दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

Showing posts with label Feature literature. Show all posts
Showing posts with label Feature literature. Show all posts

गजलको ‘¥यापिड फायर’

टेलिभिजनका ‘शो’हरुमा नृत्य र गायनका प्रतियोगिले प्रस्तुती नसक्दै निर्णायकहरुले प्रस्तुतीको आलोचना र प्रशंसा गर्छन् अनि सुझाव दिन्छन् । हामीले सधै जसो यस्ता प्रतियोगिताहरु दख्दै र हेर्दै आएका छौं । तर साहित्यमा कविता, गीत र गजलका प्रतियोगितमा प्रतियोगीका सवल र दुर्वल पक्षका बारेमा निर्णायकले सार्वजनिक गर्दैनन् । सार्वजनिक गर्छन् त केवल निर्णय र परिणाम ।

साहित्यको पुरातन परम्परालाई तोड्दै शुक्रबार इटहरीमा भएको एउटा गजल प्रतियोगिताका प्रतियोगिले गजल सुनाउँनासाथ मञ्चमा रहेका निर्णयकले उनीहरुका रचनाबारे आफ्ना आफ्ना प्रतिक्रिया दिए । गजलको भाव, शब्द चयन, प्रस्तुतीको शैली, गजल संरचनालगायतमा भएका कमजोरी औल्याए, र सुधार्न सुझाए । मञ्चमा रहेका ४ जना निर्णायकले प्रतियोगिका गजलबारे आफुलाई लागेका सवल र दुर्वल पक्षका बारेमा तत्कालै सुझाव दिए । प्रतिभा साहित्य मञ्चले आयोजना गरेको ‘¥यापिड गजल फायर’ नाम दिइएको गजल प्रतियोगितमामा १५ जनाले तीन तीनवटा गजल सुनाएका थिए । उनीहरुका गजललाई जिवी गजल, चन्दा खडका र राम खरेलले तत्काल प्रतिक्रिया मात्र दिएनन् उनीहरुले प्रतियोगिताको निर्णय पनि गर्न भ्याए ।
कार्यक्रमका लागि जनता क्याम्पसको सभाहलमा खचाखच दर्शक थिए । हल भित्र नअटाएकाहरु झ्यालबाट चिहाएर गजल सुनिरहेका थिए । तीन घण्टा चलेको कार्यक्रममा दर्शकले गजलबाट भरपुर मनोरञ्जन लिए । वाह ! वाहिमा मिसाए आफुलाई । नौलो शैलीको कार्यक्रमले गजलका नवप्रवेशीहरुलाई मार्गदर्शन भएको कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भीम खतिवडाले बताए । ‘यस्ता कार्यक्रमले गजल लेख्न चाहने नयाँ पुस्तालाई सहयोग पुग्छ,’ प्राडा खतिवडाले भने ‘यस्ता कार्यक्रमले गजलको विकास र परिस्कारमा समेत सहयोग पु¥याउँछ ।’
कार्यक्रमकी विषेश अतिथी टीका आत्रेयले यस्ता कार्यक्रमले लेख्नेलाई हौसला र मार्गदर्शन प्रदान गर्ने बताइन् । यस्तका कार्यक्रमले गजल श्रष्टा जन्माउने मात्र नभइ सिर्जनाहरु पनि परिष्कृत भएर आउने बताइन् । नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखरले ¥यापिड गजल फायरको शैली नौलो भएपनि यसको प्रभाव महत्वपूर्ण रहेको बताए । तत्काल प्रतिक्रिया पाउँदा प्रतियोगि नव गजलकारमात्र नभएर अप्रतियोगिले पनि गजलको भावना र मर्मबारे बुझ्ने अवसर पाएको उनको भनाइ थियो ।
गजल लेख्नेलाई आफ्ना सिर्जनाको कमजोरी पत्ता लगाइ आगामी दिनमा सुधार्न सहयोग पुगोस भनेर कार्यक्रम आयोजना गरिएको प्रतिभा साहित्यमञ्चका अध्यक्ष विराट अनुपमले बताए ।
प्रतियोगितामा विसाल जी अनन्त प्रथम, स्व.मञ्जिल दोस्रो, माधवप्रसाद खनाल तेस्रो, दुर्गा गौतम र दिपक पौड्याल सन्त्वना भए ।

फेसबुकका भित्ता, दशैं र गजल

यात्री शेखर
 

गरीब दुखी निमुखालाई रुवाउँन आयो दशैं ।
रुवाएर आशुको भेलमा डुबाउँन आयो दशैं ।

राम्रो लाउनी मीठो खानी रहर सबैलाई हुन्छ,
यसपाली नी आशै आशमा भुलाउन आयो दशैं ।

चितवनकी सञ्चारकर्मी फुच्ची जमुनाले यो माहौलमा यस्तै शेर जुटाइन् । गजल बनाइन । र फेसबुक मार्फत पु¥याइन देश विदेश । यस्ता भावना पोख्न होस् या सिर्जना बाँढन होस् चाहे खबर र शुभकामना आदन प्रदान गर्न होस् भर्चुअल संसार अर्थात इन्टरनेटको  दुनियाँ काफी भएको छ आजभोली । सिर्जना बाँढ्न, सुचना सम्प्रेषण गर्न, निम्ता पठाउँन मात्र हैन, सभा, बैठक र जमघट समेत भर्चुअल संसारमै हुन थालिसकेका छन् । केहि संघ संस्थाले नियमित बैठक, साधारणसभा भर्चुअल संसारमै गरिरहेका छन् । नेपाली ब्लगर एसोशिएसनले धेरैवटा साधारणसभा भर्चुअल संसारमै सकेको छ । विभिन्न देशमा रहेका सदस्यहरू भेलाहुने सजिलो माध्यम बन्यो भर्चुअल संसार । प्रविधिको विकास संगसगैं हाम्रा धेरै गतिविधिहरू या ेसंग जोडिए ।  चाहेर पनि नचाहेर पनि । हाम्रा चाडपर्व, संस्कारका असरहरू भर्चुअल संसारमा छाइरहेका छन् । चाहे त्यो फेसबुक होस् या ट्वीटर । ब्लग होस या वेबपेज । यी सबै अहिले दशैंमय भएका छन् । कतै शुभकामना छन् त कतै भावना र सिर्जनाहरू ।
फुच्ची जमुनाको जस्तै थुप्रै सर्जकले सिर्जनामा दशैंलाई आफ्नो बनाए । कसैले हुनेहरूको बनाए । कसैले नहुनेहरूको बनाए । हुनेकै मात्र बनाइदिने श्रष्टा धेरै छन् । कथा, कविता, मुक्तक भन्दा भर्चुअल संसारमा बाहुल्यता छ गजल गोहरूको । दशैंमात्र हैन भगवानलाई समेत हुनेकै बनाई दिए रामशरण श्रेष्ठले गजलमै यसरी
कसैको दशैं धुमधाम हुन्छ ।
कसैको दशैं सुनसान हुन्छ ।

हुनेहरूकै हो भगवान पनि
न त नहुनेको भगवान हुन्छ ।


दशैंको माहौल छ सबैतिर । भर्चुअल संसार यो भन्दा बाहिर रहेको भए सायद फुच्ची जमुना र रामशरण श्रेष्ठ जस्तै रवि प्राञ्जलका यी गजल हामीले पढ्न पाउथ्यौ÷पाउँदैनथ्यौं । पाए पनि कति समय पछि पाउँथ्यौ होला  या त हामीले पढ्नै नपाई उनीहरूकै डायरीमा पूराना हुन सक्थे । हराउँन सक्थे । 
कसरी देखाऊँ ओठमा हाँसो चिरेर छाती यो ।
सिस्नु झै पोल्छ दशैंको बेला फूल र पाती यो ।

उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा,
गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

