मज्जा लुट्ने छुट्टै शैली


रेक समय मानिस आनन्दको खोजीमा हुन्छ । हरेक पल मज्जा लिन चाहिरहेको हुन्छ । तर मज्जा लिने र आनन्द पाउँने काम थोरैले मात्र गर्छन् । चाहदा चाहदै पनि थोरैलेमात्र आनन्द पाउँछन्, मज्जा लिन्छन् । आनन्द र मज्जा लुट्ने मानिसका आ आफ्नै शैली, पद्धती, प्रकृया र बहानाहरु छन् । र हुदाँ रहेछन् ।  बालक होस या बृद्ध युवा होस या अधबैंसे सबैलाई आ आफ्नै शैलीको आनन्द र मज्जा चाहिरहेको हुन्छ । यस्तै आनन्द र मज्जाको खोजीमा रहेको युवाको एउटा समुहले फरक काम गरेर मज्जा लियो र र आनन्द पायो यसपालीको देउसी खेलेर । 

तिहारमा देउसी भैली खेल्ने हाम्रो संस्कृती पछिल्लो समय आएर रकम संकलन गर्ने राम्रो माध्यम भएको छ । त्यसो त सदियौ वर्ष देखि हाम्रो समाजमा रहेका क्लव र समाजिक संस्थाले समेत देउसी भैलीलाई सस्थाको कोष वृद्धिको माध्यम नबनाएका हैनन् । सामाजिक काम गर्ने भन्दै संस्थाका लागि आवश्यक सामाग्री खरिद गर्ने भवन बनाउँने सास्कृतीक भृेषभुषा खरिद गर्ने बाटो, पाटी पौवा, फलैचा निमार्ण गर्ने कुवा खनाउँने लगायतका काममा उपयोग गर्ने गरेकै हुन् । हाम्रो पुस्तासम्म आइपुग्दा यस्ता सामाजिक कामका साथै वनभोज जाने, शैक्षिक भ्रमण जाने, डान्सपार्टी गर्ने, साथै साथी भाइ भेला भएर रमाइलो गर्ने गर्दै आएको हामी पाउँछौ । अझ कतिपय युवाले त देउसीमा तोकेरै मागेको रकमले मदिरापानमा समेत खर्च गर्ने गरेको पाइएको छ । संस्कृतिका नाममा धेरै ठाउँमा विकृती भित्रिएको भन्दै समाजका अगुवा चिन्तित भैरहेका छन् । 

तिहार भर्खरै सकिएको छ । देउसीको रकम सदुपयोग गर्न यस्ता देउसे टोलीहरु सत्रिय छन् । कतै बनभोज, कतै भ्रमण त कतै सामग्री किन्नेको लर्को । यस्तै देउसे टोलीमा फरक देखिए इटहरी ४ को

