दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

Showing posts with label Diary. Show all posts
Showing posts with label Diary. Show all posts

फर्केर हेर्दा २०७३

आजको दिन जसरी बित्यो । गतवर्ष पनि त्यस्तै व्यस्ततामा बितेको थियो । गएको वर्षलाई विदाइ गरेर नयाँ वर्षमा पाइला टेक्दा केहि नयाँ अनुभुतीहरू पलाएका छन् । समयको चक्रमा यो नयाँ वर्ष कति आउँछन् जान्छन् । यो सहित ३२ ओटा नयाँ वर्षको फन्को पूरा गरिसकिएछ । फर्केर हेर्दा जिन्दगीमा वाह  वाह गर्नैपर्ने खासै  उपलब्धिहरू त छैनन् । तर गएको वर्ष आर्थिक अभाव र विभिन्न दवावकका बिच भएपनि अहिलेसम्म जिवनकै उत्कृष्ट वर्ष भएको महशुस भएको छ ।
जिवनकै उत्कृष्ट वर्ष हुनलाई जिवनमामा धेरै नयाँ नयाँ काम भएका छन् । थोरै भएपनि नयाँ उपलब्धि हात परेका छन् । यसैलाई आधार मानेर ०७३ अहिलेसम्मको सबैभन्दा सन्तोषजनक वर्षका रुपमा लिएको छु । के के भए त यो वर्ष एकपटक सुरुदेखि फर्किएर हेर्न मन लग्यो । एकछिन सम्झिएर लेख्न मन लाग्यो ।
वर्षको सुरुआत भरौलमा तालिम चलिरहेको थियो । आफ्ना अनुभव बाढेर दिन बित्यो । पत्रकारिता, मानवअधिकार अभियान र आफुले जानेका कुरा सेयर गर्ने अवसर मिल्यो । त्यसका लागि अवसर जुटाउने सबैलाई धन्यवाद । बैशाखबाट पत्रकारिताकाे अाैपचारिक विद्यार्थी पनि भइयाे । यसले १५ वर्षकाे पत्रकारिता अनुभवलाइ अझ तिखार्न सहयाेग गर्ने रहेछ ।  बैसाख  त्यसरीनै वित्यो नियमित काम र काठमाण्डौमा भएको प्रेस चौतारीको अधिवेशनमा सहभागिता । जेठमा पनि त्यस्तै भयो नियमित काममै समय वित्यो । उल्लेख्य उपलब्धि भएनन् । जब असार लाग्यो अनि सुरु भयो । जिवनका केहि रमाइला र मीठा सम्झन लायक पलहरू । असार १ गते जिवन विज्ञान केन्द्र इटहरीमा ध्यानयोग प्रयोगशालामा सहभागी हुने अवसर मिल्यो । त्यसबारे जानकारी दिने मित्र अमर खडकालाई धन्यवाद । त्यो प्रयोगशालामा सहभागी भएपछि मलाई जिवन विज्ञान केन्द्र काठमाडौबाटै प्रशिक्षण लिने रहर जाग्यो, र लिएँपनि । बोध विज्ञान लय विज्ञान र प्रशिक्षक प्रशिक्षण तालिम सकिएपछि साउनमा कर्मथलोमा आइयो ।
इटहरीमा चलिरहेको ध्यानयोग प्रयोगशालामा सहभागी भइयो । जीवनलाई फरक कोणबाट बुझ्ने मौका पाइयो । जीवन विज्ञानले आफु यस धर्तीमा आउनुको उदेश्यबारे बोध भयो । जीवनलाई सुन्दर, शान्त, उमंग र उर्जामय बनाउन ध्यान आवश्यक रहेछ । हरेक दिन ध्यानलाई निरन्तरता दिदाँ मनमा शान्ति, खुसी र सन्तोष मिल्दो रहेछ भन्ने महशुस भयो । थप कुरा अरु कुनै पोष्टमा लेखौला । जीवन भनेको भौतिकमात्र नभएर आध्यात्मिक पाटो पनि महत्वपूर्ण छ । भौतिक र आध्यात्मिक दुबै पाटोलाई समन्वय गरेर अगाडी बढाउन सके सफलता, खुसी, उमंग  र उत्साह मिल्दो रहेछ । जब मैले बोध विज्ञान र लय विज्ञान लिएर आएँ म उर्जाशिल जीवन बाँचिरहेको महशुस छ ।