शरदको बेला फुलेन फूल फर्केन प्रियतम,
न बल्छ झल्ल न निभ्छ झ्याप्प मनको बाती यो ।

विदेश जानेको पर्खाइमा बस्नेको पीडा प्राञ्जलका यी शेरले दशैंमा बल्झाइ दिएका छन् । यस्तै भावनाको कुम्लो कुटुरो गजलमा पोको पारेर भर्चुअल संसारमा विसाउनेहरूको संख्या यकिन छैन् । न यकिन गरेर नै सकिन्छ । एउटै नदिमा मिसिने धेरै खहरेहरू झै केहिका भावनासंग एकाकार हुन भने सकिन्छ । र हुन पनि पर्छ । विवशता, बाध्यता र अभावका विच धेरैको दशैं आएको छ । जसरी नी दशैं मनाउने एउटा जमातलाई देशको वर्तामान परिवेशसंग बसन्त क्षितिजले जोडिदिए
नेता विक्रिमा, दशै खसी बोका बिक्रिमा
अभावले हेर, घरको झ्याल ढोका बिक्रिमा

आउ हेर संविधान आशा र हाम्रो उठिबास
कुटेको गिट्टी, हातमा उठेको फोका विक्रिमा ।

काम गरेर खानेलाई दशैं भर्चुअल संसारमा भेटिएका यी गजलहरूले भने जस्तै अभावका विच पनि उक्लनै पर्ने बाध्यताको पहाड भएको छ । खर्च गर्ने ठाउँ नहुनेहरूले तामझाम गर्ने मौका पाएका छन् । यस्ताको तडक भडकले देखासिकीमा धेरैलाई थेग्न मुस्किल छ दशैं । कसैलाई एकसरो लाउन पनि हम्मे हम्मे छ । सर्जकहरूलाई सबैको खुसी हेर्ने मन हुन्छ । सबैले उमंगका साथ दशैं, तिहारलगायतका चाडपर्व मनाएको देख्न चाहन्छन् । उनीहरू भर्चुअल संसारमा होस् या यथार्थमा मानिसलाई पीडामुक्त रुपमा भेट्न मन पराउँछन् । आफु र आफ्नो भन्दा आम नागरिकको आवाज बोल्छन् । गजलमा पनि उनीहरू यस्तै यस्तै तानाबाना बुन्छन् र दिन्छन् हामीलाई । ‘घाँटी हेरेर हाड निल्नुपर्छ ’ हाम्रो समाजमा पहिलेदेखि भन्दै आएको छ । सर्जकहरू यसलाई नै मानिसका मन मनमा पु¥याउँन लागि परेका छन् । अभाव, बाध्यता, विवशता, पीडा उनेर खुसीका माला गाँस्न तल्लिन छन् उनीहरू । त्यसो हुन्नथ्यो भने शुरेस बिडारी विवसले यस्तो गजल किन लेख्थे ।
रातो टीका लगाएर मनाउँन दशैं ।
माछा मासु नखाएर मनाउँन दशैं ।

नयाँ लुगा दशैंमै किन्नै पर्छ होइन,
पुरानै त्यो सजाएर मनाउँन दशैं ।

अरूको देखासिकी ऋण हुन्छ भारी,
खर्च गर्न डराएर मनाउँन दशैं ।

एउटा खुसी अर्को दुखी हुन नपरोस्,
सबै सधै रमाएर मनाउँन दशैं ।




‘जीन्दगी नाटकै त हो नी .....’

यात्री शेखर 
‘आखिर हाम्रो जीवन नाटक त हो नी’ कोहि भनि रहेको थियो मैले उसलाई चिनिन् चिन्न आवश्यक पनि ठानिन् । ‘तिनै  त नाटक रैछन नी रंगमञ्चमा पु¥याउँदा होस या त सडकमा घेरा लगाउँदा,’ मेरै छेउमा उभिएर आँखा सामुन्नेका दृष्य नियाली रहेको यहि भावनाको सेरोफेरो होला सायद नाटक  ।
यात्रुबस, चालक, खलासी, यात्रु सबै–सबै मान्छे यो दृष्य हेर्दै गरेको त्यो अपरिचितले नाटकलाई परिभाषित गर्न भ्यायो । विच सडकमा एउटा मोटो कलाकार हाफ पाइन्ट लगाएर मुखले हर्न बजाउँदै गाडी कुदाइ रहेको थियो । खलासी कोचाकोच यात्रु खाद्दै थियो । केहि युवती र युवक गाडीमा झगडा गर्दै थिए । एउटी मोटी कालीकाली केटी, अर्की पातली गोरीगोरी खालकी केटी र छेउमै टाँसिएका थिए एकदुइ अधबैसे । छेउका किराना पसल र होटलका सञ्चालकहरूलाई पेट मिच्नको दास्ति थियो ।
उनीहरूले जिन्दगीमा पहिलो पटक यस्तो बसगाडी देखेका थिए । जसमा सबै मान्छे मान्छे ।
चालक मातेको घेरा बाहिर हुनेले पनि थाहा पाए । मोटी केटी ले त चालकलार्ई हप्काइ पनि किन मापसे गरेर गाडी चलाको भनेर । पुलिसलाई बोलाइ दिने पनि धम्कि दिदै थिइ उ । दुइवटा चोकबाट यात्रु ओराल्न चढाउँन नि भ्यायो खलासीले । हेर्दा हेर्दै गाडी दुर्घटनामा पर्यो र मरे सबै जना । मरेका मध्ये हेर्दै लागु पदार्थ र्दुव्यसनी जस्तो देखिने एउटा पातलो केटो बिउँझियो । अरु सब घेरा बाहिर हराए भिडमा । त्यो त्यै केटाको सपना रहेछ । भोली पल्ट सबैलाई उसले घटना सुनायो । साथीहरूलाई घटना सुनाउँदा सुनाउँदै उसले एउटा जुक्ति पनि निकाल्यो । यस वर्षको दशै तिहारमा सडक दुर्घटना कम गर्न मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाहि गराउँन सबैयात्रु लाग्नुपर्छ भन्ने जनचेतना मुलक सडक नाटक देखाउँने । उसको जुक्ति सबैले मन पराए । नाटक सकियो । अगि हास्ने जती सबैले ताली पड्काए  । आफै नाटकको परिभाषा  दिदै गरेको मान्छे भिडमा कता हरायो कता ।
त्यो दृष्य कुनै काल्पनिक चलचित्रको नभएर सडक नाटकका प्रशिक्षार्थीहरूले सोमबार मोरङको शनिश्चरे शरणार्थी शिविरमा पस्ने मुख्य चौकमा देखाएको  सडक नाटकको दृष्य हो । कारितासको सहयोगमा युथ फ्रेण्डली सेन्टर (वाइएफसी)ले आयोजना गरेको पाँचदिने सडक नाटक तालिमको चौथो दिन दोस्रो समुहले देखाएको हो । यस्तै अरु तिनवटा समुह आ शिविरका अन्य चौकमा त्यसरीनै त्यहि नाटक देखाउँदै थिए । तर सबैका दृष्यभने फरक फरक । कतै दर्शकको भिड त कतै दर्शकनै नाटकमा सहभागी हुने अवस्था । रमाइलो भएको थियो त्यो वातावरण । दिइएको एकघण्टामा स्पोटमा पुगेर नाटक देखाएर सबै समयमै फर्किए तालिम हल वाइएफसी शनिश्चरेको सभाकक्ष । चारदिनको मेहनत पछि उनीहरूले त्यति आँट देखाएका हुन् । दर्शकको तालिले अरु नाटक देखाउँने उर्जा बढेको अनुभव बोकर फर्किएका थिए उनीहरु हलमा । माला राई, सुमन राई, सन्तोष राई  र पासाङ दोर्जीले एउटा–एउटा समुहको नेतृत्व गरेका थिए । र शिबिरको प्रवेशद्वारमा नाटक देखाउँने समुह पनि पासाङ कै थियो । शरणार्थीको बेलडागी र शनिश्चरे शिविरका युव युवतीसगै मिसिएका थिए तीस जनाको समुहमा ८ जना स्थानिय किशोर किशोरी पनि । तीनै लाई चार समुहमा बाढिएको थियो ।
पाँचौ दिन उनीहरूे देखाए आफ्नो कला तीन दिनसम्म चुपचाप बस्ने सहभागी पनि हिच्किचाएनन् आफुलाई कथामा ढाल्न । समापन कार्यक्रमका लागि भेला भएका कारितस नेपालका प्रतिनिधिसाथै अरु अतिथिसमेत मुग्ध हुने गरि नाटकमा  डुवे र डुवाए सबै दर्शकलाई । समाजका प्रतिनिधि मुर्ती र रोवटका छुट्टा छुट्टै कथामा र देखाए हिजोको मापसे नाटक पनि । पहिलो पटक नाटक खेल्न आएका उनीहरुलाई पाँच दिनमा अभिनय पोखरीमा धकेल्दै थिए कलाकार सोनु जयन्ती र उनलाई साथ दिनेमा थिए म पनि ।
नाटक सकेपछि समापनमा बेले मन खोलेर उनीहरुले आफुलाई परिवर्तन भएको पाए । आफु भित्रको क्षमता चिन्ने मौका पाएको बताए । माला राई र सुमन राईले । माला नाटकको दुनियामा पहिलो पटक पाइला राख्दै थिइन भने सुमन भने एक दुइ वटा वर्कसप भ्याएका व्यत्ति हुन् । तर दुवैको एकै प्रतिक्रिया थियो । ‘आफु भित्र साच्चै केहि रहेछ । यो तालिम एकदमै प्रभावकारी भयो । हामी अब आफुलाई पक्कै बदल्छौं ।’































