इटहरी नगरपालीकाको सांस्कृतिक भवन हरेक विहान ७ बजेदेखि १० बजेसम्म बालबालीकहरु संगीतमा रमाइरहेका पाइन्छन् ।
उनिहरु कोही गीत गाइरहेका हुन्छन् भने कोहि नाची रहेका र कोही ताली बजाउदै हल्लिरहेका देखिन्छन् । कक्षा ६ देखि ९ सम्मका बालबालीका मात्र सहभागी हुन पाउने क्यामपको रमाइलो हेर्न धेरै अभिभावक हलको पछिल्लो पंत्तिमा बसिरहेका हुन्छन् ।
यसै साता सुरु गरिएको क्याम्पमा इटहरीका विभिन्न बिद्यालयका ५ दर्जन बालबालीका सहभागी छन् । उनिहरुलाई एक महिनासम्म क्याम्पमा राखेर संगीत प्रशिक्षण दिने र एक महिना पछि प्रतियोगिता गरेर समर म्युजिक अवार्ड प्रदान गरिने प्रतिष्ठानका संस्थापक राजु केसीले बताए ।
0 comments:
Post a Comment