इटहरीमा नेपालकै पहिलो सिटी ¥याफ्टीङ्ग

इटहरी बजारको बिच भएर बग्ने ट्याङ्ग्रा खोलामा शनिबारदेखि ¥याफ्टीङ्ग सुरु भएको छ । 
¥याफ्टीङ्गको इटहरी वडा नं ४ का वडाध्यक्ष सहित जनप्रतिनिधी, पत्रकार र स्थानीय व्यवसायी परीक्षण ¥याफ्टीङ्गमा सहभागी भए । इटहरी उपमहानगरपालिका वडा नं ४ का जनप्रतिनिधिको अगुवाइमा खोलामा एक किलोमिटर क्षेत्रमा दुईओटा ¥याफ्टमा परीक्षण ¥याफ्टीङ्ग गरिएको हो । ¥याफ्टीङ्ग  गर्न लागि प्रविधिक सहयोग तमोर, अरुण र सप्तकोशी नदीमा ¥याफ्टीङ्ग गर्दै आएको रीभर डीप ¥याफ्टीङ्गले गरेको छ । 
इटहरी बिच भएर बग्ने खोलको सदुपयोग गर्दै व्यवसायिक ¥याफ्टीङ्ग गर्नका लागि सम्भाव्यता अध्ययन गर्न शनिबार परीक्षण ¥याफ्टीङ्ग  गरिएको वडा अध्यक्ष चन्द्र भट्टराईले बताउनुभयो । 
वडा कार्यालयले सम्भाव्यता अध्ययनका लागि वडा सदस्य डिक बहादुर राईको संयोजकत्वमा ५ सदसिय सम्भाव्यता अध्ययन समिति समेत गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि खोलामा ¥याफ्टीङ्ग र खोलाको दुवैतर्फ बगैचा बनाउनले योजना गरेको अध्यक्ष भट्टराइले बताउनुभयो । 









0 comments:

 
धन्यवाद