गुलावी ती गालामा रंग दल्न पाए
रंग सगै अलिकती मन घोल्न पाए
साच्चै मिठा यादहरु संगालिन्थे होला
यसपालीको होली हामी सगैं खेल्न पाए
होलीले
यसपालीको होली
खेल्नु पर्छ मिली
तिमी हामी सबै
एउटै टोली बनाइ
होलीको रंगले पोतीनु पर्छ
समाजको विकृती र विसंगती
टुट्नु पर्छ फाटोहरु एक अर्काको
अनि बन्द हुनुपर्छ राजनीति अस्थिरताको ।
होलीको रंगसगै पखालीनु पर्छ
नेपाली नेपालीको वैमनष्यता
परिवर्तन हुनुपर्छ
समाज र सामाजिकता
पूरानो धब्बाबाट
नयाँ र नविन परिष्कृत पाटोमा
लाग्नु पर्छ मुलुक
अग्रगमन , अग्रगती र उन्नतीको बाटोमा
असत्यको विनास जस्तै
होलीले हटाउनु पर्छ
बन्द हडताल र चक्काजाम
अपहरण धम्कि र हत्याका खबर
जल्नु पर्छ
अभाव महंगी र बेरोजगारी
अनि,
शुरु हुनु पर्छ
यौटा स्वर्णीम युग
त्यसैले
आउ, हामी सबै मिली कामना गरौ
अनि
खेलौ
स्वतन्त्रता, लोकतन्त्र र स्वच्छन्दतामा रमाउदै
रंग र अविर घसेर
धसिगरे बन्दै
टोली टोली
मिलेर होली ।
निलो हरियो र रातो
पहेलो बैजनी र कालो
रंगहरु मिसाएर
तिमी पनि आउ
म पनि आउछु
हामी दुवै मिलौ
र खेलौ होली ।
विगतलाइ बिर्सेर
आपसमा रमाउदै
रंगहरु दलादल गरौं
म तिम्रा गाला रंगाउछु
तिमी मेरा गाला रंगाउ
रंग घोलौ र छ्यापा छ्याप गरौ
अरु चाहिदैन
हामी दुइ भए पुग्छ
सारा कुरा बिर्सौ
र खेलौ होली ।
बोली अनि भावना
रहर अनि चाहना
थाती राखौ भोलीलाइ
काम गर्दै गरौला फेरी
आज भने आउ
सबै कुरा बाँकी राखौं
र खेलौं होली ।
बजारमा जबर्जस्ती छ
रंग दल्नलाइ र छ्याप्नलाइ
पिच्करी हान्न र लोला बर्षाउन
लस्कर छ मान्छेहरुको
तर, तिमी र म
रंग दलौ गाला गालामा
र, मज्जा लिउ र्स्पर्शको
अनि साटौ भावना
बाढौं माया
उमंग अनि हर्षको
र खेलौ होली ।
रिसराग फाल्नु पर्छ
असमझदारी पखाल्नु पर्छ
बेस्सरी दलौं रंग
रंगले विकृती उगाल्नु पर्छ
त्यसैले आउ
रंगहरु दलौं
र, खेलौं होली ।
एक अर्कामा छ्यापा छ्याप गर्दै रंगहरु घोली ।
बर्ष दिनमा आजै त हो रंग संग खेल्ने ,
रंग दल्दै माया साट्दै मनाउ हामी नी होली ।
1 comments:
ha ha ha prem sir pani photo ma kasto ramailo bhayo hola hagi holi
Post a Comment