गजलमा नयाँ वर्ष


मानिसमा उर्जा थप्ने विभिन्न बाहना हुन्छन् । नयाँ वर्ष पनि यस्तै एउटा बाहना भएको छ मानिसमा उर्जा सञ्चारका लागि । हामीले साथीभाइका मुखबाट पटक पटक सुन्दै आएका छौं ः ‘अहिलेसम्म यत्तिकै भै‘गो, अव नयाँ वर्षदेखि सुरु गरौंला ।’ नयाँ बर्ष आउन दुईचार महिना बाँकी छदै धेरैका मुखबाट सुनिने यस्ता शब्दले पनि नयाँ वर्ष मानिसमा उर्जा जागृत गराउने माध्यम हो भन्ने प्रष्ट हुन्छ । झन लेखक सहित्यकारहरुले त यसलाई बाहनामात्र बनाएका छैनन् अवसरका रुपमा लिएको पाइन्छ । नेपालमा गजल लेख्नेहरुले आफ्ना रचनामा नयाँबर्षलाई देश र परिवेशसंग जोडेर सिर्जनाको खेतबारीमा उमारेका छन् । गोडमेल गरेका छन् र सिर्जनाका थरि थरि फूलहरु फुलाएका छन् ।
                सोचे जस्तो वीर शहीदको रगत बोकेर ।
               आउ नयाँवर्ष तिमी नौलो जगत बोकेर ।
              नेपाली आमा अनि सगरमाथा रुदैछ आज
             मेरी आमाको आँसु पुछ्ने फगत बोकेर । 

भर्चुअल संसारमा गोपाल पराजुलीले  आफ्ना भावनालाई यस्तै गजलमा लपेटेर मिसाएका छन् नयाँवर्षसंग । सुचना र प्रविधिको आजको युगमा हामी यो भनाइमा मात्र सिमित नरहेर गराइमा समेत भर्चुअल संसारमा भासिइसहेका छौं । नयाँ वर्षले हाम्रो संघार टेक्नलाग्दा भर्चुअल संसारमा यस्ता थुप्रै गजलीय भावनाहरु डुबुल्की मारिरहेका छन्, पौडिरहेका छन्, आ आफ्नै विषेशता र प्रकृति बोकेर । भर्चुअल संसारको यो भासमा गजलहरु कतै भासमा गाडिएका छन् त कतै सङ्लो पानीमा झै माथी माथि तैतिरहेका छन् । झरनाको चिसो पानीमा गर्मी पखाले जस्तो पखालिई रहेका छन् । देशको राजनीतिक परिवेशले थिलथिलो भएका हाम्रा भावनाहरु ती गजलीय अभिव्यक्तिमा छर्लङ्ग देख्न सकिन्छ । भर्चुअल संसारमा तैरिरहेको कोमल भट्टको भाव गजलमा यसरी आएको छ ः
                नव वर्ष फुलोस फलोस् मेरो शुभकामना ।
               वैरभार र विरोध ढलोस् मेरो शुभकामना ।

              रातोदिको खिचातानी, छल र बेइमानी,
              खरानी भै छिट्टै जलोस् मेरो शुभकामना । 
यो कोमल भट्टको एक्लो चाहना र कामना मात्र हैन्, पौने तीन करोड नेपालीको चाहना यसले बोकेको छ । कसलाई हत्या, हिंसा, छल, कपट र बेइमानहरुको अशान्त मुलुकमा बस्ने रहर हुन्छ र ? सधै यसको विपक्षमा रहेक नगरिकहरुले मुलुकको यस्तो दुर्दशामै यात्रा जारी राख्न प¥यो । आमनागरिकले झेल्न परेका कष्टहरु नयाँ वर्षका गजलशेरमा पनि झ्ङ्कृत भएका छन् । भएभरका विद्वेषहरु पाखालिएर सुन्दर शान्त मुलुक र समाजको कल्पना सबै चाहेको परिवेश हो । आपसी सद्भाव, भाइचारा र बन्धुत्वको मालामा उनिएर हातमा हात मिलाई मुलुकको उन्नती र प्रगतीमा एकसाथ अगाडी बढ्ने वातावरण चाहन्छन्् गजलकारहरु  । आफ्ना सिर्जनामा नयाँ वर्षले यस्ता दिनको थालनी गरोस् भन्ने अभिलाषा प्रकट भएको पाइन्छ ।
             बिहेको दिन लगा‘को कोटजस्तो होस् नयाँ वर्ष । 
             दशैंमा टीकासगैं पा‘को नोटजस्तो होस् नयाँ वर्ष ।

             फूल पनि अति सुन्दर बास्ना आहा मगमग
            उहि पवित्र पारिजातको बोटजस्तो होस् नयाँ वर्ष ।
यी दुई शेरमा राजु अतिथिले नयाँ वर्षलाई साच्चै नविन र सुन्दरताको प्रतिकका रुपमा आउनु पर्ने भावना छताछुल्ल पार्न भ्याए । भर्चुअल संसारमा घुम्दै जाँदा भेटिएका नयाँ वर्षका केहि नमुना गजलहरु मैले यहाँ साभार गरें । नयाँ वर्षलाई प्रत्यक्ष केन्द्रित गरिएका यी र यस्ता गजल भन्दा फरक गजलहरु भर्चुअल संसारमा मात्र हैन पुस्तकका पानापानामा सजिएका छन् । सुनौला अक्षरमा टाँसिएका छन् । ती गजलहरुले कुनै एउटा दिनलाईमात्र नभएर हरेक विहानीलाई नयाँ वर्ष मनाउन प्रेरित गरेका छन्, हरेकको मनमा तरंग छेड्न अग्रसर भएका छन् ।
                रात छिप्पिदै गई प्रभात हुन्छ  
                 अन्तिमपछि फेरि सुरुआत हुन्छ

