एकमुठ्ठी माटो र दुई थोपा आसुँ


केहि लेखौ भनेर बस्यो सुरु कसरी गर्ने भन्ने चिन्ताले सताउँछ सधै । सुरुवात राम्रो होस् भन्ने लाग्दो रहेछ तर कहिले पनि सुरुवात राम्रो हुदैन् । प्रस्तुतीकरणको अभाव या खै के भनौ । तर आज मलाई यस्को चिन्ता छैन । राम्रो होस या नराम्रो यसको मतवल पनि छैन् । एक मुठी माटो र दुइ थोपा आसुबाट सुरु गर्दैछु आजको लेखन् ।  मानिसले पाउने भनेको यत्ति रहेछ, दुइ थोपा आसु र एकमुठी माटो केवल यत्ति ।
एउटा युवा जस्ले २८ बर्षको उमेर पार गर्दा सम्म कसैलाई दुखाएको याद छैन् । मसंग संगत भएको त्यस्तै तीन बर्ष जति भयो होला । त्यो अवधीमा मैले कहिले पनि उ रिसाएको देखिन । उस्ले कसैलाई बिझाएको सुनिन् । हो आज त्यसै हितैषीलाई एक मुठी माटो र दुईथोपा आँसु दिएर आएँ । उस्ले संसारबाट विदा लिएको आज तेस्रो दिन उस्को अन्त्येष्टीमा सहभागी हुदाँ आखाँमा आँसु नहुनेहरु सायदै थिए ।
राजधनलाई अन्तिम विदाइ गर्दै 
इटहरी कै एउटा होटलमा राती अबेरसम्म भ्यालन्टाइनको कक्टेल पार्टीमा सहभागी भएर सुतेको विहान उठ्न नपाउँदै लिला जी जो म भन्दा अग्रज पत्रकार हुन् उनको फोन आयो, नेटवर्कको समस्याले उहाका कुरा सुन्न पाइन फोन काटियो ।
फेरी फोन बज्यो मेरो हैन मसगंै सुतेको साथ िसंजीवको । उहि लिला जीको फोन रहेछ । उनले भने शेखर जी धरान जाउँ है मैले किन  भनिहालें । उनले विजयपुर एफएममा समाचार भन्ने राजधनले संसार छाडेछन् । म छागाँबाट खसे जस्तै भएं । किन कसरी भन्नै सकिन फोन काटिदिए र जुरुक्क उठेर कपडा लगाउँदै निस्किएर बाहिर । तर त्यसदिन अस्पताल पोष्टमार्टम पर्सिमात्र अन्त्येष्टी गर्ने कुरा आयो र धरान आइएन् ।
 ३ गते विहानको यो घटना मन असजिलो बनाइरह्यो । तर बाचुन्जेल दिनचर्या चलाउनै पर्ने बाध्यता रहेछ हामी मानिसलाई । त्यो दिन त्यस्तै भयो । चार गते साझ थुप्रै काम सकेर बेलुकी अमरजीको घर पुगे । उनको बहिनीको बिबाह थियो आज । त्यसमा मैलै सरिक हुनै थियो । अमर जीले एकै पटक दुइजना बहिनिको विबाह गरिदिदै हुनुहुन्थ्यो । अरु साथीहरु साइली बहिनिको ३ गतेको बिबाहमा गैसकेछन् म एक्लै कान्छी बहिनीको विबाहमा सहभागी भए ।
यता तिर कामको चाप पनि त्यसै बेला छ । दुःख पनि त्यसैबेला छ । अनि कसै कसैको खुसिमा पनि त्यहि बेला सहभागी हुनुछ । जीवन भनेको यस्तै यस्तै संयोग हो कि क्या हो । अन्तराष्ट्रिय रेडियोलोजी सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति डा रामबरण यादव आजै आउनु पर्ने । त्यसको समाचार रेडियोलाई पठाउनै पर्ने । अनि मित्रको अनत्येष्टि पनि गर्न पर्ने । यस्तै संयोगमा आजको दिन बित्यो । हिजै अमर जीको घरमा गएको म विहान साढे नै नबज्दै हिडे अमर जी र बेहुलीसंग विदा भएर । ११ बजे धरान आइपुग्दा ठिक सम्मेलन सुरु भएको रहेछ । सम्मेलन र राष्ट्रपतिकार्यक्रम सकिएपछि रेडियोलाई समाचार पठाइयो विजयपुर एफएममा नै पुगेर ।
