गजलको ‘¥यापिड फायर’

टेलिभिजनका ‘शो’हरुमा नृत्य र गायनका प्रतियोगिले प्रस्तुती नसक्दै निर्णायकहरुले प्रस्तुतीको आलोचना र प्रशंसा गर्छन् अनि सुझाव दिन्छन् । हामीले सधै जसो यस्ता प्रतियोगिताहरु दख्दै र हेर्दै आएका छौं । तर साहित्यमा कविता, गीत र गजलका प्रतियोगितमा प्रतियोगीका सवल र दुर्वल पक्षका बारेमा निर्णायकले सार्वजनिक गर्दैनन् । सार्वजनिक गर्छन् त केवल निर्णय र परिणाम ।

साहित्यको पुरातन परम्परालाई तोड्दै शुक्रबार इटहरीमा भएको एउटा गजल प्रतियोगिताका प्रतियोगिले गजल सुनाउँनासाथ मञ्चमा रहेका निर्णयकले उनीहरुका रचनाबारे आफ्ना आफ्ना प्रतिक्रिया दिए । गजलको भाव, शब्द चयन, प्रस्तुतीको शैली, गजल संरचनालगायतमा भएका कमजोरी औल्याए, र सुधार्न सुझाए । मञ्चमा रहेका ४ जना निर्णायकले प्रतियोगिका गजलबारे आफुलाई लागेका सवल र दुर्वल पक्षका बारेमा तत्कालै सुझाव दिए । प्रतिभा साहित्य मञ्चले आयोजना गरेको ‘¥यापिड गजल फायर’ नाम दिइएको गजल प्रतियोगितमामा १५ जनाले तीन तीनवटा गजल सुनाएका थिए । उनीहरुका गजललाई जिवी गजल, चन्दा खडका र राम खरेलले तत्काल प्रतिक्रिया मात्र दिएनन् उनीहरुले प्रतियोगिताको निर्णय पनि गर्न भ्याए ।
कार्यक्रमका लागि जनता क्याम्पसको सभाहलमा खचाखच दर्शक थिए । हल भित्र नअटाएकाहरु झ्यालबाट चिहाएर गजल सुनिरहेका थिए । तीन घण्टा चलेको कार्यक्रममा दर्शकले गजलबाट भरपुर मनोरञ्जन लिए । वाह ! वाहिमा मिसाए आफुलाई । नौलो शैलीको कार्यक्रमले गजलका नवप्रवेशीहरुलाई मार्गदर्शन भएको कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर भीम खतिवडाले बताए । ‘यस्ता कार्यक्रमले गजल लेख्न चाहने नयाँ पुस्तालाई सहयोग पुग्छ,’ प्राडा खतिवडाले भने ‘यस्ता कार्यक्रमले गजलको विकास र परिस्कारमा समेत सहयोग पु¥याउँछ ।’
कार्यक्रमकी विषेश अतिथी टीका आत्रेयले यस्ता कार्यक्रमले लेख्नेलाई हौसला र मार्गदर्शन प्रदान गर्ने बताइन् । यस्तका कार्यक्रमले गजल श्रष्टा जन्माउने मात्र नभइ सिर्जनाहरु पनि परिष्कृत भएर आउने बताइन् । नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखरले ¥यापिड गजल फायरको शैली नौलो भएपनि यसको प्रभाव महत्वपूर्ण रहेको बताए । तत्काल प्रतिक्रिया पाउँदा प्रतियोगि नव गजलकारमात्र नभएर अप्रतियोगिले पनि गजलको भावना र मर्मबारे बुझ्ने अवसर पाएको उनको भनाइ थियो ।
गजल लेख्नेलाई आफ्ना सिर्जनाको कमजोरी पत्ता लगाइ आगामी दिनमा सुधार्न सहयोग पुगोस भनेर कार्यक्रम आयोजना गरिएको प्रतिभा साहित्यमञ्चका अध्यक्ष विराट अनुपमले बताए ।
प्रतियोगितामा विसाल जी अनन्त प्रथम, स्व.मञ्जिल दोस्रो, माधवप्रसाद खनाल तेस्रो, दुर्गा गौतम र दिपक पौड्याल सन्त्वना भए ।

0 comments:

 
धन्यवाद