                जति कालो बाक्लो बादल लाग्छ
                 सम्झनू, उति छिटो बर्षात हुन्छ ।
मनोज न्यौपानेले आफ्नो पहिलो गजल संग्रह अन्तिममा यसरी नै हरेक समयलाई उर्जाशिल बनाउँन प्ररित गरेका छन् । गजलमा उनले नयाँ वर्षलाई नयाँ शैलीले पस्किएका छन् । नेपाली गजल लेख्न थालिएको एकसय २५ वर्षिय इतिहासमा गजलले थुप्रै फड्को मारेको छ । श्रृगारिक धाराबाट सुरु भएको नेपाली गजललेखन परम्परा आजको दिनसम्म आइपुग्दा यसले नसमेटेको विषय सायद कुनै विषय छैन् । नयाँ वर्षकै कुरा गर्न पर्दा नयाँ वर्षले जसरी मानिसमा उर्जा सञ्चार गराउन र आपसी सम्बन्ध प्रगाढ बनाउन  भूमिका खेल्दछ ।  गजल पनि त्यसरी नै समय र परिवेश अनुसार परिवर्तन हुदै आइरहेको छ । आज आउने धेरैजसो गजलहर माया प्रेम भन्दा पनि सामाजिक विकृति र विसंगतीमाथी प्रहार भएर आउँछन् । समसामयीकता बोकेर आउँछन् । परिर्वतनशील समयलाई पछ्याउँदै विकास र निमाणृको सन्देश बोकेर आउँछन् । अनि राजनीतिले भताभुङ्ग र लथालिङ्ग पारेको मानवियतालाई जोडन् भावना र सम्वेगको चिसो वतास लिएर आइरहेका छन् । प्रेम, र आसक्तिमा लिप्त हुने हैन, निरासाका पोकाहरु फुकाउँनृमात्र हैन, मुलुक र समाजको प्रगतिमा रमाउँने गजलकारको संख्या दिनानुदिन बढ्दो छ । यो क्रमले निरन्तरता पाइहने आशाका कामनाका साथ पुछारमा केपी लम्सालको असन्तृप्त अभिलाषा संग्रहबाट यो शेर ः    
               पोहर न‘भाको काम यसपाली हुनैपर्छ  ।
               मेरो देशमा सुख शान्ति बहाली हुनैपर्छ । 
                                                                                नागरिक पूर्वेलीमा २०६९ चैत ३०मा प्रकाशित

राम्रो पढ्न प्रेम

‘मान्छेलाई बाँच्नका लागि एकचिम्टी बल, एकचिम्टी आधार र एकचिम्टी प्रेम चाहिन्छ,’ आदिकवि भानुभक्तको यो भनाइजस्तै मानिसमा उर्जा सञ्चारको काम प्रेमलेमात्र सम्भव छ ।
उर्जा मानिसमा लागि नभइ नहुने चिज हो । आफैँभित्र रहेको शक्ति प्रयोग गर्न पनि हामीलाई विशेष प्रकारको उर्जाले काम गर्नुपर्छ नत्र हामी आफैँमा रहेको शक्ति र आफैँलाई चिन्न सक्दैनौँ । हामी आफूमा भएको क्षमता आफैँ पत्ता लगाउने अवस्थामा नपुगुन्जेल हाम्रो क्षमताको मुल्याङ्कन अरूले गरिदिनुपर्छ । हामीभित्रको उर्जा अरूले देखाइदिनुपर्छ । कवि भूपी शेरचनले भनेजस्तो भएका छौ हामी ।
....हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने 
कसैले छुटाइदिनुपर्ने...
उर्जाका साथै मानिसलाई मनोरञ्जन चाहिन्छ । माया, प्रेम, स्नेह र उल्लासको आवश्यकता पर्छ । अझ पढ्ने विद्यार्थीका लागि त माया र उत्साह बढी महत्वपूर्ण हुन्छ । पढ्ने विद्यार्थीलाई घरबाट मात्र नभएर विद्यालय र छरछिमेकबाट पनि माया पाए भने उनीहरूमा उत्साह थपिन्छ । डर, त्रास र धम्कीपूर्ण भाषामा भनेको भन्दा मायालु भाकामा भनेका कुरा केटाकेटीले सहज र उत्साहका साथ मान्छन् । तल्लो कक्षामा पढ्ने विद्यार्थीलाई जति माया गरिन्छ माथिल्लो कक्षामा पढ्ने विद्यार्थीले पनि त्यही अनुभव गर्न पायो भने उसको पढाइ राम्रो हुन्छ । कक्षा आठमा अध्ययनरत विराटनगरकी समिता भन्छिन् ‘सरले हामीलाई गर्ने व्यवहारले पनि पढ्न मन लाग्दो रहेछ । सरले पढाउँदा चाखलाग्दो र मायालु पाराले पढाउनुभयो भने त्यो कुरा चाँडै जानिँदो रहेछ ।’
शिशुले जन्मनु अघिदेखि आमाबुबाको माया पाएको हुन्छ । जब ऊ जन्मन्छ र हुर्कदै जान्छ, माया गर्नेहरू पनि थपिँदै जान्छन् । उसले माया गर्नेको सङ्ख्या पनि दिनानुदिन बढ्दै जान्छ । समयको चक्रसँगै ऊ स्कुल पढ्ने हुन्छ । उसलाई माया गर्ने मनहरू झन्–झन् झाङ्गिँदै जान्छन् । उसले माया गर्नेहरू पनि मनको पाखाभरि ढाकिँदै जान्छन् ।
प्रेम प्रकृति हो । यो गरेर गरिने हैन । चाहेर लगाइने हैन । नचाहेर नलगाइने पनि हैन । यो स्वस्फूर्त हुन्छ । आफैँ जोडिँदै, गासिँदै जान्छ । जीवनको एक आधारभूत आवश्यकता प्रेम र शिक्षा लिन पनि नभइहुँदैन् ।
भनिन्छ, प्रेमले पापीलाई पनि धर्मात्मा बनाउँछ । नराम्रो कार्यमा लागेका मानिसलाई पनि ठिक बाटोमा ल्यााउँछ । मानिसमा सकारात्मक परिवर्तन गर्ने हो भने प्रेम नै त्यसको लागि सबैभन्दा राम्रो उपाय हो । प्रसिद्ध विचार थोरोका अनुसार थप प्रेमबाहेक प्रेमको कुनै उपचार हुँदैन ।
हालै अमेरिकाको एम्सटर्डम विश्वविद्यालयले गरेको एक अध्ययनले प्रेम पाएकाहरू र प्रेम गर्नेहरू नै बढी रचनात्मक र क्षमतावान भएको देखाएको छ । हाम्रै परिवेशमा हेर्ने हो भने होस्टलमा बसेका विद्यार्थीभन्दा घरमा आमा–बाबुसँग बसेका विद्यार्थीहरू बढी चनाखो हुन्छन् । घरमा झगडा भैरहने परिवारका नानीहरूभन्दा राम्रो परिवारका नानीहरू बढी अव्वल हुन्छन् । राम्रो परिवारका नानीहरूले माया पनि राम्रो पाएका हुन्छन् । त्यसकारण उनीहरूको आत्मबल पनि बढी हुने मनोविज्ञहरूको भनाइ छ ।
नानीहरूलाई माया दिएर मात्र हुँदैन । उनीहरूलाई माया गर्न सिकाउनु पनि उत्तिकै आवश्यक छ । पहिले आफूलाई र त्यसपछि सबैलाई माया गर्ने संवेदना उनीहरूको मनमा भर्न सक्नुपर्छ । आफू र अरूलाई माया गर्ने मानिसले जीवनमा कहिले पनि नराम्रो काम नगर्ने मनोविज्ञहरूको भनाइ छ ।
साइटेफिक अमेरिकन नामक सोधग्रन्थले पनि यो कुरालाई पुष्टि गरेको छ कि प्रेमले मानिसलाई सकारात्मक बाटोमा त हिँडाउँछ नै उसलाई फरक तरिकाले सोच्न समेत सक्षम बनाउँछ ।
सूचना प्रविधिको तीव्र विकाससँगै हाम्रो समाज मौलिक रीतिरिवाज र चालचलनमा पश्चिमीपन घोल्दै अघि बढिरहेको छ । यसको परिणामले हाम्रो समाजसँगै शिक्षा क्षेत्रमा ठूलो असर पारिरहेको छ । एकातर्फ हाम्रो शिक्षाप्रणाली व्यावाहारिक र उत्पादनमुखी कम छ, अर्कोतर्फ सांस्कृतिक र सामाजिक रूपमा भैरहेको परिवर्तनले समेत प्रभाव पारेको छ । यस्तोमा सन्ततिको खुसीका लागि भन्दै अभिभावकले आँखा चिम्लिँदा अधिकतर किशोर–किशोरीले अवश्यकताभन्दा बढी स्वतन्त्रता पाएका छन् । यसलाई कसैले सदुपयोग गरेका छन् भने कसैले दुरुपयोग गरेर जीवनलाई बबार्दीको खाडलमा धकेलेका छन् ।
सही र गलत छुट्याउन गाह्रो हुने उमेरमा सङ्गतले  र हुर्किएको परिवेशले पनि कतिपय किशोरकिशोरी मानसिक तनावको  शिकार बनेका छन् । उनीहरूलाई त्यबाट मुक्त बनाउन प्रेमको कुनै विकल्प छैन । प्रेमका माध्यमबाट मात्रै उनीहरूलाई सही बाटोमा ल्याउन सकिन्छ ।
प्रायः युवा–युवतीहरू आफ्नै अडान (इगो)मा रहने हुन्छन् । केही अवस्थामा उनीहरूको अडानले उनीहरूलाई नै हानी पु¥याउने हुन्छ । त्यस्तामध्ये केही आमा–बुबा, छरछिमेक र गुरुहरूले भनेको पनि नमान्ने ‘जण्ड’ स्वभावका हुन्छन् । त्यो बेला प्रेमी–प्रेमिकालाई नै प्रयोग गरेर समस्या समाधान गरेका थुप्रै उदाहरण हामी माझ छन् ।
युवा–युवतीहरू गहिरो प्रेममा छन् भने आफ्ना प्रेमी–प्रेमिकाले भनेको जुनसुकै कुरा पनि मान्न तयार हुन्छन् । यसबेला दुवैले सकारात्मक भूमिका खेल्न सके दुवैको पढाइ पनि राम्रो हुन्छ । दुवै जीवन सफल बनाउने बाटोमा अगाडि हुन्छन् । यसर्थ पढ्ने विद्यार्थीका लागि प्रेममय वातावरण हुनुपर्छ । युवा उमेरमा आवश्यक माया पाउनुपर्छ, माया गर्नुपर्छ, प्रेमी–प्रेमिका बनाउनु पनि पर्छ तर त्यसलाई सदुपयोग गर्न जान्नुपर्छ ।