रेडियोलोजीको सम्मेलन उद्घाटन पछि फोटो खिच्दै राष्ट्रपति डा रामबरण यादव
आज सधै जस्तो एफएमका साथीहरुको मुहारमा चमक थिएन । सबैका अनुहार मलिन थिए , शोकमा थिए । एउटा असल मित्र गुमाउँदा कस्लाई पीडा हुदैन र बर्षौएकै ठाउँ बसेर काम गरेको मित्र परिवारको एउटा सदस्य जस्ले अकस्मात संसार छाड्यो यो पीडा सबैका अनुहारमा पढ्न सकिन्थ्यो ।
जती पीडा जती चोट भएपनि बाँच्नेहरुले बाचुनजेलसम्म आफ्नो दिन चर्याका लागि केहि न केहि गर्नै पर्दोरहेछ आफ्ना दैनिक कार्यलाई सुचारु गर्नैपर्छ । त्यसैले मैले पनि समाचार लेखे । हाम्रो चलनचल्तीको भाषमा भन्नुपर्दा आजको जागिर खाँए । मित्र सन्तोषले पनि जागिर खाए र हामी लाग्यौ । उहि शोकमा डुवेको घर र राजधनले छाडेर गएका परिवारका सदस्य भएतर्फ ।
दिन बित्नै लागेको थियो । सुर्य पनि पश्चिम तिर डाडैमा पाइला राखिसकेको थियो । अस्ताउन ठिक्क परेको घाम मलिन थियो । हामी त्यहा पुगेको आधाघण्टा पछि सब बाहन पुग्यो । त्यसवेला सबैका अनुहार साझ जस्तै मलिन मलिन थिए । डाको छाडेर चोट कम गर्ने आमा बाबा र बहिनीमात्र हैन सबै सबैका आखामा आसु टलपलटलपल थिए । बाकसमा राखेर ल्याएको अनुहार सबैले हेरे र रोए । मैले हेर्न सकिन । त्यहा अत्यन्यको थोरै कर्म सकिए पछि जंगल लगियो, किरात संस्कृति अनुसार उस्लाई राख्ने तयारी गरिदै थियो । खडल खन्नेहरु खन्दै थिए । डुगा बोक्नेहर बोक्दै थिए । र कोही कोही उसैको कुरा गर्दै थिए । मानिसको चलन नै मरेपछि सबैलाई राम्रो भन्ने छ । तर त्यहा भेला भएकाहरु जीवनभर उस्ले कसैलाई नराम्रो भनेको सुन्नेहरु थिएनन् । सयौको एकै प्रकारको भनाइ थियो । भन्दै थिए , मेहनती थियो, धेरै मेहनत गथ्र्यो तर खै के लग्यो र ? इमान्दार थियो सायद त्यसैको परिणाम होला यतिका धेरै मलामी आएका, भिडमा यस्तै यस्तै कुरा हुदै थिए । उस्लाई राखिएको बाकस खाल्डोमा हालियो र सबैले एक एक मुठी माटो हाले, मैले पनि । त्यसवेला अचानकै खसे दुइ थोपा आसु । त्यहाबाट हिडे । लाग्यो हामीले पाउँने त्यति एकमुठी माटो त रहेछ नी मरेर जादाँ, दुइथोपा आसु सबैका खस्छन खस्दैनन् । थाहा छैन् । जीवन रहुन्जेल सधै यस्तै चटारै चटारोमात्र हुन्छ ।
रेडियोलोजीको सम्मेलनमा साझको एक दृष्य
अत्यष्टी पछि फकिएर पुन रेडियोलोजीको सम्मेलनमा गइयो, सन्तोष केशवलगायत रमाइलो वातावरणमा त्यहा कार्यक्रम भैरहेको थियो । तर मलाई एकमुठी माटो र दुइ थोपा आसुले  पोलिरह्यो, त्यहा बसुन्जेलसम्म, साझ ८ बजेदेखि १० बजेसम्म त्यहा रहेको समय मलाई पुरै दिन त्यहा वितेजस्तो भान भयो ।  सन्तोषको कोठामा आउँदा साढे १० भएको रहेछ । उनिहरु दुइजना सुते । म लेख्दैछु । अहिले रातीको १ बजिसकेछ । आजलाई बिट मारौं जस्तो लग्यो ।
२०६८ फागुन ५, धरान

0 comments:

 
धन्यवाद