आन्दोलनकारीको निसानामा एम्बुलेन्स, सुत्केरी गराउँन सिटिसफारी

सुनसरी ।  ६ मङ्सिर ०७२
सुत्केरी व्यथाले च्यापेकी पत्नीलाई धनकुटाको सिरानबजारका आनन्द खनालले मङ्सिर ५ गते अस्पताल पु¥याउँन एम्बुलेन्स चढाउँन पाएनन् । व्यथा नलाग्दै धनकुटाबाट सार्वजनिक यातायात चढेर विराटनगर हिडेपनि इटहरीमा आइपुग्दा व्यथाले झन च्याप्यो । पत्नी गुञ्जन गुरागाँईलाई एम्बुलेन्समा हालेर विराटनगर स्थित नोवेल अस्पताल पु¥याउँन खोज्दा एम्बुलेन्स चालक जाँन नमानेको आनन्दले बताए । ‘तीन ओटा एम्बुलेन्सलाई गुहारेँ । तर  उनीहरू कोही पनि विराटनगर भनेपछि जान मानेनन् । यतैका अस्पतालमा भर्ना गर्न भने । उनीहरू नमानेपछि डेढ घण्टालगाएर सिटिसफारीमा विराटनगर पु¥याएँ,’ उनले फोनमा भने ‘धन्न विरामीलाई केही भएन ।’
तराईमा जारी आन्दोलनमा आन्दोलनकारीले एम्बुलेन्सलाई निसाना बनाएपछि मङ्सिर ५ गतेदेखि एम्बुलेन्स चालकहरूले एम्बुलेन्स विराटनगर लान मानेका छैनन् । पछिल्लो पटक मङ्सिर ४ गते सुनसरीको दुहबीमा आन्दोलनकारी संयुक्त मधेसी मोर्चाका कार्यक्रताले विराटनगरबाट विरामी लिएर धरान जाँदैगरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स लोडफोड गर्दा चालक विराटनगर उमनपा –११ का आनन्द विक घाइते भएपछि एम्बुलेन्स चालकहरू आन्दोलित भएका छन् । घाइते विकको सिटि अस्पताल विराटनगरमा उपचार भैरहेको छ । एम्बुलेन्स चालक संघ मोरङले मङ्सिर ५ गते मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सुरक्षाको ग्यारेन्टी र एम्बुलेन्समा आक्रमण नगर्ने लिखित प्रतिबद्धता नभएसम्म मोरङ र सुनसरीमा एम्बुलेन्स चलाउन नसकिने जनाएको छ । संघले बितेका तीन महिनामा सुनसरी र मोरङमा एक दर्जनभन्दा बढी एम्बुलेन्स तोडफोड भएको र ६ जना चालक कुटिएको जनाएको छ । मङ्सिर ३ गते पनि मोरङको रङ्गेलीबाट विरामी लिएर विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स विरामी पनि निकाल्न नदिइ संयुक्त मधेशी मोर्चाका कार्यक्रताले तोडफोड गरेका थिए । यस्तै ०७२ असोज ६ गते विरामी विराटनगर पु¥याएर फर्कदै गरेका सप्तरीका को १ च ४६९५ र स १ त ८७३ नम्बरका दुई ओटा एम्बुलेन्स सुनसरीको भोक्राहामा संयुक्त मधेसी मोर्चाका कार्यक्रताले तोडफोड गरेका थिए । पटक–पटक एम्बुलेन्स तोडफोड हुन थालेपछि सुरक्षाका लागि आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताउँछन् एम्बुलेन्स चालक संघ सुनसरीका उपाध्यक्ष भानु शर्मा । १४ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका शर्मा माओवादी युद्धकालमा पनि एम्बुलेन्स चालकहरूले यस्तो दुःख नपाएको बताउँछन् । ‘माओवादी युद्धका वेला पनि अहिले जस्तो असुरक्षित महशुस गर्नु परेको थिएन । माओवादीका घाइतेहरूलाई बोक्दा पनि समस्या हुदैन थियो । उनीहरूले पैसा पनि रेट अनुसार नै दिन्थे बरु अहिले समस्यै समस्या छ,’उनले भने । अर्का एम्बुलेन्स चालक भुवन मगर भन्छन् ‘नाकाबन्दीले एकातर्फ डिजेल÷पेट्रोल नपाएर विरामीले बोलाए ठाउँमा पुग्न सक्ने अवस्था छैन । अर्को तर्फ आन्दोलनकारीले कुन ठाउँमा तोडफोड गर्ने हुँन भन्ने त्रासमा हिड्नु पर्छ ।’ यसअघि पनि ०७० जेठ १२ गते सुनसरीको दुहबीमै आन्दोलनकारीको तोडफोडमा परी घाइते भएको सम्झदै उनले भने ‘विरामीलाई विराटनगर पु¥याएर फर्कदै थियाँै ं दुहबीमा आन्दोलनकारीले रोके । आउँने र जाने गरेर १२ ओटा एम्बुलेन्स तोडफोड भए । म र अर्को एम्बुलेन्सका चालक रमेश चौधरी घाइते भयौं । दुवै जना तीन दिन अस्पताल बस्नुप¥यो ।’ विनाकारण एम्बुलेन्स तोडफोड र आफुहरु घाइते भएपनि उपचारका लागि सहयोग नपाएको तथा दोषीलाई कारबाही नभएको उनको गुनासो छ ।
१२ वर्षदेखि रेडक्रस इनरुवाको एम्बुलेन्स चलाउँदै आएका छगन मण्डल पनि सम्झन्छन्   एम्बुलेन्स चलाएकै कसुरमा दुई वर्ष अगाडि दुहवी पश्चिम तुताहामा फोरमकै कार्यक्रताबाट कुटिएको । ‘मधेश आन्दोलनमा एम्बुलेन्स चालक त्रासमा हिड्नु परेको छ । अरु आन्दोलनमा सुरक्षित महसुश भएपनि तराईको आन्दोलनमा सुरक्षित महसुश गर्न सकिएको छैन्,’ छगनले भने । दुहबी क्षेत्रमा प्राय भाडाका आन्दोलनकारीले एम्बुलेन्स तोडफोड गर्ने गरेको चालकहरूको भनाइ छ । जसले बन्द गरेपनि सडकमा तोडफोड गर्न आउँने अनुहार सधै एउटै देखिएको उनीहरूको भनाइ छ ।
आन्दोलनको नेतृत्व गरिरेको संघिय समाजवादी फोरमका सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे भने आफुहरूले एम्बुलेन्सलाई निसाना नबनाएको बताउँछन् । उनी भन्छन् ‘प्रहरीले हाम्रा कार्यक्रतालाई गिरफ्तार गरेपछि आक्रोसित स्थानीयले तोडफोड गरे । हामीले  कसैलाई एम्बुलेन्स तोडफोगर्न भनेका छैनौं ।’ एम्बुलेन्स तोडफोड हुनु गलत भएको उनको भनाइ छ ।
चालकहरू असुरक्षित महसुश गर्दै आन्दोलनमा उत्रिएपछि सर्वसाधारणले समयमै स्वास्थ्य सेवा पाउँनबाट बञ्चित हुनुपरेको छ । सुनसरीमा ९२ ओटा र मोरङमा ९७ ओटा एम्बुलेन्स सञ्चालनमा छन् । आन्दोलनमै भएपनि अत्यन्तै सिकिस्त र गम्भिर किसिममा विरामीलाई भने ज्यान जोखिमै राखेर भएपनि बोक्ने बताउँछन् भुवन मेमोरियल ट्रष्टको एम्बुलेन्स चालक भुवन मगर । सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने संवेदनशिल क्षेत्रमा सुरक्षा व्यवस्था मजवुत बनाएकाले अब एम्बुलेन्स चालक असुरक्षित नहुने बताए । सबै एम्बुलेन्स ढुक्कसंग चलाउन उनले आग्रह गरेका छन् । रेडक्रस सुनसरीका अध्यक्ष उमेश थापा पनि एम्बुलेन्स बन्द हुन नदिने बताउँछन् । उनी भन्छन् ‘मानवको जीवनसंग जोडिएको अत्यावसकीय सेवा बन्द गर्न मिल्दैन् । चालकको सुरक्षाका लागि राज्यले व्यवस्था गर्नुपर्छ र चालकले पनि आफ्नो काम निरन्तर गर्नुपर्छ । त्यो वातावरण बनाउँन रेडक्रस सक्रिय रहन्छ ।’




0 comments:

 
धन्यवाद