असारको चटारो र देशको चिन्ता

संविधानको मिति खाली तोक्छौ मात्रै किन ?
बनाउछौं बनाउछौं भन्दै खोक्छौ मात्र किन ?
लाज हुन्छ अब त संविधानको कुरै नगर भो,
दिनहु संविधानको खाका बोक्छौ मात्र किन ?

अहिले अधिकांस मानिस असारको चटारोमा छन् खेती गर्न । यस्तै चटारोका विच बिहिबार मोरङको डागीहाटमा यसरी नै ममता घिमिरे जस्तै देशको परिस्थितीका बारेमा चिन्तित भए सर्जकहरु । खेतीको चटारो छाडेर भेला भएका सर्जकहरुले देशले भोगीरहेको राजनीतिक जर्जरता र विदेशी हस्तक्षेपलाई कविता गजल र गीतमा छताछुल्ल बनाए ।
वारी छुट छ पारी तर्ने पर्खाल छ हाम्रो देशमा ।

सिमानाका जनताको वेहाल छ हाम्रो देशमा ।
कराउने कराइ रहन्छ सुन्नेलाई चासो छैन ।
सडकमा दिने पिच्छे हडताल छ हाम्रो देशमा ।
कृष्णउदाशीका यी गजल सेरहरु जस्तै सच्चै हामी जनताको वेहाल छ । मुलुक अस्थिर हुनुको पीडा सबैलाई छ । समयमै संविधान नबनेर निर्णय विहिन यात्रामा छ मुलुक सिर्जनाले पनि यस्तै यस्तै कुरा उठाए । माया प्रेम र जीवन दर्शनसगै राष्ट्र र राष्ट्रियता रचनामा आए लय अनि भाका बनेर ।
देश कहिले अन्तुमा काटिन्छ, देश कहिले सुस्तामा काटिन्छ ।हे भन वीर नेपाली यसरी कती वीर भै बाचिन्छ ?जेवी थुलगंले यो गीत गाए पछि सुरु भयो राष्ट्रिय भावनाहरु पोखिन । सबैले जेविकै अनुभुती छोएर सुनाए रचना । तर सुन्न पाएनन् जेवी आफैले । उनको ब्यस्तताले उनलाइ त्यो जमघटबाट हुत्याइ सकेको थियो । कविता र गजलले जमघट रमाइलो बनायो । छोटो र मीठो पनि भयो एक दर्जनले रचना वाचन गर्न भ्याए होला । त्यसै लस्करमा रेखा सुवेदीले जनताको मतलाइृ कदर नगर्ने सभाषदलाई सम्झाइन कविताको यो झटारोले ।
सभाषद महोदय !
अझ कतिकति धुलो
इहरुका दस्तखतमा अल्झीकाएका छन्
कृपया,
दस्तखतै ननिख्रिन्जेल टक्टक्याउदाँ कसो होला ?

सुनगाभा साहित्य समाज डागीहाटले असारको यहि चटारोमा झटारो हान्ने मौका जुराएको हो सिर्जनाको । साहित्यकार मिश्र बैजयन्तीले कवितामात्र सुनाइनन् मानिसलाई सबैभनदा प्यारो राष्ट्रियता हुने बताइन । कार्यक्रममा काठमाण्डौका साहित्यकार राजेन्द्र पराजुली, मोरङका इरान राई, झापाका प्रकाश आङ्गदेम्वेलगायत झापा मोरङ र सुनसरीका दर्जनबढी साहित्यकारहरुले देशको चिन्तामा सिर्जना सुनाए । ल
क्ष्मि उच्च मावीमा भेला भएका सबैले आआफ्नो ब्यस्तता देखाउदै थिए । यो मध्य असारमा ब्यस्त नहुन पनि कसरी । त्यै मेसोमा तीला लेकालीले सुनाइन कविता ।
गोल गर्ने दाउमा छन्
देशमा संक्रमण फक्रेको बेला
जत्थाका जत्था धमिराका
आखाँले हेरिरहेछ मेरो देशमा ।

0 comments:

 
धन्यवाद