लेख

बन्द, बन्द र बन्द । हिजो बन्द आज बन्द र भोली पनि बन्द । आजकल बन्द नभएको दिन भएन । कहिले मेचि बन्द, कहिले कोशी बन्द, कहिले नारायणी बन्द, कहिले राप्ती बन्द । हिजो एउटा संघको बन्द, आज अर्को संगठनको बन्द, भोली अर्कै मोर्चाको बन्द, पर्सि एउटा परिषदको बन्द, निपर्सि आर्को समुहको बन्द, अनि अर्को दिन अर्कै समुहको बन्द ।
कसैको केहि घण्टा बन्द , कसैको केही दिन बन्द , कसैको केही महिना बन्द हुदा हुदा अब त केहि बर्ष नै बन्द हुने वेला आइसक्यो । हाम्रो संस्कृति हाम्रो संस्कार नै बन्द हुने लागि सक्यो । बन्द नै हाम्रो संस्कृति र संस्कार भैसक्यो । ठुला ठुला राजनीतिकमागका लागि त पहिले पहिले देखी नै बन्द र हड्ताल गर्दै आएका छन विभिन्न राजनीतिक दलहरुले । तर आजकाल राजनीतिक मागकालागि मात्र बन्द हुदैन हामी काहाँ , हामी काहा आजकाल सडक दुर्घटना भो सडक बन्द, यात्रुबसले कुखुरा मार्यो सडक बन्द, कर्मचारी कार्यालय आएन सडक बन्द, हुदा हुदा अब त घरमा लोग्ने स्वास्नीको झगडा हुदा समेत सडक जाम हुन थालिसक्यो ।
केहि महिना अगाडीको कुरा मात्र न हो मोरङको उर्लाबारीका लोग्ने स्वास्नीको झगडाले दिनभर राजमार्ग जाम भएको । यस्ता घटना र उदाहरण त याहा खोज्न थाल्नेहो भने पुस्तकका ठेली नै बन्लान । दिनहु हुने बन्दले एक दिनमा पुग्ने ठाउमा निष्कीएको मान्छे उस्को गन्तव्यमा पुग्न हप्तौ लाग्न थाल्यो । अस्ति भर्खर मात्र मेरा एकजना मित्र काठमाण्डौ बाट सात दिनका दिन इटहरी आइपुगे । १० घण्टाको बाटो ठ्याक्के सात दिन लु हेर्नुस त अनि हामी अब कता लाग्दैछौं ?
पहिले पहिले हजुरबुबाको पालामा काठमाण्डौ पुग्न महिना दिन लाग्थ्यो रे , अब हाम्रो पालोमा पनि उहि कथा दोहोरिदैछ । आजकल दिनहु हुने बन्दले हामीलाइ कता डोर्याउने हो कल्पना गर्न नै गाह्रो भएको छ ।
अहिले हिड्दा कतै बन्द छैन भने आधा घण्टा पछि काहा पुगेर अड्कने हो टुङ्गो हुदैन । अस्ति भर्खर मात्र म विहान भरी चारतिर फोन गरेर कतै बन्द नभएको खवर पाएर इटहरीबाट विराटनगरमात्र के पुगेको थिए भयो चक्काजाम सुरु , मैले त्यस दिन विराटनगरमा विताउनु वाहेक कुनै विकल्प भएन । यस्ता बन्द, हड्ताल र सडक जामले हजारौका समस्या माथी समस्या थपेका छन । सायद दुइमहिना अगाडी हुनु पर्छ बन्दकर्ताले सिराहामा एम्बुलेन्स चल्न नदिएर एकजना सुत्केरी महिलाले परमधाम जानु परेको । यो त बन्दको पराकाष्ठाको एउटा प्रतिनिधि घटनामात्र जस्तो लाग्छ मलाइ यस्ता थुप्रै घटना हामी समक्ष आएका छन । हामी पढ्दै र सुन्दै आएका छौ ।
अरु संघ, संगठन, समुह मोर्चाको बन्दले मात्र नपुगेर अब गाडी, एम्बुलेन्स लगायतले पनि सुरक्षाको माग गर्दै सडक जाम गर्ने प्रवृति सुरु भयो । एकसाता अगाडी एम्बुलेन्स चालकले दुइ दिन सम्म इटहरी चौकमा जाम गरे । हर्ेर्नुस् न फोटो ।
सरकार पनि कत्ति लाचारी भयो है ? राजमार्गलाइ बन्द निषेधित क्षेत्र त घोषणा गर्यो तर कार्यान्वयन भने गर्न सकेको छैन । खै त राजमार्ग बन्द नभएको छ र आजकल ।
आज सम्म तिनदिन भयो तराइमा थारु र पर्ुवमा लिम्बुवानले बन्द गरेको भोली देखी त झन अनिश्चितकाल रे ? अब हेर त अझ कतिदिन बन्द झेल्नु पर्ने हो हामीले ?
यी बन्द गर्नेले पनि आफ्नो माग राख्दाखेरी अरुलाइ दुःख दिनु हुन्न भन्ने नबुझेका हुन की बुझी बुझी र्सवसाधारणलाइ सास्ती खेपाएका ? यो बबुरो सरकारले के हर्ेला र महिनौ दिन बन्द हुदा पनि चुपचाप लागेर बस्ने बानी भैसकेको छ । राजमार्गमा हडताल निषेधित गरेपनि खै त बन्द मुक्त बनाउन सकेको ?
प्रशासन र राष्ट्रको सारा जिम्मेवारी लिएर बसेको सरकार यसरी लाचार बन्दै जाने हो भने हामी विचरा जनता कतिदिन जिउने यो बन्द जीन्दगी ?
२०६५ फागुन २१

0 comments:

 
धन्यवाद