कसरी हासिल गर्न उत्कृष्टता ?

“सफलताको लागि तीन कुराको आवश्यक हुन्छ, आत्माविश्वास, लगनशीलता र निरन्तर अभ्यास ।” खप्तड स्वामीको यो भनाइले परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई पक्कै पनि उर्जा मिल्छ ।
आत्मविश्वास
कतिपय विद्यार्थीहरू आफैँले लेखेको जवाफमा विश्वास गर्दैनन् । अनि, अरूले लेखेको हेरेर सार्ने प्रयत्न गर्छन् । अर्थात् आफूलाई कमजोर ठानेर पनि उनीहरू परीक्षमा राम्ररी लेख्न सक्दैनन् । परीक्षा हलमा पुगेपछि कतिपय विद्यार्थीहरू आफूले जानेको कुरा पनि बिर्सछन् । उनीहरू डरले काम्ने, चिढिने जस्ता प्रवृत्ति देखाउ“छन् । यो सबै आत्मविश्वासको कमिले हो ।  विद्यार्थीहरूले आफूले जानेको कुरालाई परीक्षामा कुशलतापूर्व लेख्नका लागि आत्मविश्वास अपरिहार्य हुन्छ । मैले परिक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्छु भन्ने दृढ संकल्प विद्यार्थीले पालेको हुनुपर्छ । यस्तो नतिजा हासिल गर्नमा सक्षम छु भन्ने भावना हुनुपर्छ । यही आत्मविश्वासको कारण उनले सपलता प्राप्त गर्न सक्छन् ।
लगनशिलता
हरेक कुरामा सफलता पाउन लगनसिल हुनैपर्छ । विद्यार्थीहरू लगनसिल नहुने कुरै भएन । अध्ययनमा लगाव राख्ने विद्यार्थीहरू परीक्षाको समयमा पछुताउनु पर्दैन । कुनै पनि विषयबारे जान्न उत्सुक हुने, जान्नका लागि प्रयास गरिरहने बानीले विद्यार्थीलाई परिपक्क बनाउ“छ । मन लागेको बेला पढ्यो अरू बेला वास्तै नगर्ने बानी धेरैमा हुन्छ । यसो गर्दा उनीहरूले जानेको कुरा पनि बिर्सन सक्छ । त्यसैले आफूले अध्ययन गर्ने विषयमा निरन्तर लाग्नुपर्छ । नजानेको र अप्ठ्यारो विषय आउनसाथ पुस्तक फ्याँक्ने गर्न हँुदैन । बरू, त्यही अप्ठ्यारो कुरा जान्ने निरन्तर प्रयास गर्नुपर्छ ।  योजनाबद्ध ढङ्गले अध्ययन गरेको कुरा बुझ्न सजिलो हुन्छ । दिन दिनै नया“ कुरा पढ्दै जादा“ अगाडि पढेका कुराहरूलाई पनि बेला बेला सम्झनुपर्छ र अभ्यास गर्नुपर्छ । आफूले नजानेका कुरा सार्थीहरूस“ग छलफल गरेर जान्न सकिन्छ । अभिभावक, शिक्षकको साहयताले पनि नजानेका विषयहरू जान्न मद्दत मिल्छ । यस्तो लगनसिलताले विर्यार्थीलाई सधै सफलता तर्फ डोहो¥याइरहेको हुन्छ ।
अभ्यास 
आफ्नो पाठ्क्रम अध्ययन क्रममा अभ्यास गर्ने बानी उत्तम हुन्छ । अभ्यासले नै मानिसलाई पूर्ण बनाउ“छ । गणित जस्तो प्रयोगात्मक विषयको अभ्यासबाट अध्ययनको प्रारम्भ गर्नुपर्दछ । अन्य विषयको अध्ययन गर्दा विद्यार्थीहरू बसेर छलफलको माध्यमबाट गर्न लाभदायक हुन्छ । आफूले अध्ययन गरिसकेपछि ति विषयहरूको बारेमा मनन गर्नुपर्छ । अध्ययन गरेको कुराबाट मैले के के जानेँ भनेर आ“खा चिम्लेर मनन गर्नुपर्छ । नजानेको कुरा जान्न पुन अध्ययन गर्नुपर्छ । अध्ययनको यो विधी निकै प्रभावकारी हुन्छ । आफ्नै अभ्यासद्वारा प्राप्त गरेको ज्ञान स्मरण गरिरहन र परीक्षामा मौलिक रूपमा अभिव्यक्ति गर्न सकिन्छ ।
 चिन्ता हटाउनुहोस्
परीक्षाको घडीमा धेरैजसो विद्यार्थीलाई चिन्ताले सताउ“छ । त्यस्तै परीक्षा नजिकिदै जादा“ पनि उनीहरूमा चिन्ता बढ्दै जान्छ । हुन त सबै विद्यार्थीमा नै परीक्षाको बेला तनाव सिर्जना हुने गर्छ तर यसैलाई चिन्ताको रूपमा लिए परीक्षा समेत बिग्रने डर हुन्छ । त्यसैले विद्यार्थीले तनाव कम गर्दै कसरी परीक्षामा राम्रो गर्ने भन्ने तर्फ ध्यान मोड्नु पर्छ । सकारत्मक सोचाइ एवम् परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि विद्यार्थीले बुझ्नुपर्छ । परीक्षाको रूपमा शारिरीक कम्पन महसुस हुन्छ । यद्यपी तनाव धेरै बढ्नुको कारण अध्ययनमा कमजोर हुनु नै हो । धेरैजसो विद्यार्थीहरू परीक्षाको समयमा मात्र पाठ घोक्ने गर्छन् । एकातिर परीक्षाको तनाव अर्कोतिर पढाइको भारले उनीहरू मानसिक रूपले थाक्छन् । त्यसैले पढेका कुराहरू सजिलै ग्रहण गर्न सक्दैनन् । फलतः उनीहरू झनै अतालिने गर्छन् । परीक्षामा कसरी लेख्ने भन्ने भयले उनीहरूलाई गम्भिर चिन्ता पैदा गरिदिन्छ । त्यसैले, पछि पछुताउनु भन्दा समयमै मेहनत गर्न बुद्धिमतापूर्ण हुन्छ ।
सुरू देखि नै पाठयोजना र समयतालिका बनाएर अध्ययन गर्न बानी बसाल्नु पर्छ । नियमित अध्ययन गर्ने विद्यार्थीलाई परीक्षाको समयमा मानसिक भार बढी हुँदैन । अगाडि नै अध्ययन गरेका विषयलाई स्मरण गर्नका लागि मात्र किताब एवम् नोट हेर्न पर्न भएकाले उनीहरू परीक्षामा के लेख्ने भन्ने चिन्तामा हुदैनन् । यसरी योजनावद्ध र नियमित अध्ययन गर्न विर्यार्थीले परिक्षाको समयमा पाठ घोक्नु होइन, विगतमै अध्ययन गरेको पाठ बारे चिन्तन गर्न पर्छ ।

करियरलाई कसरी अघि बढाउने ?


