सुनसरीका टेलिभिजन पत्रकार संगठित

सुनसरी ९ असार । सुनसरीका टेलिभिजन पत्रकार संगठीत भएका छन् । इटहरीमा आज भेला भएका टेलिभिजन पत्रकारहरुको भेलाले सचिन पोखरेलको संयोजकत्वमा ११ सदस्सीय तर्दथ समिती गठन गरेको छ ।

 सुनसरीका संगठीत  टेलिभिजन पत्रकार : तस्विर : दिपक कार्की 
सुनसरीमा रहेर विभिन्न टेलिभिजनमा आवद्ध दुई दर्जन बढी पत्रकारहरुको भेलाद्वारा गठित संघको उपाध्यक्षमा सन्तोष यादव सचिवमा सन्तोष काफ्ले, सहसचिवमा पवन अधिकारी ,कोषाध्क्षमा उमेश सेन्चुरी र सदस्यहरुमा गोविन्द बस्नेत,
हेमराज दाहाल, विवेक भट्टराई, मिलन वुढाथोकी , मनोज भुजेल र नविन पाण्डे छन् । नव गठीत संघका संयोजक सचिन पोखरेलले टेलिभिजनमा आवद्ध पत्रकारहरुको हकहितको संरक्षण र क्षमता विकासका काम गर्ने वताउनुभयो । सुनसरीलाई कार्यक्षेत्र बनाएर दुई दर्जन बढी टेलिभिजन पत्रकार सक्रिय छन ।

0 comments:

 
धन्यवाद