Showing posts with label Song's. Show all posts
Showing posts with label Song's. Show all posts
सपनाको पछि
Yatri Shekhar
अपरिचित एउटा आवाज मलाई प्रश्न ते¥याउँछ, पछाडीबाट मेरै कुममा समातेर । फर्कन्छु मुजा परेको अनुहारमा सेतै फुलेका दाह्री र लाठी टेकेका बाजे तिनैलाई नियाल्दै उनका प्रश्नमा घोत्लिन्छु म । आखाँ अप्रेशन गर्न आएको हुँ र ? झस्कन्छु ।
बदला मायाको
Yatri Shekhar
यात्री शेखर
‘अंकल तपाई मलाई किन यति धेरै माया गर्नुहुन्छ’, अचानक आज उस्ले गरेको प्रश्नले मलाई दिनभर असजिलो बनाइरह्यो । अघिल्ला भेटहरुमा कहिले पनि उसले यस्तो प्रश्न गरेको थिएन ।उसंगको पहिलो भेट सम्झन्छु ‘नाइ म त नचिनेका मानिससंग बोल्दीन,’ उस्ले भनि नसक्दै सोधेको थिए ‘किन कस्ले भन्यो, म त चिनेकै मान्छे हुँ नी नचिनेको भए तिम्रो नाम मलाई कसरी थाहा हुन्छ?’ अलि अलि डराए जस्तो अलि अलि हासे जस्तो गर्दै उस्ले भन्यो ‘मामुले भन्नुभा’को नचिनेका मान्छेहरुले हामी बच्चाहरुलाई फकाएर टाढा लग्छन रे, बेच्छन् रे जे पनि गर्न सक्छन् रे, हो अंकल ? अनि तपाइले मेरो नाम कसरी थाहा पाउनु भयो त? तपाइ को हो नी ?’
‘म रोशु अंकल हो नानी, ममिले भने जस्तो सबै मानिस खराब हुदैनन् त्यसरी लगेर बेचिहाल्ने मानिस हाम्रो वरपर त्यति सजिलै आउदैनन् । यता तिर त असल असल मानिसहरु हिड्छन्’, मैले उस्लाई सम्झाए । ‘संसारमा कसैले कसैलाई चिनेको हुदैन । नचिनाउने हो भने बाबु आमा पनि त चिनिदैन नी त्यसैले संसारमा कोही अपरिचित हुदैन सबैसंग परिचय बनाउने हो ।’
मेरा कुरा सकिन नपाउँदै उस्ले सोध्यो ‘कसरी बनाउने परिचय ?’ मैले उसलाई भने परिचय आफै बन्दै जान्छ । तिमी जति ठुलो हुदैजान्छौ त्यति परिचयहरु थपिदै जान्छन् । मेरा कुरा सुनेर उ बुझे जस्तै गरी चुप लाग्यो ।
म एयरपोर्ट जादाँ बाटामा पटक–पटक म उस्लाई देख्थे । उस्को नाम पनि फेसबुकमा आज भन्दा सात बर्ष अगाडी नै थाहा पाएको हुँ । तर उसंग बोल्ने र उस्लाई बोलाउने रहर कहिले आएन । त्यसदिन म एयरर्पोट जादै थिए उ स्कुल जादै रहेछ बाटामा अचानक भेट भयो । मैले नै उस्लाई बोलाएं । आफ्नै नाम लिएर बोलाएपछि उ आफ्नो गति रोक्न बाध्य भयो । मैले उस्लाइ ‘सन्चै छौ’ भनेको थिए । उस्ले जवाफमा त्यहि भनेको थियो, ‘नाइ म त नचिनेका मानिससंग बोल्दीन ।’
गीत
Yatri Shekhar
फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।
बिदाइको हात तिम्रो, धेरैबेर हल्लीरह्यो,
लजालु मुहार तिम्रो, आखाँ भरि अल्झिरहृयो,
सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ।
आखाँभरि सपना हैन, तिमीमात्र आउँछौ सधैं,
के के केके भनिरहन्छौ, मायामात्र लाउँछौ सधैं,
छुट्ने वेला मन दुख्छ, सगै बसे उठेपछि ।
फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।
बिदाइको हात तिम्रो, धेरैबेर हल्लीरह्यो,
लजालु मुहार तिम्रो, आखाँ भरि अल्झिरहृयो,
सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ।
आखाँभरि सपना हैन, तिमीमात्र आउँछौ सधैं,
के के केके भनिरहन्छौ, मायामात्र लाउँछौ सधैं,
छुट्ने वेला मन दुख्छ, सगै बसे उठेपछि ।
फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।
गीत
Yatri Shekhar
भर पर्ने आफ्नो भन्ने तिमी नै त हौ नी मेरो ।
माया गर्ने मुटु ठान्ने तिमी नै त हौ नी मेरो ।
जिन्दगीको यो यात्रामा सुख दुःख साट्ने पनि,
केहि पीडा केहि खुसी बरोबरी बाढ्ने पनि,
मन मिल्ने साथ नछोड्ने तिमी नै त हौ नी मेरो ।
संसारलाई बिर्सिएर हामी दुइ हराउँदा,
भावनाको कुरा छाडौ यथार्थमा रमाउँदा,
ज्यानै दिने प्राण ठान्ने तिमी नै त हौ नी मेरो ।
रचना २०६७ भदौ २०
माया गर्ने मुटु ठान्ने तिमी नै त हौ नी मेरो ।
जिन्दगीको यो यात्रामा सुख दुःख साट्ने पनि,
केहि पीडा केहि खुसी बरोबरी बाढ्ने पनि,
मन मिल्ने साथ नछोड्ने तिमी नै त हौ नी मेरो ।
संसारलाई बिर्सिएर हामी दुइ हराउँदा,
भावनाको कुरा छाडौ यथार्थमा रमाउँदा,
ज्यानै दिने प्राण ठान्ने तिमी नै त हौ नी मेरो ।
रचना २०६७ भदौ २०
गीत
Yatri Shekhar
तिमी हिड्ने गोरेटोमा एउटा काँढा हुनुहुन्न ।
तिमीलाई बर्षातको पानीले नी छुनुहुन्न ।
अन्जान छु तिम्रो लागी म त अझै पनि ,
मन्मा चाँही मेरो बस्यौ जूनतारा बनि ,
अधुरो जिवन मेरो तिमी विना पुर्ण हुन्न ।
तिमी हिड्ने गोरेटोमा ...........
तिमीलाई बर्षातको पानीले नी छुनुहुन्न ।
अन्जान छु तिम्रो लागी म त अझै पनि ,
मन्मा चाँही मेरो बस्यौ जूनतारा बनि ,
अधुरो जिवन मेरो तिमी विना पुर्ण हुन्न ।
तिमी हिड्ने गोरेटोमा ...........




