दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

चिठ्ठी हैन हिजोआज, एस्एम्एस्को खात कत्ति ।
छट्पटीमा बितिरह्ने, मिस्कलको रात कत्ति ।

सर्मपणले पानाहरु, रंगाइन्थ्यो त्यसबेला,
अक्षरमा उनिएर, सामु पुग्थे याद कत्ति ।

बग्थ्यो मन पानाभरि, छताछुल्ल कोशी जस्तै,
भेटहुने अक्षरमा, प्यारो थियो साथ कत्ति ।

सम्झनाका तरेलीमा, अविस्कार मिसिदैछ,
एस्एम्एस् र मिस्कलको, याद बोक्ने हात कत्ति ।
रचना ः मिति २०६७ जेठ ११ इटहरी

 
धन्यवाद