कसरी हासिल गर्न उत्कृष्टता ?

“सफलताको लागि तीन कुराको आवश्यक हुन्छ, आत्माविश्वास, लगनशीलता र निरन्तर अभ्यास ।” खप्तड स्वामीको यो भनाइले परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई पक्कै पनि उर्जा मिल्छ ।
आत्मविश्वास
कतिपय विद्यार्थीहरू आफैँले लेखेको जवाफमा विश्वास गर्दैनन् । अनि, अरूले लेखेको हेरेर सार्ने प्रयत्न गर्छन् । अर्थात् आफूलाई कमजोर ठानेर पनि उनीहरू परीक्षमा राम्ररी लेख्न सक्दैनन् । परीक्षा हलमा पुगेपछि कतिपय विद्यार्थीहरू आफूले जानेको कुरा पनि बिर्सछन् । उनीहरू डरले काम्ने, चिढिने जस्ता प्रवृत्ति देखाउ“छन् । यो सबै आत्मविश्वासको कमिले हो ।  विद्यार्थीहरूले आफूले जानेको कुरालाई परीक्षामा कुशलतापूर्व लेख्नका लागि आत्मविश्वास अपरिहार्य हुन्छ । मैले परिक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्छु भन्ने दृढ संकल्प विद्यार्थीले पालेको हुनुपर्छ । यस्तो नतिजा हासिल गर्नमा सक्षम छु भन्ने भावना हुनुपर्छ । यही आत्मविश्वासको कारण उनले सपलता प्राप्त गर्न सक्छन् ।
लगनशिलता
हरेक कुरामा सफलता पाउन लगनसिल हुनैपर्छ । विद्यार्थीहरू लगनसिल नहुने कुरै भएन । अध्ययनमा लगाव राख्ने विद्यार्थीहरू परीक्षाको समयमा पछुताउनु पर्दैन । कुनै पनि विषयबारे जान्न उत्सुक हुने, जान्नका लागि प्रयास गरिरहने बानीले विद्यार्थीलाई परिपक्क बनाउ“छ । मन लागेको बेला पढ्यो अरू बेला वास्तै नगर्ने बानी धेरैमा हुन्छ । यसो गर्दा उनीहरूले जानेको कुरा पनि बिर्सन सक्छ । त्यसैले आफूले अध्ययन गर्ने विषयमा निरन्तर लाग्नुपर्छ । नजानेको र अप्ठ्यारो विषय आउनसाथ पुस्तक फ्याँक्ने गर्न हँुदैन । बरू, त्यही अप्ठ्यारो कुरा जान्ने निरन्तर प्रयास गर्नुपर्छ ।  योजनाबद्ध ढङ्गले अध्ययन गरेको कुरा बुझ्न सजिलो हुन्छ । दिन दिनै नया“ कुरा पढ्दै जादा“ अगाडि पढेका कुराहरूलाई पनि बेला बेला सम्झनुपर्छ र अभ्यास गर्नुपर्छ । आफूले नजानेका कुरा सार्थीहरूस“ग छलफल गरेर जान्न सकिन्छ । अभिभावक, शिक्षकको साहयताले पनि नजानेका विषयहरू जान्न मद्दत मिल्छ । यस्तो लगनसिलताले विर्यार्थीलाई सधै सफलता तर्फ डोहो¥याइरहेको हुन्छ ।
अभ्यास 
आफ्नो पाठ्क्रम अध्ययन क्रममा अभ्यास गर्ने बानी उत्तम हुन्छ । अभ्यासले नै मानिसलाई पूर्ण बनाउ“छ । गणित जस्तो प्रयोगात्मक विषयको अभ्यासबाट अध्ययनको प्रारम्भ गर्नुपर्दछ । अन्य विषयको अध्ययन गर्दा विद्यार्थीहरू बसेर छलफलको माध्यमबाट गर्न लाभदायक हुन्छ । आफूले अध्ययन गरिसकेपछि ति विषयहरूको बारेमा मनन गर्नुपर्छ । अध्ययन गरेको कुराबाट मैले के के जानेँ भनेर आ“खा चिम्लेर मनन गर्नुपर्छ । नजानेको कुरा जान्न पुन अध्ययन गर्नुपर्छ । अध्ययनको यो विधी निकै प्रभावकारी हुन्छ । आफ्नै अभ्यासद्वारा प्राप्त गरेको ज्ञान स्मरण गरिरहन र परीक्षामा मौलिक रूपमा अभिव्यक्ति गर्न सकिन्छ ।
 चिन्ता हटाउनुहोस्
परीक्षाको घडीमा धेरैजसो विद्यार्थीलाई चिन्ताले सताउ“छ । त्यस्तै परीक्षा नजिकिदै जादा“ पनि उनीहरूमा चिन्ता बढ्दै जान्छ । हुन त सबै विद्यार्थीमा नै परीक्षाको बेला तनाव सिर्जना हुने गर्छ तर यसैलाई चिन्ताको रूपमा लिए परीक्षा समेत बिग्रने डर हुन्छ । त्यसैले विद्यार्थीले तनाव कम गर्दै कसरी परीक्षामा राम्रो गर्ने भन्ने तर्फ ध्यान मोड्नु पर्छ । सकारत्मक सोचाइ एवम् परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि विद्यार्थीले बुझ्नुपर्छ । परीक्षाको रूपमा शारिरीक कम्पन महसुस हुन्छ । यद्यपी तनाव धेरै बढ्नुको कारण अध्ययनमा कमजोर हुनु नै हो । धेरैजसो विद्यार्थीहरू परीक्षाको समयमा मात्र पाठ घोक्ने गर्छन् । एकातिर परीक्षाको तनाव अर्कोतिर पढाइको भारले उनीहरू मानसिक रूपले थाक्छन् । त्यसैले पढेका कुराहरू सजिलै ग्रहण गर्न सक्दैनन् । फलतः उनीहरू झनै अतालिने गर्छन् । परीक्षामा कसरी लेख्ने भन्ने भयले उनीहरूलाई गम्भिर चिन्ता पैदा गरिदिन्छ । त्यसैले, पछि पछुताउनु भन्दा समयमै मेहनत गर्न बुद्धिमतापूर्ण हुन्छ ।
सुरू देखि नै पाठयोजना र समयतालिका बनाएर अध्ययन गर्न बानी बसाल्नु पर्छ । नियमित अध्ययन गर्ने विद्यार्थीलाई परीक्षाको समयमा मानसिक भार बढी हुँदैन । अगाडि नै अध्ययन गरेका विषयलाई स्मरण गर्नका लागि मात्र किताब एवम् नोट हेर्न पर्न भएकाले उनीहरू परीक्षामा के लेख्ने भन्ने चिन्तामा हुदैनन् । यसरी योजनावद्ध र नियमित अध्ययन गर्न विर्यार्थीले परिक्षाको समयमा पाठ घोक्नु होइन, विगतमै अध्ययन गरेको पाठ बारे चिन्तन गर्न पर्छ ।

0 comments:

 
धन्यवाद