शो रुमको शहर इटहरी

  चलेका प्रायसबै ब्राण्डका मोटरसाइकलको सोरुम रहेको इटहरी पूर्वकै अटो सिटीको ‘हब’का रुपमा परिचय बनाएको छ । 
सात वर्ष अघिसम्म एउटा पनि सोरुम नभएको इटहरीमा अहिले छुट्टा छुट्टै ब्राण्डका सातवटा मोटरसाइकल सोरुम छन् । बजाज,  यमाहा, हिरो, महेन्द्रा, होण्डा, टिभिएस र सुजुकीले सोरुमसंगै स्पेर्यस पार्ट र सर्भिसको काम पनि गर्दै आएका छन् । इटहरीबाट विभिन्न ब्राण्डका मोटरसाइकल हरेक वर्ष पाँचहजार भन्दा बढि विक्रि हुदै आएको अटो डिलर्स एसोशिएसन इटहरीले जनाएको छ । पूर्वका विर्तामोड देखि पश्चिममा लाहानसम्म र उत्तरमा इलाम, संखुवासभा देखि विराटनगरसम्मका ग्राहक इटहरीमा मोटरसाइकल र स्पेयर्स पार्टस् खरिद गर्न आउँने एसोसिएशनका अध्यक्ष काजिलाल श्रेष्ठले बताए । इटहरीबाट विक्रिहुने मोटरसाइकलका सबैभन्दा धेरै बजाज र यमाहाका विभिन्न मोडल रहेका छन् । व्यवसायीहरुका अनुसार बजाज र यमाहाले वर्षमा एकहजार देखि एकहजार दुइसयसम्म र हिरो महिन्द्रा, सुजुकी र होन्डाले वर्षमा पाँच देखि सातसयवटा सम्म मोटरसाइकल र स्कुटी विक्रि गर्छन् ।
सातवर्ष अगाडीसम्म एउटापनि सोरुम र सर्भिस सेन्टर नभएकाले मोटरसाइकल किन्न मात्र हैन सर्भिसिङका लागिपनि धरान र विराटनगर पुग्नुप¥थो ।  बढ्दो सहरीकणसगै खडकिएको अभाव पूरा गर्न २०६३ सालमा बजाज र यमाहाले सोरुम सुरुगरे त्यसपछि इटहरीमा मोटरसाइकलको सबै ब्राण्डका सोरुम खुलिसकेका छन् ।  सबै सोरुमले विक्रिसगंसगै सर्भिस पनि राम्रो दिएको, इटहरी पूर्वको केन्द्रविन्दुका रुपमा विकासहुदै गएकोले सबै ब्राण्ड इटहरी प्रति आर्कषित भएको एसोसिएशनका अध्यक्ष तथा हिरो ब्राण्डको सोरुम सञ्चालक काजीलाल श्रेष्ठको भनाइ छ ।
२०६३ सालमा तिरुपति अटोसिटी अर्थात यमाहा सोरुम सुरु गर्दा महिनाका जसोतसो ३० वटा मोटरसाइकल बिक्रि भएको सुनाउँदै सञ्चालक संयोग पराजुली भन्छन् ‘अहिले मासिक सरदर ९० वटा भन्दा बढि मोटरसाइकल र स्कुटी विक्रि हुन्छ ।’ दशैको अवसरका मात्र तीनसय बढि मोटरसाइकल विक्रि गरेको उनले सुनाए ।
यस्तै बजाज सोरुममा सञ्चालक प्रदिप सन्थालिय पनि मासिक एकसयको हाराहारिमा मोटरसाइकल विक्रि गर्ने गरेको बताउँछन् । उनी भन्छन ‘पछिल्लो तीन चार वर्षमा विराटनगर र धरान भन्दा पनि इटहरीको सोरुमबाट धेरै मोटरसाइकल विक्रि भइरहेको छ ।  इटहरीबाट मोटरसाइकल खरिद गर्दा सर्भिस र स्पेर्यस पार्टस् सजिलै पाउँने भएकाले पनि पछिल्लो समय इटहरीमा मोटरसाइकलको विक्रि बढेको सन्थालियाले बताए । ‘पूर्वका कुनै ठाउँमा नपाइने स्पेयर्स पार्टस् इटहरीमा पाइन्छ,’ यमाहाका पराजुली भन्छन् ‘अरुतिर भन्दा इटहरीका सोरुममा सबैखालका स्पेर्यस् पार्टस् राखेका छन् । यो पूर्वको केन्द्र भएकाले यहाँ सबैतिरका मानिसहरु सामान खोज्दै आउँछन् । त्यसैले विराटनगर, विर्तामोडलगायतका ठाउँमा नपाइने सामान पनि यहाँ पाइन्छ ।’ विभिन्न ठाउँबाट आउँनेलाई सहजता र सामान पनि सहजरुपमा पाइने भएकाले अहिले इटहरी पूर्वको अटोहवबा रुपमा चिनिन थालेको छ । मोटरसाइकलमात्र होइन कारका सोरुम पनि इटहरीमा खुल्न थालेको छ । यहि साता मात्र इटहरीमा  सुजुकी  कारको सोरुम सञ्चालनमा आएको छ ।

0 comments:

 
धन्यवाद