दैनिकी

पहिले पहिले पनि लेख्थे, अहिले पनि कहिले काहिँ लेख्छु, मुड चल्दा न लेख्ने हो । तर दैनिकी कसरी लेखिन्छ थाहा छैन, म त दिनभर जे हुन्छ त्यो लेख्छु कहिले काहिँ कुनै कुराले धेरै असजिलो बनाउँछ अनि लेख्छु र पीडा कम गर्ने कोशिस गर्छु । यो दैनिकी हुन्छ हुदैन थाहा छैन् तर मलाई जुन कुराले प्रभाव पार्छ, छुन्छ र असजिलो बनाउँछ तिनै परिस्थिति अब देखि ब्लगमा राख्ने जमर्को गरेको छु ।
पहिले पहिले डायरीमा लेख्थे अव यस्ता कुराहरु तपाइ समक्ष पुर्याउन चाहन्छु । हरेक दिन नभएपनि लेखिएका यस्ता कुराहरु ब्लगमा राख्न यो नयाँ बिधा थपेको छु । आशा छ सल्लाह सुझाव दिनु हुनेछ र मेरो लेखनलाई पनि परिष्किृत बनाउँन मद्दत गर्नुहुनेछ । 

0 comments:

 
धन्यवाद