भावनामा बह्कीएर, निर्णयमा पुग्या हैन ।
मन मन मिलेको हो, दुवैजना झुक्या हैन ।
जीवनका केही यात्रा, संगसगै गरेपछि,
यथार्थ नै बिर्सिएर, कल्पनामा डुब्या हैन ।
केहीक्षण संगै हुनु, जस्तो हैन जीवनभरी,
लामो यात्रा सगैं गर्ने, दुवैले भुल्या हैन ।
धेरै लाग्यो कत्ति कत्ति, भन्नुपनि साध्य छैन,
कस्तो रैछ माया पनि, सजिलै त खुल्या हैन् ।
0 comments:
Post a Comment