दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

नियम मिचेर गजल सुनाएँ ।


जरुर किटेर गजल सुनाएँ ।


सञ्चार सम्बन्ध बिच्छेद जस्तै भो,

झ्याली पिटेर गजल सुनाएँ ।



बसन्त लागेर राताम्य पाखामा,

गुराँस टिपेर गजल सुनाएँ ।



संस्कृति विविध्छ डाँडाबजारमा,

त्यै हुर्रा मिसेर गजल सुनाएँ ।


बजाइ ढोल ती डाँडामा नाचेर,

हाक्पारे झिकेर गजल सुनाएँ ।


कुरा नै नगरौं आत्मियपनको,

आफैलाई बिर्सेर गजल सुनाएँ ।

मिति २०६८ बैसाख २

 
धन्यवाद