 गएको वर्ष जीवनमा पहिलो पटक एडभेन्चरको मज्जा लिइयो । दशैको अन्तिम दिन मानिसहरू दशै विदाईको टिकालगाइ रहदाँ म भने धरान माथिको आकाशमा चरा झै उडिरहेको थिएँ प्याराग्लाइडिङमा । प्याराग्लाइडिङको अनुभव लेख्नेछु कुनैदिन । यस्तै अग्रेजी वर्ष २०१६को अन्तिम दिन भने तमोर नदीमा पानीका छालसंग जिस्कदै रमाउँदै र्याफ्टिङ गरियो ।  पुसको चिसो कञ्चनजङ्गा हिमालको हिउँ पग्लेर आएको पानीको छालमा रमाउँदै झुत्ती खेल्दै धनकुटाको मुलघाटदेखि तमोर टुङ्ग्याएर सप्तकोशीमा लहदै चतारासम्म गरियो ¥याप्टिङ । यसकै छुटै आनन्द छ । यसको अलौकिक मज्जा बारे लेखेरै सकिदैन । फेरी र्याप्टीङ गर्नु नै यसको आनन्दको अर्को अनुभुती हो । यी दुई सहसिक खेल खेल्ने अवसर गएकै वर्ष जुर्यो त्यसकार पनि यो वर्ष आनन्दको वर्ष हो ।
गएको वर्ष शिक्षा मन्त्रालय, शिक्षा विभाग र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा दिदै आएको शिक्षा पत्रकारिता पुरस्कारको फेलोसिप सहित नगद १५ हजार रुपैयाको पुरस्कार पनि प्रप्त भयो । यो नै अहिलेसम्मको ठूलो राशिको पुस्स्कार हो मेरो जीवनको । यस्तै नेपाल पत्रकार महासंघकाे  निर्वाचनमा प्रदेश पार्षदमा चुनाव जितियाे । चुनावमा भाग लिएकाे पहिलाे जीत हाे याे पनि । यस्तै पत्रकारितामा याेगदान गरेकाे भन्दै सुचना सञ्चार  साप्ताहिकले सम्मान पनि यसै वर्ष गर्याे ।
 यसलाई पनि एउटा उपब्धि मानेको छु ।
आर्थिक अभावका बिच यसै वर्ष डिजिटल एसएलआर क्यामरा र नयाँ मोटरसाइकल खरिद गरियो । धेरै वर्षदेखिको किन्ने रहर आवश्यकता पुरा गर्न पाएँ यसलाई पनि एक उपलब्धि नै मान्न पर्छ ।
जीवनकै सबैभन्दा ठूलो र महत्वपूर्ण काम पनि यसै वर्ष भयो जीवन साथी छान्ने । मित्र अमर खड्काले यसकालागि सहजीकरण गर्नुभयो अनि दीक्षा र म जीवन साथी भयौ माघ १६ गतेदेखि । जीवनमा गएको वर्ष धेरै उपलब्धि नभएपनि यी सबै उपलब्धिलाई मैले महत्वपूर्ण ठानेको छु । जस्लो मेरो आगामि दिनको गोरेटो बनाउँने काम गरेको छ ।
अझै महत्वपूर्ण त मैले मेरो जीवनको आगामी १० वर्षको ऐश्वर्य रेखाङ्कन गरेको छु । जस्लो मेरो जीवनालई सफलताको बाटोमा हिडाउने छ, खुसी आनन्द, उमंग, उत्साह र उर्जा प्रदान गर्ने छ । चैतमा मात्र यो रेखाङकन भएकाले अब यो कार्यान्वय सुरु भइसकेको छ ।
अझै अर्को महत्पूर्ण काम सुरु गरेका छौ विराट अनुपम र म मिलेर त्यो हो पूर्वको पर्यटन प्रर्वद्धनका लागि डिजिटल म्यागेजिन रामनवमीका दिन सुरु गरेर । यो वर्षको अन्तिम उपलब्धि यो । अब यसैलाई पछ्याएर जीवनका यावतकुरालाई व्यवस्थित गर्दै सफलताको बाटोमा लम्किने हो । समाजालर्य आफुले सकेजति सहयोग गर्ने हो ।
समग्रमा गत वर्षलाई फर्केर हेर्दा ०७३ साल निरासाको वर्ष रहेन् । आशाका किरणहरू देखापरिरहे । जीवनको गोरेटोमा यात्रा अगाडी बढेको छ । अब यसलाई पछ्याउँदै आगामि दिनहरू अझ उर्जामय बनाउँने प्रण सहित आजलाई यही बिट मार्दछु ।


