दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

चोटमाथि चोट थप्यौ ढुंगो भएँ म ।
जीवनको रस चुस्यौ, फुंगो भएँ म ।

आफैलाई सुम्पिएँछु निष्ठुरी सामु,
बैमानीको भरपर्दा बेटुंगो भएँ म ।

कस्ले पायो उर्जा दिने माया धर्तीमा ?
पिरतीको चोट बोकी गह्रुगो भए म ।

फुलबारी अन्तैसारी मार्यो मायाले
टुट्यो जरा न पात न थुंगो भएँ म ।

चोखो मेरो विस्वासमा छुरी धसियो ।
सडकमा फालिएको बुंगो भएँ म ।
मिति ः २०६८.. मंसिर २५, Dec 11 . 2011

 
धन्यवाद