सप्तकोशीमा डुंगा दुर्घटना

दुईको सव फेला, शिशुहित १३ जना बढि वेपत्तासुनसरी २१ साउन । सप्तकोशी नदिमा आज दिउँसो डुगां पल्टदा दुईजनाको मृत्यु भएको छ । ४ महिनाको शिशु सहित कम्तिमा १३ जना वेपत्ता भएका छन् ।
सुनसरी बराहक्षेत्र – १ स्थित चताराघाटबाट उदयपुरको रामपुर ठोक्सिला – १ सोमबारे नदि किनारमा यात्रु उत्रने क्रममा डुंगा अनियन्त्रत भइ दिउसो अढाइ बजे पल्टेको हो ।
डुंगा पल्टिदा नदिमा डुवेर मृत्युहुने उदयपुर ठोक्सिला– ३ की ४० बर्षिया पार्वती खड्का र सुनसरी महेन्द्रनगर – ४ की ५३ वर्षिय चन्द्रकुमारी राईको शव फेला परेको उद्धारमा खटिएका प्रहरी निरिक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो । डुंगा पल्टदा ठोक्सिलाका कुमार लामिछाने विकको चार महिनाको शिशु प्रशान्त, बबला ७ का श्री नारायण श्रेष्ठ, २७ बर्षिया सपना मगर, भोजपुर दुमानाका ४० बर्षिय प्रेम श्रेष्ठ, धनकुटामा अमृत विक वेपत्ता भएका छन् । त्यस्तै उदयपुरको रामपुर ठोक्सिलाका मुना खडका, रोशिका खड्का, मैनामैनीका टेकराज राई, जुरमान राई, उनकी पत्नी परशनी राई, रत्न राई र कोपीला विष्ट वेपत्ता भएको न्यौपानले जानकारी दिनुभयो । डुगांमा चढेका यात्रुको संख्या यकिन नभएकाले वेपत्ताको संख्या अझ बढि हुनसक्ने न्यौपानेले जनाउनुभयो ।
क्षमताभन्दा बढि यात्रु भएकाले यात्रु उत्रनेवेला तछाड मछाड गर्दा डुंगा असन्तुलित भइ पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शी प्रलाद थापाले भन्नुभयो ‘सधै ६०÷७० जना चढ्ने डुंगामा ८०÷९० जना भन्दा बढि भएकाले उत्रने वेलामा डुंगा असन्तुलित भएको हो ।’ साउनको तेस्रो सोमबार भएकाले धरानको पिण्डेश्वरमा जलचढाउने र कनमेल गरेर फर्किने संख्या धेरै भएको स्थानियले बताए ।
डुगां पल्टेर नदिमा डुवेका ५ जनालाई सशुकल उद्धार गरिएको अञ्चल प्रहरी कार्यलय कोशी बरिष्ठ प्रहरी उपरिक्षक यादवराज खनालले बताउनुभयो । उनीहरुको रामपुर ठोक्सिला स्थित स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । कोशी व्यारेज देखि घटनास्थलसम्म सुनसरी र उदयपुर तर्फबाट प्रहरी र स्थानिय मिलेर वेपत्ताहरुको खोजी कार्यजारी राखेको खनालले बताउनुभयो ।

0 comments:

 
धन्यवाद