मज्जा लुट्ने छुट्टै शैली


हरेक समय मानिस आनन्दको खोजीमा हुन्छ । हरेक पल मज्जा लिन चाहिरहेको हुन्छ । तर मज्जा लिने र आनन्द पाउँने काम थोरैले मात्र गर्छन् । चाहदा चाहदै पनि थोरैलेमात्र आनन्द पाउँछन्, मज्जा लिन्छन् । आनन्द र मज्जा लुट्ने मानिसका आ आफ्नै शैली, पद्धती, प्रकृया र बहानाहरु छन् । र हुदाँ रहेछन् ।  बालक होस या बृद्ध युवा होस या अधबैंसे सबैलाई आ आफ्नै शैलीको आनन्द र मज्जा चाहिरहेको हुन्छ । यस्तै आनन्द र मज्जाको खोजीमा रहेको युवाको एउटा समुहले फरक काम गरेर मज्जा लियो र र आनन्द पायो यसपालीको देउसी खेलेर । 

तिहारमा देउसी भैली खेल्ने हाम्रो संस्कृती पछिल्लो समय आएर रकम संकलन गर्ने राम्रो माध्यम भएको छ । त्यसो त सदियौ वर्ष देखि हाम्रो समाजमा रहेका क्लव र समाजिक संस्थाले समेत देउसी भैलीलाई सस्थाको कोष वृद्धिको माध्यम नबनाएका हैनन् । सामाजिक काम गर्ने भन्दै संस्थाका लागि आवश्यक सामाग्री खरिद गर्ने भवन बनाउँने सास्कृतीक भृेषभुषा खरिद गर्ने बाटो, पाटी पौवा, फलैचा निमार्ण गर्ने कुवा खनाउँने लगायतका काममा उपयोग गर्ने गरेकै हुन् । हाम्रो पुस्तासम्म आइपुग्दा यस्ता सामाजिक कामका साथै वनभोज जाने, शैक्षिक भ्रमण जाने, डान्सपार्टी गर्ने, साथै साथी भाइ भेला भएर रमाइलो गर्ने गर्दै आएको हामी पाउँछौ । अझ कतिपय युवाले त देउसीमा तोकेरै मागेको रकमले मदिरापानमा समेत खर्च गर्ने गरेको पाइएको छ । संस्कृतिका नाममा धेरै ठाउँमा विकृती भित्रिएको भन्दै समाजका अगुवा चिन्तित भैरहेका छन् । 

तिहार भर्खरै सकिएको छ । देउसीको रकम सदुपयोग गर्न यस्ता देउसे टोलीहरु सत्रिय छन् । कतै बनभोज, कतै भ्रमण त कतै सामग्री किन्नेको लर्को । यस्तै देउसे टोलीमा फरक देखिए इटहरी ४ को