अध्ययनका लागि विषयको छनौट कुनै पनि विद्यार्थीका लागि एसएलसीसम्मको शिक्षाले जीवनमा कायापलट गर्न महत्व  राख्छ, किनभने सबै किसिमका शिक्षाको जड नै एसएलसीसम्मको शिक्षा हो । त्यसैले शिक्षाको जग मजबुत गर्न आवश्यक हुन्छ । सुरूमै राम्रो अध्ययन गरेको विद्यार्थीलाई माथिका विषयवस्तुहरुको अध्ययन गर्न र राम्रो अङ्क ल्याएर पास गर्न सकिन्छ ।
सजगकता 
कुनै पनि विद्यार्थीलाई पछि इन्जिनियर, डाक्टर, वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, चार्टट एकाउन्टेन्ट वा सफल शिक्षक, प्राध्यापक र असल नागरिक बनाउने शिक्षा नै हो । त्यसैले सफल जीवन एवम् सफल करियर निर्माणका लागि एसएलसीसम्मको शिक्षामा विद्यार्थी–अभिभावक दुवैले विशेष जोड दिनुपर्छ । माथिका शिक्षाका लागि आफ्नो अध्ययन क्षमता, अभिभावकको आर्थिक क्षमता, एसएलसीमा ल्याएको अङ्क तथा ठाउ“ र सामाजिक अवस्थाअनुसार मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा, इन्जिनियरिङ, चिकित्सा, कृषि लगायतका विषयहरु छनौट गर्न सकिन्छ ।
आफू विद्यार्थी भए पनि वा रोजगार खोज्ने क्रममा रहे पनि स्वयम्प्रति सदा सचेत भैरहनुपर्छ । विद्यार्थीहरुले आफू भित्रको सम्भावनालाई उजागर गर्दै आफ्नो योग्यतालाई अझ विकसित गर्दै माथि पु¥याउनुपर्छ । हरेक व्यक्तिमा कुनै न कुनै सुषुप्त प्रतिभा, असल गुण र योग्यता लुकेको हुन्छ । त्यसलाई चिन्न मात्र सक्नुपर्छ । यदि यस्ता सुसुप्त सम्भावनालाई चिनेर क्यारियर निर्माणको क्षेत्रमा अघि बढेमा कुनै मानिसले धेरै ठूलो सफलता हात पार्न सक्छ ।
आत्ममूल्याङ्कन 
तपाईंले यो थाहा पाउनुपर्छ कि तपाईंको योग्यता कति छ ? रूचि केमा छ ? उद्देश्य के छ ? तपाईंको व्यक्तित्व कस्तो छ ? वास्तविकतामा आधारित योग्य गुणहरुले नै तपाईंको अगाडिको यात्रालाई तय गर्नमा सहायक सिद्ध हुन सक्छ भने बुझ्नुपर्छ । उदाहरणका लागि तपाईंमा उद्घोषणको राम्रो कला छ, तर अनुहारको आकर्षक राम्रो छैन भने टिभी स्क्रिनमा देखा परेर समाचार पढ्ने ध्येय त्याग्नु नै राम्रो हुन्छ । त्यस्तै राम्रो अध्ययन क्षमता छ तर सम्पत्ति छैन भने विदेशमा गएर पढ्ने आकांक्षाले साकार रुप नलिन सक्छ । त्यसैले करियर अगाडि बढाउ“दा आफ्नो योग्यताका साथै व्यक्तिगत गुण, रूचि एवम् आर्थिक अवस्थालाई समेत विचार गरेर अगाडि बढ्नुपर्छ र अझ यस्तो बेलामा साथीभाइ तथा अग्रज र सम्बन्धी विशेषज्ञहरुको सल्लाह सुझाव लिनु उपयुक्त हुन्छ ।
सम्भावना
आफ्नो योग्यता, क्षमता, रूचि, व्यक्तिगत भित्री तथा बाहिरी गुण र परिस्थितिको लेखाजोखा गरिसकेपछि मात्र करियरका लागि उपयुक्त बाटो रोज्नुपर्छ । तपाईले यो पत्ता लगाउनुस् कि तपाईंको करियर क्षेत्रका व्यक्ति कसरी अगाडि बढेका छन् । उनका अनुभवहरु के के छन् ? यो जानकारी बटुल्नुस् कि तपाईको योग्यता अनुरुप कुन कुन क्षेत्रमा रोजगारी पाउन सकिन्छ ? कुन रोजगार अथवा कुन व्यवसायमा बढी सफल बन्न सक्नुहुन्छ रू कुन क्षेत्रमा तपाईंको भविष्य बढी सुरक्षित हुनसक्छ ? र बढी लाभ प्राप्त गर्न सकिन्छ रू त्यसै क्षेत्रमा लाग्नु आवश्यक छ । तपाईंले रोज्नुभएको रोजगार वा जिम्मेवारीको क्षेत्रका चुनौतीहरुको सामना गर्न तयार हुनुहुन्छ ? जब तपाईंले यी सबै कुराको लेखाजोखा गर्नुभयो भने तपाईंले आफ्नो करियरको बाटो प्रष्ट भएको आफैले देख्नुहुनेछ ।
दिशा–निर्धारण 
तपाईंले यी सबै कुराको लेखाजोखा र चिरफार गरिसकेपछि आफूले लिने बाटो, गर्न लागेको काम, व्यवसाय वा रोजगारीको क्षेत्र तय गर्नुपर्छ र सुनियोजित रुपमा कदम चाल्नुपर्छ । कार्ययोजना  आपूmले गर्ने काम, व्यवसाय वा नोकरीको क्षेत्र तय गरिसकेपछि सो क्षेत्रमा सुनियोजित रुपमा अघि बढ्न तपाईंले कार्य योजनाको निमार्ण गर्नुपर्छ । जस्तो कि बायोडाटा, पु“जी, पाठ्यक्रम, परिश्रम, ठाउ“, सम्बन्धित मानिस, समय आदिको खाका तयार गरी अघि बढ्नुपर्छ । आफ्नो करियरको क्षेत्रस“ग सम्बन्धित जानकारी तथा अनुभवहरु बटुलेर धैर्यताका साथ अघि बढे सफलता अवश्य हात लाग्छ ।

गजलमा गर्जदै पूर्वेली ...

