रंगमञ्च र स्कुले केटाकेटी

एउटा धुलै धुलोले नचिनिने भएको एउटा ठुलो ग्लोब देखिन्छ । एकै छिनमा स साना उमेरका केटाकेटीहरु एक पछि अर्को गर्दै आउँछन् । सबै जना मिलेर ग्लोबलाई सफ गर्छन् आ आफ्नै तरिकाले । केहिबेरमा ग्लोब सफा हुन्छ । त्यसमा नेपालको नक्सा स्पष्ट देखिन्छ । त्यहि नेपालको नक्सामाथि केटाकेटीहरुले चन्द्र र सुर्य अंकित नेपालको झण्डा फहरउँछन् र खुसि हुन्छन् । जब केटाकेटी खुसी हुन्छन् , अनि मञ्चमा आइपुग्छन् प्रा डा अभि सुवेदी र सुनाउँछन् आमा शिर्षकको कविता । त्यसपछि सुरु भएको स्कुल थिएटर तीन दिनसम्म चल्यो इटहरीमा ।


६ बर्षे बालीका देखि १३ बर्षेबालकले समेल आफ्नै लेखन र निर्देशनमा नाटक पस्किए रंगमञ्चमा । ७ बर्षिया मानुषी खुलालले बालबालीकाको चहनामा आधारित नाटक बनभोजको लेखन र निर्देशन मात्र गरिनन् नाटक मञ्चनमा समेत सफल भइन उनी । त्यस्तै नाटक निर्दैशनमा दमदार प्रस्तुत भए टंक वि क विकको शिर्षक विहिन नाटकले सबै दर्शकको मन छोयो । बर्तमान राजनैतिक र समाजिक परिवेशलाई उनको नाटकले सलक्कै उतारेको थियो । गीता भेटिइन्, मुर्ति लगायतका अरु एकदर्जन नाटक तीन दिनमा मञ्चन गर्न भ्याए बालबालीकाले । मञ्जिल खुलाल, अनुजा पौडेल, पुजा कार्की, पुजन थापा, बर्षा केसी लगायतले लेखन तथा निदैृशन गरेका नाटक पनि उत्तिकै हेर्नलायक थिए ।
बालबालिकाको सानो मष्तिस्कले समाजमा देखेका बिकृति बिसंगतिलाई नाटको बिषय बसतु बनाए प्राय जसोले । अपाङ्गहरुप्रति गरिने भेदभाव, समाजिक असमानता, राजनीतिक अस्थिरता, शिक्षामा देखिएका विकृति लगायतका विषयवस्तु नाटकले समेटेका थिए ।
बिहिबार देखि शनिबारसम्म चलेको नाटक हेर्न इटहरी र आसपासबाट रंगमञ्चपे्रमीका लागि बालबालीकाहरुले मनग्य मनोरञ्जन दिलाएका थिए । कलालय इटहरीले एकमहिना लामो कार्यशालामा सहभागी गराएर बालबालीकालाई नाटक लेख्न र निर्देशन गर्न सक्ने बनाएको हो । नयाँ कलाकार जन्माउन र बालबालीकालाइृ सनै देखि कला प्रति सर्मपित
गर्न बिदालयसंग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको कलालयका अध्यक्ष सोनु जयन्तिले बताए । उनले भावि पुस्तालाई रंगमञ्चको ज्ञान दिन समेत कार्यक्रम फलदायी हुने दावी गरे । यो पहिलो चरणको कार्यक्रम भएको र पुन यस कार्यक्रमलाई निरनतरता दिदै अन्य बिद्यालयका नयाँ बिद्यार्थिहरुलाई समेत कार्यक्रममा सहभागी गराएर लैजाने उनको भनाइ थियो ।

तीन दिन सम्म बालबालीकाले मञ्चन गरेका नाटक हेरेर प्रा डा अभि सुवेदीले बालबालीकाहरुको अभिनयको प्रसंशामात्र गरेनन् उनिहरुलाई अवसर दिने हो भने राष्ट्रका लागि भोली होनहार कलाकार उत्पादन हुने बताए ।
नाटक मञ्चनको पहिलो दिन कलालय इटहरीले कला र साहित्य क्षेत्रमा योगदान पु¥याउने यस क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरेको थियो । सम्मानितहरुमा प्रा डा बद्रि विसाल पोख्रेल, कृष्णविनोद लम्साल, गायत्री लम्साल, चुडावसन्त लम्साल, कृष्ण अधिकारी, टीका अत्रेय, केशव कार्की, बेधनिधि तिवारी, रोशण राणाा, बाबुराम प्रधान, भाइसन बर्देवालगायत छन् ।
त्यसै अवसरमा कवि मनु मन्जिलले आफुले सहित्य क्षेत्रमा योगदान गरेवापत पएको पुरस्कारको १० हजार रुपैया अनाथ आश्रम इटहरीलाई प्रदान गरेका छन् । कवि मन्जिलले एक महिना अगाडी ८० हजार रुपैयाको सार्क युवा कवि पुरस्कार पाएका थिए ।

0 comments:

 
धन्यवाद