झ्वाम्म झ्वाम्म पौडी खेल्ने की ?

गर्मीमा  झ्वाम्म झ्वाम्म पौडी खेल्नुको मज्जे वेग्लै हुन्छ । यसरी पौडी खेल्न कि खोला र झरना खोज्न पर्यो की राम्रो स्वीमिङ पूल चाहियो । झरना र खोला छाडौं एकछिन स्वीमिङ कुरा गरौं । कहा जाने राम्रो स्वीमिङ पूल खोज्दै ?
यस्तै दोधारमा हुनुहुन्छ भने हेर्नुस यो समाचार र तस्विरहरु हाम्रो इटहरी पनि कम छैन् ।  पूर्वमा पहिलो पटक सुविधासम्पन्न रिसोर्ट सहितको फन पार्क, स्वीमपुल र हेल्थ क्लव सञ्चालनमा आएको छ ।
ओसियन पार्क एण्ड रिसोर्ट प्रालीले इटहरीमा ११ करोड लगानी गरेर हेल्थ क्लव, स्विमिङ पूल र फनपार्क सुरू गरेको हो । एकैपटकमा एकसय जना क्षमताको स्वीमिङ पूल, स्वीमिङ स्लाइड, फेमली स्लाईङ, रेन्बो स्लाईड, रेन डान्स लगायत समुद्री छालको मज्जा लिन सकिने वेब्स सञ्चालनमा आएको छ । एकै पटकमा २१ को क्षमता भएको अत्याधुनिक सुविधा सहितको हेल्थ क्लव (मल्टी जिम) साथै एरोविक सेन्टर पनि एकै ठाउँमा सुरू गरेको हो ।
 बहुउपयोगी फन पार्क र हेल्थ क्लव नेपालमै पहिलो भएको प्रालीका अध्यक्ष डम्बर तामाङले दावी गरे । ‘नेपालका कुनै पनि ठाउँमा, मल्टि जिम, स्वीमिङ पूल र फन पार्कमा यति धेरै सेवा छैनन् । हामीले पूर्वमा यसको सम्भावना देखेर सञ्चालनमा ल्याएका हौं,’ तामाङले भने । फनपार्क सगैं दश जना परिवार अटाउँन सक्ने रिसोर्टको तयारी सुरु गरेको जानकारी दिए । उनले आउँदो हिउँद देखि रिसोर्टपनि सञ्चालनमा आउँने जनाए ।
 बढ्दो सहरीकरण सगैं मानिसलाई आराम र रमाइलो गर्ने अनि स्वास्थ्यका लागि अभ्यास गर्ने ठाउँ नभएकाले सबै सुविधा भएको फनपार्क, हेल्थक्लव र रिसोर्ट सुरु गरिएको तामाङको भनाइ छ । फन पार्क र हेल्थ क्लवमा मात्र नौ करोड लगानी भएको र रिसोर्ट सञ्चालनमा आउँदा ११ करोड लगानी हुने उनले बताए । सबै अन्तराष्ट्रिय मापदण्ड अनुसार निमार्ण गरिएको र त्यतिकै सुविधा सम्पन्न भएकाले धेरै लगानी भएको उनले जनाए ।
फनपार्क सुरुसगैं त्यसमा आउनेको संख्या दिनहु बृद्धि भैरहेकोले लगानीको प्रतिफल राम्रो आउने आशा रहेको तामाङको विश्वास छ । मानिसलाई आराम , मनोरञ्जन र स्वास्थ्य राम्रो चाहिन्छ । त्यसका लागि पूर्वमा कुनै पनि यस्तो ठाउँ छैन । त्यसैले यो चल्नेमा हामी विश्वस्त छौं । चार जनाको लगानी रहेको प्रालीले आउँदा दिनमा सुविधाहरु अझ थप गर्ने जनाएको छ ।







0 comments:

 
धन्यवाद