सपनाको पछि

अपरिचित एउटा आवाज मलाई प्रश्न ते¥याउँछ, पछाडीबाट  मेरै कुममा समातेर । फर्कन्छु मुजा परेको अनुहारमा सेतै फुलेका दाह्री र लाठी टेकेका बाजे तिनैलाई नियाल्दै उनका प्रश्नमा घोत्लिन्छु म । आखाँ अप्रेशन गर्न आएको हुँ र ? झस्कन्छु ।
सिनेमा हेर्न हिडेको म त अस्पतालमा पो रहेछु आफै छक्कपर्छु । म घोत्लिदाँ घोत्लिदै बुढाको प्रश्न फेरी दोहोरिन्छ ‘तिमी पनि आँखा अप्रेशन गर्न आएको हो ?’
म त सिनेमा हेर्न हिडेको मान्छे कसरी अस्पताल आइपुगे सोच्दा सोच्दै बुढालाई भनिदिएँ ‘हैन मेरो आाखा केहि भएको छैन म त त्यतिकै ....’
बुढाले टेकेको घघँरुको लाठी भुइमा ट्वाक ट्वाक पार्दै आफ्नो व्यथा सुनाउँन थाल्यो । ‘तिम्रै जस्तो उमेर देखि हो मैले आाखा अप्रेशन गर्न खोजेको । धेरै पटक अस्पताल धाँए, अस्पताल आइपुग्यो ठीक होला जस्तो हुन्छ अनि फर्कन्छु, फेरी, फेरी ताल उस्तै छ । समस्या जस्ताको त्यस्तै ।’
बुढाको समस्या न मलाइ थाहा छ न मैले बुढालाई चिनेको नै, बुढाको कुराले मलाई खुल्दुली लगायो ‘हैन के भा छ र तपाईलाई ?’
मेरो प्रश्न नसकिदै बुढाले भन्यो ‘सपना क्या सपना ।’
मेरो खुल्दुली झन बढ्यो, ‘हैन कस्तो सपना ?’
बुढो म तिरै औला ते¥याएर तेजिलो हुदै भन्न थाल्यो, ‘तिमै्रवेला देखि हो मैले सपना देख्न थालेको तर अहिलेसम्म छुट्याउँन सकिन ति थरी थरी सपना । ५५ बर्ष भयो सपनाको रंग छुट्याउन खोजेको तर अहिलेसम्म ती रंगीन हुन या सादा छुट्याउन सकेको छैन् । अब चाही पक्का अप्रेशन गर्न आएको सपनाको रंग छुट्याउँन । तिमी तिमी अहिले नै गर्ने हो अप्रेशन ?’
बाजेको प्रश्नले म पनि सपनाको पछि दर्गुन थाले आँखा अप्रेशनका लागि ।
२०६८ कार्तिक ४ गते शुक्रबार, 

0 comments:

 
धन्यवाद