रेखा सम्मानित दर्शक खिन्न


विराट महोत्सव आयोजक समिति तथा इन्द्रपुर व्यापार संघले नायीका रेखा थापालाई आइतबार विराटचौकमा सम्मान गरेको छ । मोरङको सलकपुर घर भएकी थापालाई नेपाली कला जगतमा योगदान गरेको भन्दै महोत्सव आयोजक समितिले सम्मान गरेको हो । उनलाई सम्मानपत्र र दोसल्ला ओढाएर इन्द्रपुर व्यापार संघका अध्यक्ष गोपाल थापा र महोत्सव आयोजक समितिका संयोजक भोला दुलालले सम्मान गरे । कार्यक्रमा थापासँगै आमा सरस्वीत थापालाई पनि सम्मान गरिएको थियो ।
सुटिङको व्यस्ततालाई केहिबेरका लागि थाति राखेर आएकी थापा अति व्यस्त मुद्रामा देखिन्थिन । सम्मानित भएपछि हिरोइन थापाले भनिन, ‘मैले सम्मान त धेरै ठाउमा धेरै पटक पाएको छु तर आफनै आमासँगै आफ्नै घर गाउँमा सम्मान पाउदा औधी खुसि लागेको छ ।’ उनले थपिन ‘मैले केहि गर्न सकेको छैन । कलाको क्षेत्रमा अलि अलि मनोरञ्जन दिएको न हो । यो सम्मानले मलाइ राष्ट्रकालागि अझै बढी गर्नु पर्छ भन्ने महशुस गराएको छ ।’मध्यन्न १२ बजे कार्यक्रम स्थल आइपुगेकी थापा मञ्चमा मात्र १० मिनेट जति बसिन । मञ्चमा पुग्ने वितिकै सम्मानको दोसल्ला ओढेकी थापाले आफनै लगानीमा निर्माण भएको चलचित्र हिफाजतको ‘वीई वान्ट फीरडमं...........’ बोलको गीतको एउटा अन्तरा गुनगुनाउदै चितवनको नारायणगढमा सुटिङ् भएको जानकारी दिएर हतार–हतारमा मञ्चबाट बाहिरिइन ।

थापाको प्रस्तुती हेर्नकै लागी तातो घाम नभनी आएका दर्शक भने कार्यक्रमबाट खिन्न हुदै फर्किए । आयोजकले नायीका थापा कार्यक्रमको मुख्य आर्कषण भने पनि थापाको प्रस्तुति हेर्न नपाउदा दर्शकलाइ नरमाइलो लागेको हो । थापा सवा १२ बजे नै सम्माननित भएर फर्किसके पनि दर्शक भने साझ सम्म नायीका थापाको प्रस्तुति हेर्न आइहेका थिए तर थापा दिउसै फर्केको सुन्दा नरमाइलो भएको एकजना दर्शकले गुनासो गरे । नायीकाको प्रस्तुति हेर्न गाउ गाउबाट आएका दर्शकले अन्तत हास्य कलाकार नारद खतिवडा र लोक गायक तुलसी पराजुलिको प्रस्तुति हेरेर चित्त बुझाउनु पर्यो । फागुन १३ गते देखी विराटचौकमा जारी महोत्सवमा देनिक राष्टियकालकारले आफ्ना प्रस्तुति देखाउदै आएका छन ।

2 comments:

Milan said...

शेखर सर तपाइको ब्लग पढ्न पाउदा धेरै खुसी लागेको छ ।
http://janatakoblog.blogspot.com

Unknown said...

nautanki haru lai samman garnu aabasyak chhaina, yiniharule samajn pariwar,kala saskriti jogauna ke yogdan diyeka chhan? sasto manoranjan ta hindi, english, korean, china tespachhi aru movele diyekai chhan

 
धन्यवाद