
जिवनकै उत्कृष्ट वर्ष हुनलाई जिवनमामा धेरै नयाँ नयाँ काम भएका छन् । थोरै भएपनि नयाँ उपलब्धि हात परेका छन् । यसैलाई आधार मानेर ०७३ अहिलेसम्मको सबैभन्दा सन्तोषजनक वर्षका रुपमा लिएको छु । के के भए त यो वर्ष एकपटक सुरुदेखि फर्किएर हेर्न मन लग्यो । एकछिन सम्झिएर लेख्न मन लाग्यो ।
वर्षको सुरुआत भरौलमा तालिम चलिरहेको थियो । आफ्ना अनुभव बाढेर दिन बित्यो । पत्रकारिता, मानवअधिकार अभियान र आफुले जानेका कुरा सेयर गर्ने अवसर मिल्यो । त्यसका लागि अवसर जुटाउने सबैलाई धन्यवाद । बैशाखबाट पत्रकारिताकाे अाैपचारिक विद्यार्थी पनि भइयाे । यसले १५ वर्षकाे पत्रकारिता अनुभवलाइ अझ तिखार्न सहयाेग गर्ने रहेछ । बैसाख त्यसरीनै वित्यो नियमित काम र काठमाण्डौमा भएको प्रेस चौतारीको अधिवेशनमा सहभागिता । जेठमा पनि त्यस्तै भयो नियमित काममै समय वित्यो । उल्लेख्य उपलब्धि भएनन् । जब असार लाग्यो अनि सुरु भयो । जिवनका केहि रमाइला र मीठा सम्झन लायक पलहरू । असार १ गते जिवन विज्ञान केन्द्र इटहरीमा ध्यानयोग प्रयोगशालामा सहभागी हुने अवसर मिल्यो । त्यसबारे जानकारी दिने मित्र अमर खडकालाई धन्यवाद । त्यो प्रयोगशालामा सहभागी भएपछि मलाई जिवन विज्ञान केन्द्र काठमाडौबाटै प्रशिक्षण लिने रहर जाग्यो, र लिएँपनि । बोध विज्ञान लय विज्ञान र प्रशिक्षक प्रशिक्षण तालिम सकिएपछि साउनमा कर्मथलोमा आइयो ।


गएको वर्ष जीवनमा पहिलो पटक एडभेन्चरको मज्जा लिइयो । दशैको अन्तिम दिन मानिसहरू दशै विदाईको टिकालगाइ रहदाँ म भने धरान माथिको आकाशमा चरा झै उडिरहेको थिएँ प्याराग्लाइडिङमा । प्याराग्लाइडिङको अनुभव लेख्नेछु कुनैदिन । यस्तै अग्रेजी वर्ष २०१६को अन्तिम दिन भने तमोर नदीमा पानीका छालसंग जिस्कदै रमाउँदै र्याफ्टिङ गरियो । पुसको चिसो कञ्चनजङ्गा हिमालको हिउँ पग्लेर आएको पानीको छालमा रमाउँदै झुत्ती खेल्दै धनकुटाको मुलघाटदेखि तमोर टुङ्ग्याएर सप्तकोशीमा लहदै चतारासम्म गरियो ¥याप्टिङ । यसकै छुटै आनन्द छ । यसको अलौकिक मज्जा बारे लेखेरै सकिदैन । फेरी र्याप्टीङ गर्नु नै यसको आनन्दको अर्को अनुभुती हो । यी दुई सहसिक खेल खेल्ने अवसर गएकै वर्ष जुर्यो त्यसकार पनि यो वर्ष आनन्दको वर्ष हो ।

यसलाई पनि एउटा उपब्धि मानेको छु ।
आर्थिक अभावका बिच यसै वर्ष डिजिटल एसएलआर क्यामरा र नयाँ मोटरसाइकल खरिद गरियो । धेरै वर्षदेखिको किन्ने रहर आवश्यकता पुरा गर्न पाएँ यसलाई पनि एक उपलब्धि नै मान्न पर्छ ।
जीवनकै सबैभन्दा ठूलो र महत्वपूर्ण काम पनि यसै वर्ष भयो जीवन साथी छान्ने । मित्र अमर खड्काले यसकालागि सहजीकरण गर्नुभयो अनि दीक्षा र म जीवन साथी भयौ माघ १६ गतेदेखि । जीवनमा गएको वर्ष धेरै उपलब्धि नभएपनि यी सबै उपलब्धिलाई मैले महत्वपूर्ण ठानेको छु । जस्लो मेरो आगामि दिनको गोरेटो बनाउँने काम गरेको छ ।
अझै महत्वपूर्ण त मैले मेरो जीवनको आगामी १० वर्षको ऐश्वर्य रेखाङ्कन गरेको छु । जस्लो मेरो जीवनालई सफलताको बाटोमा हिडाउने छ, खुसी आनन्द, उमंग, उत्साह र उर्जा प्रदान गर्ने छ । चैतमा मात्र यो रेखाङकन भएकाले अब यो कार्यान्वय सुरु भइसकेको छ ।
अझै अर्को महत्पूर्ण काम सुरु गरेका छौ विराट अनुपम र म मिलेर त्यो हो पूर्वको पर्यटन प्रर्वद्धनका लागि डिजिटल म्यागेजिन रामनवमीका दिन सुरु गरेर । यो वर्षको अन्तिम उपलब्धि यो । अब यसैलाई पछ्याएर जीवनका यावतकुरालाई व्यवस्थित गर्दै सफलताको बाटोमा लम्किने हो । समाजालर्य आफुले सकेजति सहयोग गर्ने हो ।
समग्रमा गत वर्षलाई फर्केर हेर्दा ०७३ साल निरासाको वर्ष रहेन् । आशाका किरणहरू देखापरिरहे । जीवनको गोरेटोमा यात्रा अगाडी बढेको छ । अब यसलाई पछ्याउँदै आगामि दिनहरू अझ उर्जामय बनाउँने प्रण सहित आजलाई यही बिट मार्दछु ।
0 comments:
Post a Comment