करियरलाई कसरी अघि बढाउने ?


अध्ययनका लागि विषयको छनौट कुनै पनि विद्यार्थीका लागि एसएलसीसम्मको शिक्षाले जीवनमा कायापलट गर्न महत्व  राख्छ, किनभने सबै किसिमका शिक्षाको जड नै एसएलसीसम्मको शिक्षा हो । त्यसैले शिक्षाको जग मजबुत गर्न आवश्यक हुन्छ । सुरूमै राम्रो अध्ययन गरेको विद्यार्थीलाई माथिका विषयवस्तुहरुको अध्ययन गर्न र राम्रो अङ्क ल्याएर पास गर्न सकिन्छ ।
सजगकता 
कुनै पनि विद्यार्थीलाई पछि इन्जिनियर, डाक्टर, वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, चार्टट एकाउन्टेन्ट वा सफल शिक्षक, प्राध्यापक र असल नागरिक बनाउने शिक्षा नै हो । त्यसैले सफल जीवन एवम् सफल करियर निर्माणका लागि एसएलसीसम्मको शिक्षामा विद्यार्थी–अभिभावक दुवैले विशेष जोड दिनुपर्छ । माथिका शिक्षाका लागि आफ्नो अध्ययन क्षमता, अभिभावकको आर्थिक क्षमता, एसएलसीमा ल्याएको अङ्क तथा ठाउ“ र सामाजिक अवस्थाअनुसार मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षा, इन्जिनियरिङ, चिकित्सा, कृषि लगायतका विषयहरु छनौट गर्न सकिन्छ ।
आफू विद्यार्थी भए पनि वा रोजगार खोज्ने क्रममा रहे पनि स्वयम्प्रति सदा सचेत भैरहनुपर्छ । विद्यार्थीहरुले आफू भित्रको सम्भावनालाई उजागर गर्दै आफ्नो योग्यतालाई अझ विकसित गर्दै माथि पु¥याउनुपर्छ । हरेक व्यक्तिमा कुनै न कुनै सुषुप्त प्रतिभा, असल गुण र योग्यता लुकेको हुन्छ । त्यसलाई चिन्न मात्र सक्नुपर्छ । यदि यस्ता सुसुप्त सम्भावनालाई चिनेर क्यारियर निर्माणको क्षेत्रमा अघि बढेमा कुनै मानिसले धेरै ठूलो सफलता हात पार्न सक्छ ।
आत्ममूल्याङ्कन 
तपाईंले यो थाहा पाउनुपर्छ कि तपाईंको योग्यता कति छ ? रूचि केमा छ ? उद्देश्य के छ ? तपाईंको व्यक्तित्व कस्तो छ ? वास्तविकतामा आधारित योग्य गुणहरुले नै तपाईंको अगाडिको यात्रालाई तय गर्नमा सहायक सिद्ध हुन सक्छ भने बुझ्नुपर्छ । उदाहरणका लागि तपाईंमा उद्घोषणको राम्रो कला छ, तर अनुहारको आकर्षक राम्रो छैन भने टिभी स्क्रिनमा देखा परेर समाचार पढ्ने ध्येय त्याग्नु नै राम्रो हुन्छ । त्यस्तै राम्रो अध्ययन क्षमता छ तर सम्पत्ति छैन भने विदेशमा गएर पढ्ने आकांक्षाले साकार रुप नलिन सक्छ । त्यसैले करियर अगाडि बढाउ“दा आफ्नो योग्यताका साथै व्यक्तिगत गुण, रूचि एवम् आर्थिक अवस्थालाई समेत विचार गरेर अगाडि बढ्नुपर्छ र अझ यस्तो बेलामा साथीभाइ तथा अग्रज र सम्बन्धी विशेषज्ञहरुको सल्लाह सुझाव लिनु उपयुक्त हुन्छ ।
सम्भावना
आफ्नो योग्यता, क्षमता, रूचि, व्यक्तिगत भित्री तथा बाहिरी गुण र परिस्थितिको लेखाजोखा गरिसकेपछि मात्र करियरका लागि उपयुक्त बाटो रोज्नुपर्छ । तपाईले यो पत्ता लगाउनुस् कि तपाईंको करियर क्षेत्रका व्यक्ति कसरी अगाडि बढेका छन् । उनका अनुभवहरु के के छन् ? यो जानकारी बटुल्नुस् कि तपाईको योग्यता अनुरुप कुन कुन क्षेत्रमा रोजगारी पाउन सकिन्छ ? कुन रोजगार अथवा कुन व्यवसायमा बढी सफल बन्न सक्नुहुन्छ रू कुन क्षेत्रमा तपाईंको भविष्य बढी सुरक्षित हुनसक्छ ? र बढी लाभ प्राप्त गर्न सकिन्छ रू त्यसै क्षेत्रमा लाग्नु आवश्यक छ । तपाईंले रोज्नुभएको रोजगार वा जिम्मेवारीको क्षेत्रका चुनौतीहरुको सामना गर्न तयार हुनुहुन्छ ? जब तपाईंले यी सबै कुराको लेखाजोखा गर्नुभयो भने तपाईंले आफ्नो करियरको बाटो प्रष्ट भएको आफैले देख्नुहुनेछ ।
दिशा–निर्धारण 
तपाईंले यी सबै कुराको लेखाजोखा र चिरफार गरिसकेपछि आफूले लिने बाटो, गर्न लागेको काम, व्यवसाय वा रोजगारीको क्षेत्र तय गर्नुपर्छ र सुनियोजित रुपमा कदम चाल्नुपर्छ । कार्ययोजना  आपूmले गर्ने काम, व्यवसाय वा नोकरीको क्षेत्र तय गरिसकेपछि सो क्षेत्रमा सुनियोजित रुपमा अघि बढ्न तपाईंले कार्य योजनाको निमार्ण गर्नुपर्छ । जस्तो कि बायोडाटा, पु“जी, पाठ्यक्रम, परिश्रम, ठाउ“, सम्बन्धित मानिस, समय आदिको खाका तयार गरी अघि बढ्नुपर्छ । आफ्नो करियरको क्षेत्रस“ग सम्बन्धित जानकारी तथा अनुभवहरु बटुलेर धैर्यताका साथ अघि बढे सफलता अवश्य हात लाग्छ ।

0 comments:

 
धन्यवाद