भ्यालेन्टाइन डान्सपार्टी


इटहरी । साझ छिप्पिदै जाँदा मान्छेको गति पनि बढ्दै थियो म्युजिकसगैं । साझसगै सुरु भएको डान्स पार्टीमा युवा जोडीहरुमा थिएनन्, उमेरले ४ दशक पार गरेकाहरु पनि उफ्रिउफ्रि नाचिरहेका थिए । 
डिजिट ग्रुप इटहरीले सोमबार आयोजना गरेको भ्योन्टाइन बिषेश डान्सपार्टीमा इटहरीको ठुलो युवा जमात झुमी झुमी नाचिरहेको थियो । युवा युवतीहरु जेडी जोडीमा नाचेका थिए भने बुढाहरको जमात आफ्नै सुरुमा झुमिरहेको थियो । मनशानत क्वीन प्यालेसको सभाहलमा भएको पार्टीमा नझुम्ने कोहि भेटिएनन् । अविबाहित जोरी र विबाहित जोडी सबै डान्समा मस्त थिए ।
आपसमा नजिक हुन पार्टी आयोजना गरेको आयोजक डिजिट ग्रुपका उपाध्यक्ष नविन आचार्यले बताए । उनले यस्ता पार्टीले आपसी सम्बन्ध मजबुत बनाउने बताए । रमाइलोसगै सामाजिक सम्बन्ध मजबुत हुने उनको भनाइ थियो ।

1 comments:

nabin said...

sthank you dai for supporting us

 
धन्यवाद