महामाया मासिकमा 

नियति नै यस्तै भनी नारीहरु झुक्नुहुन्न ।
लजालु त्यो घुम्टो ओढी भयो अब लुक्नुहुन्न ।

तेज बनी बगिरहे ढुङ्गो छेड्छ पानीले’नि,
विश्वासको हिमनदी खहरे भै सुक्नुहुन्न ।
इच्छा, चाहना र अधिकार पूरा गर्न लागि पर्नुपर्छ भन्ने दृढता बोकेको गजलका यी दुई शेर मायामितु न्यौपानेले निर्वासित चराहरु गजलसङ्ग्रहमा राखेकी छन् । भुपेन्द्र तिम्सिनासँगको संयुक्त सङ्ग्रहमा रहेका उनका अधिकतर गजल नारी चेतनाले भरिएका छन् । मानवीय संवेग र नेपाली परिवेशलाई आधार बनाएर शेरहरु बुन्छिन् उनी । नारी मनलाई गजलमा दुरुस्त उतार्नु उनको अर्को विषेशता हो । महिलालाई कमजोर ठान्ने हाम्रो समाजको मासिकताविरुद्ध उनी गजलमार्फत् सोझो प्रतिवाद गर्छिन् ।

स्कुले बालबालिकाको रंगमञ्च यात्रा



कला विनाको जीवन बाँच्न असम्भव छ । हरेक मानिसमा एउटा न एउटा कला हुन्छ तर सबैले आफुमा भएको कला प्रस्तुत गर्न सक्दैनन् । जो संग प्रस्तुत गर्ने प्रतिभा र क्षमता छ उस्लेमात्र रंगमञ्च पाउँने हो । प्रतिभा प्रस्तुत गर्ने क्षमता भएकाहरुले जीवनको कला रंगमञ्चमा उतार्ने हुन् ।
आफुमा भएको प्रतिभा रंगमञ्चमा देखाउन लागि परेका छन् इटहरीको विभिन्न बिद्यालयका बालबालिकाहरु । स्कुल थिएटर २ को मञ्चन सकिएपछि उनिहरुमा रंगमञ्च यात्राको मोह झन बढेको छ । कक्षा ८ मा अध्ययनरत बर्षा केसी भविष्यमा रंगमञ्चको राम्रो कलाकार बन्ने लक्ष्य रहेको बताउँछिन् ।

थिएटरमा जम्दै स्कुले नानीहरु, रंगमञ्च जोगाउँन खुत्रुके अभियान


 ‘यति साना नानीहरुले यस्तो कला देखाँउछन् भन्ने कल्पनै गरेको थिइँन्,’ पसिना पुछ्दै महेन्द्र राई भन्दै थिए, ‘नानीहरुको प्रस्तुतीले मलाई भावुक बनायो ।’ 
 धनकुटाबाट आफ्नो छोराको प्रस्तुती हेर्नै भनेर इटहरी आएका राईले स्कुल थिएटर २ मा बालबालिकाले मञ्चन गरेको नाटक हेरेपछि आफुले जीवनमा यस्तो कहिल्यै नदेखेको बताए । आफु धनकुटामा व्यपार गरेपनि छोरा कपिललाई पढाउन इटहरीमा राखेको बताउँदै राइले छोराले आफुहरुको नाटक मञ्चन हुने खबर गरेपछि धनकुटाबाट झरेको उनको भनाइ थियो ।  

असारको चटारो र देशको चिन्ता

संविधानको मिति खाली तोक्छौ मात्रै किन ?
बनाउछौं बनाउछौं भन्दै खोक्छौ मात्र किन ?
लाज हुन्छ अब त संविधानको कुरै नगर भो,
दिनहु संविधानको खाका बोक्छौ मात्र किन ?

अहिले अधिकांस मानिस असारको चटारोमा छन् खेती गर्न । यस्तै चटारोका विच बिहिबार मोरङको डागीहाटमा यसरी नै ममता घिमिरे जस्तै देशको परिस्थितीका बारेमा चिन्तित भए सर्जकहरु । खेतीको चटारो छाडेर भेला भएका सर्जकहरुले देशले भोगीरहेको राजनीतिक जर्जरता र विदेशी हस्तक्षेपलाई कविता गजल र गीतमा छताछुल्ल बनाए ।
वारी छुट छ पारी तर्ने पर्खाल छ हाम्रो देशमा ।
सिमानाका जनताको वेहाल छ हाम्रो देशमा ।
कराउने कराइ रहन्छ सुन्नेलाई चासो छैन ।
सडकमा दिने पिच्छे हडताल छ हाम्रो देशमा ।
कृष्णउदाशीका यी गजल सेरहरु जस्तै सच्चै हामी जनताको वेहाल छ । मुलुक अस्थिर हुनुको पीडा सबैलाई छ । समयमै संविधान नबनेर निर्णय विहिन यात्रामा छ मुलुक सिर्जनाले पनि यस्तै यस्तै कुरा उठाए । माया प्रेम र जीवन दर्शनसगै राष्ट्र र राष्ट्रियता रचनामा आए लय अनि भाका बनेर ।
देश कहिले अन्तुमा काटिन्छ, देश कहिले सुस्तामा काटिन्छ ।हे भन वीर नेपाली यसरी कती वीर भै बाचिन्छ ?जेवी थुलगंले यो गीत गाए पछि सुरु भयो राष्ट्रिय भावनाहरु पोखिन । सबैले जेविकै अनुभुती छोएर सुनाए रचना । तर सुन्न पाएनन् जेवी आफैले । उनको ब्यस्तताले उनलाइ त्यो जमघटबाट हुत्याइ सकेको थियो । कविता र गजलले जमघट रमाइलो बनायो । छोटो र मीठो पनि भयो एक दर्जनले रचना वाचन गर्न भ्याए होला । त्यसै लस्करमा रेखा सुवेदीले जनताको मतलाइृ कदर नगर्ने सभाषदलाई सम्झाइन कविताको यो झटारोले ।
सभाषद महोदय !
अझ कतिकति धुलो
तपइहरुका दस्तखतमा अल्झीकाएका छन्
कृपया,
दस्तखतै ननिख्रिन्जेल टक्टक्याउदाँ कसो होला ?

सुनगाभा साहित्य समाज डागीहाटले असारको यहि चटारोमा झटारो हान्ने मौका जुराएको हो सिर्जनाको । साहित्यकार मिश्र बैजयन्तीले कवितामात्र सुनाइनन् मानिसलाई सबैभनदा प्यारो राष्ट्रियता हुने बताइन । कार्यक्रममा काठमाण्डौका साहित्यकार राजेन्द्र पराजुली, मोरङका इरान राई, झापाका प्रकाश आङ्गदेम्वेलगायत झापा मोरङ र सुनसरीका दर्जनबढी साहित्यकारहरुले देशको चिन्तामा सिर्जना सुनाए । ल
क्ष्मि उच्च मावीमा भेला भएका सबैले आआफ्नो ब्यस्तता देखाउदै थिए । यो मध्य असारमा ब्यस्त नहुन पनि कसरी । त्यै मेसोमा तीला लेकालीले सुनाइन कविता ।
गोल गर्ने दाउमा छन्
देशमा संक्रमण फक्रेको बेला
जत्थाका जत्था धमिराका
आखाँले हेरिरहेछ मेरो देशमा ।

