अधुरै छ पढ्ने रहर

“लक्ष्यमा पुगौं ः बालश्रमको अन्त्य गरौं” भन्दै धेरै बालबालीका सडकमा चर्का नारा लगाउदै थिए, चौध बर्षका अर्पण दास भने बिष्कुट प्याक गर्न र पसलसम्म पुर्याउन ब्यस्त थिए त्यतिवेला । आइतबार बिश्व बालश्रम बिरुद्धको दिवस मनाइरहदा अपर्ण जस्ता थुप्रै बालबालीकाहरु चर्कोकाम गर्न बाध्य छन् इटहरीमा । अर्पण बिद्यालय जादैनन् । बिहानदेखि साझसम्म पाउरोटी बनाउनु, प्याकिङ्ग गर्नु, पसलसम्म पुर्याउनु उनको दिन चर्या बनेको छ । इटहरीको विष्णु पाउरोटी उद्योगमा कार्यरत उनिजस्ता तीनजना बालकहरु जीवन जिउने चटारोमा जुटेका छन् अर्पण जस्तै ।
पढने रहर भएपनि समय र कमाउनु पर्ने बाध्यताले बिद्यालय जान नसकेको उनिहरुले गुनासो गरे । भन्छन् ‘विहान देखि रातीसम्म काम गर्नु पर्छ, अनि कहिले जानु बिद्यालय ?’
१३ बर्षिय शुक्ल शर्मा सर्लाहीबाट आएर इटहरीमा मःम पसलमा काम गर्छन् । उनले विहान ५ बजेदेखि बेलुका सात बजेसम्म काम गर्नुपर्छ । मःम पसलमा उनिमात्र हैन, मंगल, अजय र अमर पनि सगै काम गर्छन् । सबैको उमेर एउटै छ । पसलमा कोही मम बनाउँछन् भने कोही भाडा माझ्छन् । उनिहरु कोही पनि बिद्यालय जादैनन् । बिद्यालय जाने र पढ्ने रहर भएपनि घरको चरम अर्थिक अवस्थाले गर्दा आफुहरुले आफै कमाउनु परेको बताउछन् शुक्ल । तीन कक्षा सम्म पढेका उनि भन्छन् ‘घरको अवस्था कमजोर छ वा आमाले पढाउनु भएन अनि हामीहरु सर्लाहीदेखि काम गर्न इटहरी आएका हौ ।’ कहिले पनि बिद्यालय नगएका अमर भन्छन् ‘मलै त बिद्यालयमा पाइला पनि टेकेको छैन, आफ्ना उमेरका रमाउदै बिदालय गएको देख्दा पढ्न पाए त ठुलो मान्छे भइन्थ्यो भन्ने लाग्छ ।’
अपर्ण, सुक्ल अमर त बढ्न नपाएका बालबालीकाको प्रतिनिधी पात्रमात्र हुन्, इटहरी र आसपासमा घरेलु उद्योग र होटलमा काम गर्ने यस्ता बालबालीकाको संख्या ठुलो छ । उप्का नेपालले गरेको सर्बेक्षण अनुसार इटहरी आसपासमा ७ सय १३ जना बाल श्रमिक छन् उनिहरु घर, बर्कसप, गृल, रेष्टुरेन्ट, इटाभट्टा, घरेलु उद्योग आदिमा काम गर्छन । जसमध्ये करिव २० प्रतिशत बालबालीका धरेलु उद्योगमा काम गरिरका छन् । बिष्कुट, फर्निचर, थुप्पा, जुस बनाउने घरेलु उद्योगमा दिनको १२ घण्टा बढी काम गर्छन् । तर सबैले पाउने मासिक ज्याला भने ७ सयदेखि एक हजार ५ सय रुपैयामात्र हो ।
उनिहरुले भनेका वेला ज्याला त पाउदैनन् । काम गर्न आलटाल गरे अलि ढिला भए साहुको कुटाइ सम्म खानु परेको छ । कहिले काही धेरै गलिन्छ कामले थाकिन्छ तर आराम गर्ने समय सम्म पाइदैन मंगलले भने ।
इटहरीमा रहेका ८ वटा बढी पाउरोटी उद्योग र केही फर्निचर उद्योग, साथै जुस र थुप्पा बनाउने घरेलु उद्योगमा काम गर्ने यी बालबालीकाहरुले काम गरे अनुसारको ज्याला समेत पाएका छैनन् । एका तर्फ उनिहरुले पढ्न पाएका छैनन् भने अर्का तर्फ श्रम ऐनले तोकेको ज्याला समेत पाएका छैनन् । बालबालीकालाई काम लगाउदा थोरै ज्याला दिदा हुने भएकाले धेरै बालबालीकालाई धरेलु उद्योगले काम लगाउने गरेको बताउँछन् उप्का नेपाल होप परियोजनाका सामाजिक परिचालक मेघराज न्यौपाने । उनले पहाडी जिल्लाबाट आएर काम गर्ने बालबालीका धेरै रहेको बताए ।
श्रमिक बालबालीकालाई बिद्यालयसम्म पुग्ने वातावरण बनाउनु पर्ने तथा उनिहरुलाई अनौपचारीक शिक्षाको ब्यवस्था गर्नुपर्ने बताउछन् नगरबाल समन्वय समिति इटहरीका अध्यक्ष जीवन खाती । ऐनले बालबालीकालाई काममा लगाउन नपाउने ब्यवस्था गरे पनि कानुनको पालना नभएको उनको भनाइ छ । ‘कानुनले त बालबालीकालाई काममा नलगाउनु भन्छ तर यहाँ १२ घण्टासम्म काम गर्दा पनि बालबालीकाले उचित ज्याला पाएका छैनन्, उनिहरुले पढ्न पाउने कुरा त परै जावस्’, उनले भने ।त्यसो त उप्का नेपालको होप परियोजनाले बालश्रमिकको अनौपचारीक शिक्षका लागि कक्षा सञ्चालन गर्दै आएको छ । अहिले सो कक्षामा ३५ जना बालबालीका शिक्षा लिइरहेका छन् । तर धेरै बालबालीकालाई सो कक्षाबारे थाहा छैन । थाहा भएपनि बालबालीकाहरुले कामबाट फुर्सद नै नपाउने अवस्था छ । जस्काकारण पढ्ने रहर भएका धेरै बालबालीकाहरु त्यतिकै रहर पालेर बस्न बाध्यछन् । शिक्षाको उज्यालो नपाएपछि भविष्यबारे अन्धकारमा छन् उनिहरु । पढेर अरुनै काम गर्ने भन्दा पनि कसरी राम्रो भाडा माझ्ने र मीठो मःम बनाउने चिन्ता उनिहरुको बाध्यता हो । बालश्रम विरुद्धको दिवस मनाइरहदा बाल श्रमिकले भोग्नु परेका पीडा त छदैछन् पढ्न पाउने उनिहरुको मौलिक अधिकारका लागि भने सोचने पर्ने वेला आएको छ ।

0 comments:

 
धन्यवाद