भ्यालेन्टाइन, सिर्जना र गजल मञ्च

मुटु रगत स्नायु मेरो मान्छेलाई ।
सफलता र दिर्घायू मेरो मान्छेलाई ।
गरिब छु दिन त केहि पनि सक्दिन,
तर यो सिंगो आयू मेरो मान्छेलाई ।

पार्कहरुमा प्रेम जोडीहरु आपसमा फूल साँटिरहेका थिए । फेब्रुअरी १४ अर्थात प्रेम दिवसका दिन । त्यसै दिन गजलकार प्रकाश आङ्देम्बे रुवाइ सुनाउदै थिए । आफ्नी प्रेमीका प्रति सर्मपीत गर्दै ।
प्रेम दिवसमा प्रेमी प्रमीकासंग घुम्न छाडेर प्रेमका रचना बोकेर दमकको गन्तव्य थिएटरमा भेला भएका सर्जकहरुले प्रेम दिवसको महत्वमात्र सिर्जनामा सुनाएनन् । प्रेमको अर्थ खोज्न लागि परेको बताए । जितेन मुस्कानले कवितामा प्रेमभाव पोखे यसरी ः
तिम्रो आखामा
प्रेमको मदिरा बगेको बेलाहृदयको रंगले
तिम्रो मनको भित्ताहरुमा
प्रेमको चित्र कोर्न मन लागेको थियो ।

नेपाली र भुटानी सर्जकलाइृ एउटै थलोमा भेला गरेर कार्यक्रम गर्दै आएको भुटान गजल मञ्चले शरणार्थी शिविर भित्रका साहित्यकारलाई बाहिर ल्याएको छ भने बाहिरका साहित्यकारलाई शिबिर भित्र लगेर अन्तरघुलन गराउदै आएको छ । नेपाली र भुटानी श्रष्टा विच आपसी सम्बन्ध बढाउन कोशेढुंगाको काम गर्दै आएको भुटान गजल मञ्चले प्रेम दिवसका अवसरमा जुटाएको यो अवसरलाई गजलकार सुन्दर कुरुपले पनि छुटाएनन् ः
एकलास सुनसान झपडिमा जहाँ मेरो बास थियो
साँझ पर्दा जुन बोकी आउछौ भन्ने आस थियो ।
विछोडको वियोगहरु साच्न धेरै गाह्रो रैछ
हागाँ माथी एउटा ढुकुर म जस्तै नै उदास थियो ।

प्रेम विना संसारको कल्पना गर्न सकिन्न सबैले प्रेम गरेकै हुन्छन् । प्रेम गर्ने शैली र प्रसंग फरक हुन्छ । ६३ बर्षिय संगीतकार मणीकमल क्षेत्रीले भावना पोख्दै आफ्नो जवानीको प्रेम प्रसंग सुनाएर सर्जकहरुलाई एकत्रित गराए । सिर्जना सुनाउन भेला भएकाहरु क्षेत्रीको प्रेम प्रसंगमा रमाए । क्षेत्रीको प्रेम प्रसंमा मिल्ने गरि भुटानी सर्जक अशोक बस्नेतले सुनाए गजल
विना तार मनको झंकार आयो
केही पल हैन बारबार आयो ।
आयो र त थुने सुस्तरी मन भित्र,
लाग्छ यो जिन्दगीको नायाँ संसार आयो ।

प्रेम दिवसमा रचना सुनाउन मध्यान्न भेला भएका कसै कसैले विहानै आफ्ना प्रेमी प्रेमीकासंग भेटघाट गरिसकेको बताए । धेरैले प्रेमका सिर्जना सुनाए । कसैले आफ्नो वास्तविक प्रेमको सिर्जना सुनाए भने कसैले भावनाहरु पोखे छताछुल्ल । शरणार्थी शिविरका पुर्नवासमा जादँ धेरैका प्रेमी प्रमीकाहरु टाढा भएका छन् । त्यसरी टाढीनुको पीडा पनि सिर्जनामा पोखेका छन् सर्जकले । भुटान गजल मञ्चका अध्यक्ष याम थुलुगंको गजलले पनि त्यस्तै पीडा बुनेको छ ः
जहाँबाट हरेरे पनि खास एउटै हो ।
तिमीले हेर्ने मैले हेर्ने आकाश एउटै हो ।
तीन घण्टामासम्म दुइ दर्जन बढीले प्रेममा रचना सुनाए, भावना पोखे, प्रेमी प्रेमीका हुने प
नि नहुनेले पनि । सर्जकहरुले आफ्ना प्रेम प्रसंग सुनाए त्यसले कार्यक्रमको रौनकता थपेको थियो । सिर्जना सुनाउने अवसर जुटाएकोमा सबैले भुटान गजल मञ्चलाई धन्यवाद दिन बिर्सेनन् । प्रेम नगर्नेहरु पनि सर्जकहरुको प्रेममय जमघटमा सहभागी भएका भए सायद यसै भन्थे होला
गोरेटोको यात्राभरि गीत साँटे हुन्छ ।
मिल्छ भने तिम्रो मेरो रीत साँटे हुन्छ ।
बेग्ला बेग्लै मनलाई जोड्ने पुल बनाएर,
जुनी जुनी अमर रहने प्रीत साँटे हुन्छ ।

0 comments:

 
धन्यवाद