रंग र विम्बमा ध्वजे डाँडा

हुर्रा नाच, च्याब्रुङ्ग सबैलाइृ थमाउन पाइन्छ । घरैपिच्छे इश्वरीय प्रेम हर्षले रमाउँन पाइन्छ । के पाइदैन ध्वजेडाडा उक्लिएर त हेर, गुराँसमा उभिएर घाम पनि समाउन पाइन्छ । प्रकाश आङ्गदेम्बेले नयाँ बर्षको दिन धनकुटाको डाडाबजारमा सुनाए यो रुवाई । पहिलो पटक डाडाबजार पुगेका उनले त्यहाको वातावरणलाई आफ्ना सिर्जनामा उतारे । त्यसरी सिर्जनामा त्यस ठाउको बर्णन गर्ने उनिमात्र थिएनन् । काठमाण्डौबाट आएका आधादर्जन कलाकार साहित्यकारसगै पुर्वका चार दर्जन श्रष्टा र कलाकार पनि थिए साथमा । कवि मनु मजिंलले पनि डाँडाबजारलाई उतारे विम्बमा यसरी डाँडा बजार पर्खिरहेकी छ आइपुगेको कोही छैन न्चुल्ठामा गुराँस, छाती भरी कसैले नचिनेको प्रेम र आखाँमा कसैले नदेखेको आसु चुपचाप डाँडाबजार पर्खिरहेकी छ । नयाँ बर्ष मनाउदै पर्यटन बर्ष २०११ को प्रचार प्रसारका लागि चैत ३० गते पहिलो पटक ध्वजेडाडा पुगेको टोलीमा रहेका कलाकारले नयाँ बर्षको विहानीसगैं डाँडाबजार र ध्वजेडाडाको अवलोकन गरे । विहान भरि डाँडा बजारबाट मनोरम दृष्यको रस स्वादन गरेका कवि कलाकार र पत्रकारले मध्यान्न ती सबै दृष्य उतारे आफ्ना सिर्जनामा । कलम समाउनेहरुले शब्दका विम्बमा उतारे भने कुची समाउनेहरुले रंग भरेर प्रतिभामात्र देखाएनन् ध्वजेडाडा र आसपासका सुन्दरतम दृष्य उतारे चित्रमा । ध्वजेडाडाबाट देखिने सुर्योदय, डाँडैडाँडाको श्रृखलाहरु र सुन्दर डाँडाबजार, डाडाभरी राताम्य गुराँस, लाप्चेटारमा भएको एसियाकै सबैभन्दा ठुलो मानिएको बरको रुख सबै सबै क्यानभाषमा उर्तान भ्याए कलाकारले । कोही कोहीत मोवाइलमा कैद गरेको दृष्यहेर्दै क्यानभाष उतार्दै थिए । जिवन पौडेल, महेन्द्र राई, लालकाजी लामालगायत एक दर्जन कलाकारले क्यानभाषमा उतारे डाँडाबजारलाई । डाडाँबजारमा आइपुग्दा मलैदेखे डाडैडाडा डाडैंडाडा डाँडासगै डाँडा डाँडामाथी डाँडा डाँडामुनी डाँडा डाँडा पर डाँडा डाँडा नजिक डाँडा डाँडा डाँडा आहा कति मिलेर बसेका डाँडा । काठमाण्डौबाट आएका कवि रासाले डाडा देखेर भावना पोखे यस्तै । रासा जस्तै कवि साम्ब ढकाल, बद्री पलिखे, एकु घिमिरे, जितेन मुस्कानलगायत दर्जन बढी कविले कवितामा भरे डाडा बजार र ध्वजे डाडालाई । गन्तब्य ध्वजे डाँडा, रंग र बिम्बको यात्र नाम दिइएको कार्यक्रममा भुटान, काठमाण्डौ, मकवानपुर, चितवन, झापा मोरङ, सुनसरी लगायतका जिल्लाबाट साहित्यकार कलाकार र पत्रकारको सहभागी थिए । टोली ध्वजे डाडाँ पुग्दा स्थानियबासीले सबैलाई स्वागत गरेका थिए । उनिहरुले लिम्बुहरुको ढोलनाच, मगर हरुको हुर्रानाच प्रस्तुत गरे र टोलीसंग आत्मियता साटें । समुन्द्र सतह देखि १हजार ७ सय मिटरको उचाइमा रहेको ध्वजेडाँडाबाट मौसम खुलेका बेला पुर्वका १६ जिल्ला देख्न सकिन्छ भने सुर्यदय हेर्नलाई एउटा सुन्दर ठाउँका रुपमा परिचित छ । पाखा भरि गुरासको रंगसंग खेल्दै सुर्योदय हरेपछि प्रा डा टंक न्यौपानेले ध्वजे डाडाको प्रचार प्रसार गर्न सके धरै पर्यटक भित्र्याउन सक्ने बताए । सरकारी तवरबाट नभएपनि संस्थाहरुले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नु राम्रो काम भएको कवि साम्ब ढकालले बताए । ध्वजे डाँडालाई रंग र विम्बामा उर्तान कवि मनु मजिंल, विमल निभा, रासा, साम्ब ढकाल, प्रकाश आङ्देम्बे, यात्री शेखर, हेमन यात्री, संजीव राई, नविन प्राचिनलगायत सहभागी थिए । त्यस्तै कलाकार लालकाजी लामा, जिवन पौडेल, महेन्द्र राइलगायतले चित्र कोरेका थिए । प्रा डा टंक न्यौपाने डा गोपाल भण्डारीलगायका प्राध्यापकहरु पनि कार्यक्रमा सहभागी भए । कार्यक्रमको आयोजना कलरव धरान, कलालय इटहरी र साहित्य सञ्ंचार प्रतिष्ठान इटहरीले गरेको हो । पर्यटकीय क्षेत्रको रुपमा धेरै चर्चा नभएको ध्वजे डाँडा पुगे पछि प्रका आङ्गदेम्बेले जस्तै भन्न मन लाग्ला एक तिमी मेरोलागि कयौं हजार रहेछ । हर विहान झुल्कने नयाँ संसार रहेछ । होचा शब्दहरुमा तिम्रो बर्णन अटेन, यत्ति भन्छु डाँडा बजार त डाडाँ बजार नै रहेछ ।

0 comments:

 
धन्यवाद