गंगालाल मार्गका एक दर्जन बढि युवा । जीवन गुजाराको लागि आ आफ्नै पेसा र व्यवसाय भएका ती युवाले धेरै दिन देउसी खेलेनन् । ‘परम्परा, रीतिरिवाज र सस्कृति जोगाऊ’ भन्दै एक दिन देउसी खेले र स्वतस्र्फुत गाउँललेले दिएको दक्षिणा भेला पारे । एक दिनमा १६ हजार रुपैया भएछ । त्यो पैसा उनीहरुले आनन्द पाउँन खर्च गरे । मज्जा लिन खर्चिए । तर अरुहरुले जस्तो क्लवका लागि सामग्री किनेनन् । भ्रमण गएनन् । रमाइलोका लागि साथीभाइ बसेर मस्तराम पनि बनेन् । तर मज्जा लुटे, आनन्द लिए । 
पकलीमा रहेको बृद्धाश्रमका आमाहरुको छाक केहि दिन भएपनि टार्न देउसीको रकम सुम्पिए । १६ हजार रुपैयाले चामल, तेल, विष्कुट, चाउचाउ, नुन, टर्सलाइट, सावुनलगायतका दैनिक उपभोग्य सामाग्री किनेर आमाहरुको आवश्यकता पुरा गर्न कात्तिक १५ गते शनिवार सुम्पिए । तिनै युवा मध्येका एक अमृत बस्नेतले भने ‘बृद्धाश्रममा खाद्यान्नको अभाव रहेछ । सधैका लागि नभएपनि केहि दिन त अभाव टार्न सकिने रहेछ भन्ने लाग्यो अनि खाद्यान्न किनेर दियौं । बृद्धाश्रमका के अभाव रहेछ भनेर बुझेर सामानहरु किनेर दिएको उनले सुनाए । ‘हामीले गरेको कामले बृद्धाश्रममा रहेका ७ जना आमाहरुलाई धेरै दिन त नपुग्ला हामीले जे सक्यौ त्यो गर्यौ,’ उनले थपे ‘अरु युवाहरुले पनि यसरी सहयोग गरे धेरै हुन्थ्यो ।’ 
सौभाग्यवस मैले पनि समान हस्तान्तरण कार्यक्रममा जाने मौका पाएँ । युवाहरुको त्यो शैली नौलो लग्यो । बृद्धाश्रम सञ्चालक समितिकी कोषाध्यक्ष कल्पना गजुरेलले पनि युवाहरुको यो कार्यलाई पुन्य कार्य भनिन् । उनले बृद्धाश्रमका आमाहरुका लागि लत्ता कपडा दिनेहरु प्रशस्त भएपनि खानाको जोहो गर्न सधै समस्या हुने गरेको बताइन् । दाताहरुबाट चलेको बृद्धाश्रमलाई युवाले सुरु गरेको यो कार्यलेहौसला मिलेको र राहत भएको उनको भनाइ थियो । देउसीको रकमले किनेको खाद्यान्न लिएर बृद्धाश्रम पुगेका युवाहरुको प्रसंसा गर्दै गजुरेलले अरु युवाहरुले पनि यस्तो सहयोग गरे आफन्त र सम्पत्ति हुदाँ हुदै पनि आश्रय लिन बाध्य आमाहरुको मुखमा गाँस पुर्याउन सहज हुने जनाइन् । 
सामग्री वितरणपछि तिनै युवाहरुसंग गफ गर्दै फर्किए । जीवन गुजारा गर्ने र विकास गर्ने भनेको मेहनतको कमाइ र सामुहिक कार्यले हो भन्दै थिए । संस्कृति र परम्परा जोगाउन गरिएको कार्यबाट आएको रकमले रमाइलो गर्न उनीहरुको मन मानेनन् र आनन्दका लागि सो रकम बृद्धाश्रमलाई सुम्पिए । त्यसै भन्छन् त्यो समुहका रोशन श्रेष्ठ पनि । उनले उदाहरणका लागि यो देउसीको रकम त्यो ठाउँमा प्रदान गरिएको बताए । अरु ठाउँमा त अरुले पनि गर्छन जहाँ अरुका आखाँ पुग्दैनन् त्यहाँ युवाले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मैले अधि भनिसकेको छु मानिस आनन्द पाउन र मज्जा लुट्न लागि परेको छ । मलाई यहि जिज्ञासाले छाडे्न । मैले तिनै मध्येका एकलाई सोधे अरुहरु पैसा पाएपछि मज्जा गर्न भ्रमण जान्छन् बनभोज जान्छन्, केहि त मस्तराम बन्छन्  तपाँईहरुले बाढ्नु भयो नी ? मेरो प्रश्नको उत्तर पाएँ ‘हामीले खाद्यान्न दिदा आमाहरुको मुहारमा एकछिन भएपनि उज्यायो देख्यौं मुस्कान देख्यौ । यसलेबाट हामीले पनि मज्जा लियौ, आनन्द पायौं ।  नाचगान गरेपनि, भ्रमण गएपनि एकदिन अर्थात एकछिन त हो नी हामीले आनन्द मज्जा लिने । त्यो आनन्द हामीले यसैबाट पायौं । नाचे पनि , गाए पनि मस्तराम भएपनि त्यो मज्जा भोलीका लागि त रहदैनन् नी । आजको दिन त यसैबाट मज्जा लुटिहाल्यौं ।’ उनको जवाफ मलाई मन पर्यो र मैले पनि यो लेखें र मज्जा लिएँ । कस्तो लाग्यो ?  