गंगालाल मार्गका एक दर्जन बढि युवा । जीवन गुजाराको लागि आ आफ्नै पेसा र व्यवसाय भएका ती युवाले धेरै दिन देउसी खेलेनन् । ‘परम्परा, रीतिरिवाज र सस्कृति जोगाऊ’ भन्दै एक दिन देउसी खेले र स्वतस्र्फुत गाउँललेले दिएको दक्षिणा भेला पारे । एक दिनमा १६ हजार रुपैया भएछ । त्यो पैसा उनीहरुले आनन्द पाउँन खर्च गरे । मज्जा लिन खर्चिए । तर अरुहरुले जस्तो क्लवका लागि सामग्री किनेनन् । भ्रमण गएनन् । रमाइलोका लागि साथीभाइ बसेर मस्तराम पनि बनेन् । तर मज्जा लुटे, आनन्द लिए । 
पकलीमा रहेको बृद्धाश्रमका आमाहरुको छाक केहि दिन भएपनि टार्न देउसीको रकम सुम्पिए । १६ हजार रुपैयाले चामल, तेल, विष्कुट, चाउचाउ, नुन, टर्सलाइट, सावुनलगायतका दैनिक उपभोग्य सामाग्री किनेर आमाहरुको आवश्यकता पुरा गर्न कात्तिक १५ गते शनिवार सुम्पिए । तिनै युवा मध्येका एक अमृत बस्नेतले भने ‘बृद्धाश्रममा खाद्यान्नको अभाव रहेछ । सधैका लागि नभएपनि केहि दिन त अभाव टार्न सकिने रहेछ भन्ने लाग्यो अनि खाद्यान्न किनेर दियौं । बृद्धाश्रमका के अभाव रहेछ भनेर बुझेर सामानहरु किनेर दिएको उनले सुनाए । ‘हामीले गरेको कामले बृद्धाश्रममा रहेका ७ जना आमाहरुलाई धेरै दिन त नपुग्ला हामीले जे सक्यौ त्यो गर्यौ,’ उनले थपे ‘अरु युवाहरुले पनि यसरी सहयोग गरे धेरै हुन्थ्यो ।’ 
सौभाग्यवस मैले पनि समान हस्तान्तरण कार्यक्रममा जाने मौका पाएँ । युवाहरुको त्यो शैली नौलो लग्यो । बृद्धाश्रम सञ्चालक समितिकी कोषाध्यक्ष कल्पना गजुरेलले पनि युवाहरुको यो कार्यलाई पुन्य कार्य भनिन् । उनले बृद्धाश्रमका आमाहरुका लागि लत्ता कपडा दिनेहरु प्रशस्त भएपनि खानाको जोहो गर्न सधै समस्या हुने गरेको बताइन् । दाताहरुबाट चलेको बृद्धाश्रमलाई युवाले सुरु गरेको यो कार्यलेहौसला मिलेको र राहत भएको उनको भनाइ थियो । देउसीको रकमले किनेको खाद्यान्न लिएर बृद्धाश्रम पुगेका युवाहरुको प्रसंसा गर्दै गजुरेलले अरु युवाहरुले पनि यस्तो सहयोग गरे आफन्त र सम्पत्ति हुदाँ हुदै पनि आश्रय लिन बाध्य आमाहरुको मुखमा गाँस पुर्याउन सहज हुने जनाइन् । 
सामग्री वितरणपछि तिनै युवाहरुसंग गफ गर्दै फर्किए । जीवन गुजारा गर्ने र विकास गर्ने भनेको मेहनतको कमाइ र सामुहिक कार्यले हो भन्दै थिए । संस्कृति र परम्परा जोगाउन गरिएको कार्यबाट आएको रकमले रमाइलो गर्न उनीहरुको मन मानेनन् र आनन्दका लागि सो रकम बृद्धाश्रमलाई सुम्पिए । त्यसै भन्छन् त्यो समुहका रोशन श्रेष्ठ पनि । उनले उदाहरणका लागि यो देउसीको रकम त्यो ठाउँमा प्रदान गरिएको बताए । अरु ठाउँमा त अरुले पनि गर्छन जहाँ अरुका आखाँ पुग्दैनन् त्यहाँ युवाले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मैले अधि भनिसकेको छु मानिस आनन्द पाउन र मज्जा लुट्न लागि परेको छ । मलाई यहि जिज्ञासाले छाडे्न । मैले तिनै मध्येका एकलाई सोधे अरुहरु पैसा पाएपछि मज्जा गर्न भ्रमण जान्छन् बनभोज जान्छन्, केहि त मस्तराम बन्छन्  तपाँईहरुले बाढ्नु भयो नी ? मेरो प्रश्नको उत्तर पाएँ ‘हामीले खाद्यान्न दिदा आमाहरुको मुहारमा एकछिन भएपनि उज्यायो देख्यौं मुस्कान देख्यौ । यसलेबाट हामीले पनि मज्जा लियौ, आनन्द पायौं ।  नाचगान गरेपनि, भ्रमण गएपनि एकदिन अर्थात एकछिन त हो नी हामीले आनन्द मज्जा लिने । त्यो आनन्द हामीले यसैबाट पायौं । नाचे पनि , गाए पनि मस्तराम भएपनि त्यो मज्जा भोलीका लागि त रहदैनन् नी । आजको दिन त यसैबाट मज्जा लुटिहाल्यौं ।’ उनको जवाफ मलाई मन पर्यो र मैले पनि यो लेखें र मज्जा लिएँ । कस्तो लाग्यो ?  





0 comments:

 
धन्यवाद