सलाई चेतावनी दिएर छाडेको थियो । त्यसपश्चात पनि ठेकेदारले काम भने रोकेको थिएनन् ।

0 comments:

 
धन्यवाद