एकमुठ्ठी माटो र दुई थोपा आसुँ


केहि लेखौ भनेर बस्यो सुरु कसरी गर्ने भन्ने चिन्ताले सताउँछ सधै । सुरुवात राम्रो होस् भन्ने लाग्दो रहेछ तर कहिले पनि सुरुवात राम्रो हुदैन् । प्रस्तुतीकरणको अभाव या खै के भनौ । तर आज मलाई यस्को चिन्ता छैन । राम्रो होस या नराम्रो यसको मतवल पनि छैन् । एक मुठी माटो र दुइ थोपा आसुबाट सुरु गर्दैछु आजको लेखन् ।  मानिसले पाउने भनेको यत्ति रहेछ, दुइ थोपा आसु र एकमुठी माटो केवल यत्ति ।
एउटा युवा जस्ले २८ बर्षको उमेर पार गर्दा सम्म कसैलाई दुखाएको याद छैन् । मसंग संगत भएको त्यस्तै तीन बर्ष जति भयो होला । त्यो अवधीमा मैले कहिले पनि उ रिसाएको देखिन । उस्ले कसैलाई बिझाएको सुनिन् । हो आज त्यसै हितैषीलाई एक मुठी माटो र दुईथोपा आँसु दिएर आएँ । उस्ले संसारबाट विदा लिएको आज तेस्रो दिन उस्को अन्त्येष्टीमा सहभागी हुदाँ आखाँमा आँसु नहुनेहरु सायदै थिए ।
राजधनलाई अन्तिम विदाइ गर्दै 
इटहरी कै एउटा होटलमा राती अबेरसम्म भ्यालन्टाइनको कक्टेल पार्टीमा सहभागी भएर सुतेको विहान उठ्न नपाउँदै लिला जी जो म भन्दा अग्रज पत्रकार हुन् उनको फोन आयो, नेटवर्कको समस्याले उहाका कुरा सुन्न पाइन फोन काटियो ।

दैनिकी

पहिले पहिले पनि लेख्थे, अहिले पनि कहिले काहिँ लेख्छु, मुड चल्दा न लेख्ने हो । तर दैनिकी कसरी लेखिन्छ थाहा छैन, म त दिनभर जे हुन्छ त्यो लेख्छु कहिले काहिँ कुनै कुराले धेरै असजिलो बनाउँछ अनि लेख्छु र पीडा कम गर्ने कोशिस गर्छु । यो दैनिकी हुन्छ हुदैन थाहा छैन् तर मलाई जुन कुराले प्रभाव पार्छ, छुन्छ र असजिलो बनाउँछ तिनै परिस्थिति अब देखि ब्लगमा राख्ने जमर्को गरेको छु ।
पहिले पहिले डायरीमा लेख्थे अव यस्ता कुराहरु तपाइ समक्ष पुर्याउन चाहन्छु । हरेक दिन नभएपनि लेखिएका यस्ता कुराहरु ब्लगमा राख्न यो नयाँ बिधा थपेको छु । आशा छ सल्लाह सुझाव दिनु हुनेछ र मेरो लेखनलाई पनि परिष्किृत बनाउँन मद्दत गर्नुहुनेछ । 

 
धन्यवाद