विराट महोत्सव आयोजक समिति तथा इन्द्रपुर व्यापार संघले नायीका रेखा थापालाई आइतबार विराटचौकमा सम्मान गरेको छ । मोरङको सलकपुर घर भएकी थापालाई नेपाली कला जगतमा योगदान गरेको भन्दै महोत्सव आयोजक समितिले सम्मान गरेको हो । उनलाई सम्मानपत्र र दोसल्ला ओढाएर इन्द्रपुर व्यापार संघका अध्यक्ष गोपाल थापा र महोत्सव आयोजक समितिका संयोजक भोला दुलालले सम्मान गरे । कार्यक्रमा थापासँगै आमा सरस्वीत थापालाई पनि सम्मान गरिएको थियो ।
सुटिङको व्यस्ततालाई केहिबेरका लागि थाति राखेर आएकी थापा अति व्यस्त मुद्रामा देखिन्थिन । सम्मानित भएपछि हिरोइन थापाले भनिन, ‘मैले सम्मान त धेरै ठाउमा धेरै पटक पाएको छु तर आफनै आमासँगै आफ्नै घर गाउँमा सम्मान पाउदा औधी खुसि लागेको छ ।’ उनले थपिन ‘मैले केहि गर्न सकेको छैन । कलाको क्षेत्रमा अलि अलि मनोरञ्जन दिएको न हो । यो सम्मानले मलाइ राष्ट्रकालागि अझै बढी गर्नु पर्छ भन्ने महशुस गराएको छ ।’मध्यन्न १२ बजे कार्यक्रम स्थल आइपुगेकी थापा मञ्चमा मात्र १० मिनेट जति बसिन । मञ्चमा पुग्ने वितिकै सम्मानको दोसल्ला ओढेकी थापाले आफनै लगानीमा निर्माण भएको चलचित्र हिफाजतको ‘वीई वान्ट फीरडमं...........’ बोलको गीतको एउटा अन्तरा गुनगुनाउदै चितवनको नारायणगढमा सुटिङ् भएको जानकारी दिएर हतार–हतारमा मञ्चबाट बाहिरिइन ।

2 comments:
शेखर सर तपाइको ब्लग पढ्न पाउदा धेरै खुसी लागेको छ ।
http://janatakoblog.blogspot.com
nautanki haru lai samman garnu aabasyak chhaina, yiniharule samajn pariwar,kala saskriti jogauna ke yogdan diyeka chhan? sasto manoranjan ta hindi, english, korean, china tespachhi aru movele diyekai chhan
Post a Comment