कृति लोर्कापण र सम्मान

सुनसरी । मोफसलका समालोचना नामका दुई कृति असार ६ गते इटहरीमा विमोचन गरिएको छ ।
उपेन्द्र पागलद्वारा लिखित दुवै कृति प्रश्रित प्रतिष्ठानको कोशी पूर्व शाखा उदघाटनका अवसरमा प्रतिष्ठानका कार्यवहाक अध्यक्ष बाबुराम पाण्डेले विमोचन गर्नुभयो ।  पागलले मोफसलका कविता कृति र आख्यानका छुट्टा छुट्टै पुस्तक लेखेका हुन ।  प्रगतिशिल नेपाली साहित्यका अगुवा मोदनाथ प्रश्रितको जन्म दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रश्रित दम्पतिलाई दोसल्ला ओढाएर सम्मान गरियो । साथै समाचोक तथा कवि मिश्र बैजयन्तीलाई पनि साहित्य क्षेत्रमा योगदान पर्याएको भन्दै सम्मान गरिएको छ । भाषाशास्त्री चुडामणी रेग्मी, प्राडा भिम खतिवडा, प्राडा बद्रिविसाल पोखरेल, मिश्र बैजयन्तीलगायतले विमोचित कृतिका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा एक लाख ६२ हजार रुपैयाको  अक्षयकोष समेत स्थापना भएको छ । जसका लागि लेखनाथ घिमिरेले ५१ हजार रुपैया, डम्मरुबल्लभ भण्डारीले ५१ हजार रुपैया र कृतिकार तथा प्रतिष्ठानका कोशसीपुर्व शाखा अध्यक्ष उपेन्द्र पागलका ६ जना छोरीले संयुक्त ६० हजार रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
कार्यक्रममा झापमा मोरङ र सुनसरीका १८ जनाले सिर्जना वाचन गरेका थिए ।

0 comments:

 
धन्यवाद