सपनाको राजधानी र गजलको माहौल

फोटो राखेर सुतेपछि सिरानीमा सपनी देखिनँ नभन्नु ।
मनको बलेँसीमा कुल्चिएर पनि आँगन टेकिन नभन्नु ।
हो तिमीले दिएकी छ्यौ, मैले पिएको छु मर्म तिम्रो,
दुई शबद कोरेर दिइ सके पछि चिठ्ठी लेखिँन नभन्नु ।
उनका यी शेरको निक्कै तारिफ भयो एउटा गजलमय जमघटमा । झापा, मोरङ्ग, सुनसरीमात्र हैन काठमाण्डौ देखिका गजलकार भेला भएका थिए शनिबार इटहरीमा । त्यही माहौलमा हो सिताराम सुचारुका यी गजल शेरको तारिफ भएको । सुचारुको गजल संग्रह सपनाको राजधानी विमोचनको बाहनामा भएको जमघट गजलमा गतिलो जम्यो ।
तिमीले पठाको चिठ्ठीमा खाम थिएन ।
कुनै पनि हरफमा मेरो नाम थिएन ।
कस्तो लेख्छौ प्रमी, खै कस्तो लेख्छौ,
तिमीले लेखेको शब्दको कुनै काम थिएन् ।
यस्तै यस्तै
कतै मायाका शेरहरु कतै राष्ट्रियताका भावहरु अनि कतै विकृति र विसंगती बिरुद्धका प्रहार केही जिवनका मुल्यहरु समेटेका शेरले भरिपुर्ण सपनाको राजधानी विमोचन कार्यक्रममा पनि यस्तै गजलहरु वाचन भए अरुबाट । काठमाण्डौको ब्यस्ततामा बिरामीका कथा ब्याथासंग परिचित डा निरज भट्टराईको यो अभिब्यक्तिले तिनै भावनालाई मलजल पुर्याउँछ ः
सिङ्गै आकाश पिँजडामा राख, चरा रमाउदैन ।
चराले आकाश हैन, पिँजडा मन पराउदैन ।
जस्ले यो गीत सुनेको छ त्या बहिरो भएको छ, तैपनि यो गीत नसुनी यहाँ कोही निदाउँदैन ।
भर्खरै सकिएको राष्ट्रिय कविता महोत्सवमा तेस्रो भएका बाबु त्रिपाठी र राबत दुवै उत्तिके जमे इटहरीको कार्यक्रममा बाबु त्रिपाठीले आफ्नो गजल सुनाए यसरी
बाढी घुम्दै आयो अरु केही गरेन् ।
सबथोक बगायो अरु केही गरेन् ।
मेरो घरमा आएर चराले पनि,
आफ्नो घर बनायो अरु केही गरेन् ।
काठमाण्डौबाट आएका मनोज न्यौपानेका गजल पनि उत्तिकै दमदार थिए । यता मोरङ्ग सुनसरी र झापाका गजलकार झन
के कम हुन्थे र जे वी थुलुङ्गको गजल गयक साजन राइले गाए, सिताराम सुचारुको गजल सुजाता विष्टले गाइन उसैगरी । टिका अत्रेय, तीला लेकाली, पुनम अधिकारी, इश्वर लम्सालले आफ्ना
गजल सुनाए स्वरको जादु देखाउदै सबैको भन लोभ्याएर ।
कार्यक्रमको अर्को रमाइलो थियो हेमन यात्रीको सञ्चालन । उनले बा आमाले खाएको रक्सी लागेको देखि जिव्रो लटपटिने कुरा झिकेर उपस्थितहरुलाई हसाइ रहे हसाइ रहे । सर्जकको रचनामा उनले दिने प्रतिक्रियाले पनि हाँस्न बाध्य पाथ्र्यो कुनै वेला । त्यसैमा रमाइलो थपियो अर्को । कवि कृष्णभुष्ण बलले गाए जेवी थुलुङ्गको गजल साजन राइ जसरीने त्यसवेला सबै जना चकित भए बलको स्वर सुनेर ।
विरेश राई, कृष्णउदाशी, एकराज दोसाँध, हेमसागर तिम्सिना, करुणा राईका गजलले पनि वा वाही पाए । मिश्र बैजयन्तीले सपनाको राजधानीलाई गरेको टिप्पणीमा सबै एकमत भएका थिए । उनको प्रस्तुतीलाई सबैले मन पराएको आभाष पाउन कसैलाई गाह्रो भएन किनकी उपस्थित सबैले त्यो मन पराएका थिए ।
अन्त्यमा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र कवि मनु मन्जिलका प्रस्तुती कायृक्रमका लागि बढी बजनदार बने साहित्य र गजल पारखीका लागि उनिहरुले गजल र कविताको विशिष्टता प्रष्ट्याए उदाहरण सहित । इटहरी नगरपालीकाको सास्कृतिक भवनमा भएको कार्यक्रममा चार घण्टा वितेको पत्तो नपाउदै सकियो कार्यक्रम तर पनि अझै धेरै गजलकारहरु आफ्ना सिर्जना सुनाउन नपाएर बिच्कीए भन्दै थिए कार्यक्रम सञ्चालक हेमन ।

समाज परिवर्तनमा साहित्य

हलभित्र खचाखच महिलाहरु गर्मिको पर्वाह नगरी शान्त भएर बसिरहेका थिए । मंगलबारको कुरा हो इटहरी नगपालीकाको सास्कृतिक भवनमा मोरङ्गर सुनसरीका महिलाहरु आफ्ना रचना लिएका आए
का थिए । अधिकांस भने अरुकै रचनामा रमाउने उदेश्य बोकेर आएको प्रष्ट थाहा हुन्थ्यो ।
डाक्टर ठाकुरनाथ पन्त स्मृति गुठीले चेतना अभिवृद्धीका लागि गरेको साहित्यिक कार्यक्रममा साहित्य र समाजको अन्र्तसम्बन्धका बिषयमा बरिष्ठ साहित्यकार, भाषाविद र प्राज्ञहरुले चर्चा गरे । उनिहरुले साहित्यले नै समाजलाई डोहोर्याएको विचार राखे समाज परिवर्तनमा पनि साहित्यको महत्वपुर्ण भुमिका हुने बताए ।
पुर्वप्राज्ञ दधिराज सुवेदीले रुद्रराज पाण्डेको रुपमती उपन्यास सार्वजनिक भएएता नेपाली नारीहरु चेतनशील हुदै गको बताए । उनले नेपाली समाज परिवर्तन भएर याहासम्म आइपुग्न साहित्यको ठुलो भुमिका रहेको दावी गरे । समाज विस्तारै परिवर्तन त हुन्छ तर साहित्यकारहरुले त्य अगाडी नै त्यसवारे लोखिसकेका हुन्छन् र आउदो परिवेशबारे वणर्न गरिसकेका हुन्छन् भन्ने उनको भनाइ थियो ।
बरिष्ठ कवि एवं प्राज्ञ कृष्णभुषण बलले साहित्य सगसगै समाज पनि विकसित हुने बताए । जति साहित्यको विकास हुन्छ अर्थात साहित्य जति परिष्कृत र अगाडी हुन्छ समाज पनि त्यहि गतिमा अगाडी बढ्ने बलको विस्वास छ । प्राध्यापक डाक्टर टंक न्यौपानेले मुलुको चेतनाको स्तर उकास्नकाम साहित्यले गर्ने बताए । सात्यिकारका नयाँ सिर्जनाहरु अध्ययन गरेर राजनेताहरुले विश्वका धेरै देशलाई परिवर्तन गरेको तिव्र गतिमा डौडाएको बताए । उनले सिर्जना मात्र नभएर विकासको पहिलो खुड्किलो भएको दावी गरे ।
कवि मनुमञ्जिलले सिर्जना नै समाज परिवर्तन गर्ने मुख्य शक्ति भएको बताए । चेतनाको स्तर नबढे सम्म समाज विकासको गतिमा अगाडी बढ्न नसक्ने बताउदै उनले साहित्य र समाजको परिवर्तन आपसमा अनर््तसम्बिन्धित भएको बताए । उनले कतिपय साहित्य समाज परिवर्तनले पनि सिर्जना गरेको बताए ।
कवि ज्योती जंगलले हाम्रो समाजमा अध्ययन गर्ने बानी नहुनाले परिवर्तन गर्न र विकासको गतिमा अगाडी बढ्न अप्ठेरो परेको बताइन । उनले हरेक घरका हरेक ब्यक्तिले साहित्यको अध्ययन गर्नु आवश्यक रहेको बताइन । कार्यक्रममा गुञ्जन नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता केशरी, नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्की, साहित्यकारहरु गंगा सुवेदी, सन्ध्या पहाडी, समालोचक रामजी तिम्सीनालगायतले पनि साहित्य र समाज परिवर्तनको सम्बन्धका बारेमा चर्चा गरेका थिए । उनहरुले कार्यक्रmमा समाज र साहित्यको चर्चामात्र गरेनन् । आफ्ना रचनाहरु समेत सुनाए । साथै कार्यक्रमा भेला भएका एकसय बढी महिला मध्ये दुइ दर्जनले कविता गीत, चुटकिला सुनाउन भ्याए । उनिहरुका रचनाले पनि साहित्यकारहरुले मनोरञ्जन लिए । समाजसम्म साहित्य पुर्याउन र समाजमा रहेका महिलालाई साहित्यबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको गुठिका संरक्षक तथा छिमेक विकास बैककी अध्यक्ष भुवनेश्वरी पन्तले बताइन् । गुठीले आयोजना गरेको कार्यक्रमलाई छिमेक विकास बैक, छिमेक समाज सेवा संस्था र गुञ्जन नारी साहित्य संस्थाले सहयोग गरेका थिए ।

 
धन्यवाद