फेरिदैछ इटहरी

दुईवर्ष अगाडी नागरिकहरुले सुरु गरेको कीप इटहरी क्लीन अभियानको चर्चा सेलाउन सेलाउन लागेका वेला फेरी इटहरीबाट अर्को अभियान सुरु भएको छ । इटहरीको बाहिरी स्वरुप फेर्ने अभियान कीप इटहरी क्लिन नेपालमै पहिलो र चर्चित कार्यक्रम बन्यो  शहर सरफाइका लागि । आखिर मानिसले चाहे र गर्यो भने हुन्छ भन्ने उदाहरण हो त्यो ।
आजदेखि प्रहरीले व्लक पोलिसिङ कार्यक्रम सुर गर्यो जस्ले इटहरीमा भएका विकृती र विसंगतीको फोहर सफा गर्ने अपेक्षा गरिएको छ । त्यसै कार्यक्रमको समाचार र तस्विर ब्लगमा अपलोड गर्न मन लाग्यो । धेरै भएको थियो व्लग अपडेट नगरेको पनि । आजको कार्यक्रममा इटहरीवासीको उत्साहजनक सहभागीता देखेर उनीहरु जस्तै म पनि आशावादी भएको छु ।

समाचार जस्ताको त्यस्तै 
नेपाल प्रहरीले शुक्रबारदेखि सुनसरीको इटहरीमा ब्लक पोलिसिङ कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वाञ्चल प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याुभुति दिन नेपालमै पहिलो पटक यो कार्यक्रम सुरु गरेको बताए ।
इटहरीका घरघरभित्र रहेका विकृती र अपराधलाई बाहिर निकाल्न नेपाल प्रहरीले कार्यक्रमको सुरुवात गरेको उनको भनाइ छ ।




उनले इटहरीको सुधार अभियान डिएसपी विनोद शर्माको मात्र नभएर नेपाल प्रहरीको भएको जिकिर गर्दै इटहरीमा लागूपदार्थ दुव्र्यसनको समस्यालाई समाधान गर्न आफूले योजना बनाएको सिलवालले बताए । पूर्वमा पहिलो पटक इटहरीबाट सुरु गरिएको कार्यक्रममा नेपालमै परिक्षणका रुपमा भएकाले यसलाई सफल बनाउँन सहयोग गर्न सिलवालले सबैलाई आग्रह गरे ।
इटहरीका नौ वटै वडामा सञ्चालन गरीने कार्यक्रम अन्तर्गत प्रति एक सय घर बराबर दुई जना प्रहरी खटाइने र ती प्रहरीले घरहरुको निगरानी र रेखदेख गर्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक विनोदशर्माले बताए । ब्लक पोलिसिङ अन्र्तगत प्रहरीले मानिस नभएका घरहरुको रेखदेख गर्ने, वृद्धवृद्धाहरुलाई औषधी उपचारको लागि अस्पतालसम्म लगेर सहयोग गरिदिने लगायतका कामहरु समेत गर्ने शर्माले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, पारालिगल इटहरीकी राधा भट्टराई, एमाले इटहरी नगर अध्यक्ष याम सुव्वा लगायतले प्रहरीले सुरु गरेको कार्यक्रमबाट जनताले राहात महसुश गर्ने अपेक्षा गर्दै सफलतको शुभकामना दिएका थिए । कार्यक्रममा हजारौं सर्वसाधारणको सहभागीता थियो ।
 सेतोपाटीमा इटहरीको यौन व्यवसायको समाचार

0 comments:

 
धन्यवाद