प्रकृतिले नै ठगेपछि .....

प्रकृति पनि कति निष्ठूर हुन्छ है ? हामी भेदभावको कुरा गर्छौ । यो त प्रकृति प्रदत्त हो रै’छ । पहिले – पहिले विश्वास लाग्दैनथ्यो प्रकृतिले नै भेदभाव गर्छ भनेर । आफ्नै आँखाले देखे पछि नपत्याउँ पनि कसरी ? कुरा एक साता अगाडीको मात्र हो । सुनसरीको औरावनीमा थियौं एउटा रिर्पोटीङकाका लागि मिलन जी र म ।
एउटा दृष्यले हामीलाई तान्यो । र सोच्न बाध्य पा¥यो । त्यहाँबाट फर्कियौं समाचार लेख्यौं। फेसबुकमा सेयर ग¥यौ । तर पनि चित्त बुझेन र आज यो ब्लग लेख्दैछु । हाम्रो समाचारको शिर्षक थियो ‘बच्चाको उपचारका लागि सहयोगको याचना’ पूँजीपति अर्थ व्यवस्था र राजनीतिक अस्थिरताले अस्तव्यस्त हाम्रो समाजको एउटा उदाहरणमात्र हो यो । सरकारले आफ्ना नागरिकका लागि उपचारको व्यवस्था नगरेपछि आफ्ना सन्ततीको उपचार गर्न यी निम्न वर्गीय दम्पत्तिले साच्चै सहयोगको याचना गर्नुको विकल्प छैन रैछ ।
जन्मदै मलद्वारा नभएको छोरा दिलखुसको उपचारका लागि सुनसरीको पूर्वकुशाहा–५का राचन्द्र मण्डल र फुलकुमारी मण्डल यतिवेला  सुनसरीका विभिन्न ठाउँमा भौतारिइरहेका छन् । नौ महिने दिलखुको मलद्वार नभएकाले त्यसका लागि खर्च जुटाउन चन्दा माग्दै हिडेको बताउँने रामचन्द्रले छोराको उपचारका लागि एकलाख भन्दा बढि खर्च हुने बताए । ‘जन्मदै मलद्वार थिएन । नौ दिनका दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखायौं । डाक्टरले पेट चिरेर तत्कालका लागि दिसा निकाल्ने व्यवस्था मिलाए । तर पैसा नभएर मलद्वारबाट दिशा गर्नसक्ने बनाउन सकेनौ,’ मण्डलले भने ।
कृषि मजदुरी गर्दै आएको मण्डल परिवारले कसैले सहयोग गरेर सन्तानको उपचार गर्नपाए दैनिक गुजाराका लागि सजिलो हुने बताए । ‘एकलाख रुपैया भए नानीको मलद्वार खोल्न सकिने डाक्टरले बताएका छन् । त्यसका लागि चन्दा उठाइरहेका छौं । प्रकृतिले नै ठगेको हामीलाई सहयोग गरिदिनुहुन सबैसंग अनुरोध गर्छु,’ फुलकुमारीले भनिन् ।

0 comments:

 
धन्यवाद