समाज परिवर्तनमा साहित्य

हलभित्र खचाखच महिलाहरु गर्मिको पर्वाह नगरी शान्त भएर बसिरहेका थिए । मंगलबारको कुरा हो इटहरी नगपालीकाको सास्कृतिक भवनमा मोरङ्गर सुनसरीका महिलाहरु आफ्ना रचना लिएका आए
का थिए । अधिकांस भने अरुकै रचनामा रमाउने उदेश्य बोकेर आएको प्रष्ट थाहा हुन्थ्यो ।
डाक्टर ठाकुरनाथ पन्त स्मृति गुठीले चेतना अभिवृद्धीका लागि गरेको साहित्यिक कार्यक्रममा साहित्य र समाजको अन्र्तसम्बन्धका बिषयमा बरिष्ठ साहित्यकार, भाषाविद र प्राज्ञहरुले चर्चा गरे । उनिहरुले साहित्यले नै समाजलाई डोहोर्याएको विचार राखे समाज परिवर्तनमा पनि साहित्यको महत्वपुर्ण भुमिका हुने बताए ।
पुर्वप्राज्ञ दधिराज सुवेदीले रुद्रराज पाण्डेको रुपमती उपन्यास सार्वजनिक भएएता नेपाली नारीहरु चेतनशील हुदै गको बताए । उनले नेपाली समाज परिवर्तन भएर याहासम्म आइपुग्न साहित्यको ठुलो भुमिका रहेको दावी गरे । समाज विस्तारै परिवर्तन त हुन्छ तर साहित्यकारहरुले त्य अगाडी नै त्यसवारे लोखिसकेका हुन्छन् र आउदो परिवेशबारे वणर्न गरिसकेका हुन्छन् भन्ने उनको भनाइ थियो ।
बरिष्ठ कवि एवं प्राज्ञ कृष्णभुषण बलले साहित्य सगसगै समाज पनि विकसित हुने बताए । जति साहित्यको विकास हुन्छ अर्थात साहित्य जति परिष्कृत र अगाडी हुन्छ समाज पनि त्यहि गतिमा अगाडी बढ्ने बलको विस्वास छ । प्राध्यापक डाक्टर टंक न्यौपानेले मुलुको चेतनाको स्तर उकास्नकाम साहित्यले गर्ने बताए । सात्यिकारका नयाँ सिर्जनाहरु अध्ययन गरेर राजनेताहरुले विश्वका धेरै देशलाई परिवर्तन गरेको तिव्र गतिमा डौडाएको बताए । उनले सिर्जना मात्र नभएर विकासको पहिलो खुड्किलो भएको दावी गरे ।
कवि मनुमञ्जिलले सिर्जना नै समाज परिवर्तन गर्ने मुख्य शक्ति भएको बताए । चेतनाको स्तर नबढे सम्म समाज विकासको गतिमा अगाडी बढ्न नसक्ने बताउदै उनले साहित्य र समाजको परिवर्तन आपसमा अनर््तसम्बिन्धित भएको बताए । उनले कतिपय साहित्य समाज परिवर्तनले पनि सिर्जना गरेको बताए ।
कवि ज्योती जंगलले हाम्रो समाजमा अध्ययन गर्ने बानी नहुनाले परिवर्तन गर्न र विकासको गतिमा अगाडी बढ्न अप्ठेरो परेको बताइन । उनले हरेक घरका हरेक ब्यक्तिले साहित्यको अध्ययन गर्नु आवश्यक रहेको बताइन । कार्यक्रममा गुञ्जन नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता केशरी, नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्की, साहित्यकारहरु गंगा सुवेदी, सन्ध्या पहाडी, समालोचक रामजी तिम्सीनालगायतले पनि साहित्य र समाज परिवर्तनको सम्बन्धका बारेमा चर्चा गरेका थिए । उनहरुले कार्यक्रmमा समाज र साहित्यको चर्चामात्र गरेनन् । आफ्ना रचनाहरु समेत सुनाए । साथै कार्यक्रमा भेला भएका एकसय बढी महिला मध्ये दुइ दर्जनले कविता गीत, चुटकिला सुनाउन भ्याए । उनिहरुका रचनाले पनि साहित्यकारहरुले मनोरञ्जन लिए । समाजसम्म साहित्य पुर्याउन र समाजमा रहेका महिलालाई साहित्यबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको गुठिका संरक्षक तथा छिमेक विकास बैककी अध्यक्ष भुवनेश्वरी पन्तले बताइन् । गुठीले आयोजना गरेको कार्यक्रमलाई छिमेक विकास बैक, छिमेक समाज सेवा संस्था र गुञ्जन नारी साहित्य संस्थाले सहयोग गरेका थिए ।

1 comments:

Dautari Admin said...

Dadhi Raj Subedi le bhane jasto nepali nari haru sahitya ma chetansil bhayekko pakka ho. Ramro lekho ko lagi shekar ji lai dhanybad.

 
धन्यवाद