बनभोज केन्द्र बन्दै इटहरीको तालतलैया

जाडो मौसम अनि पारिलो घामले बनभोजको याम बनाए झै लाग्छ आजकल । संघ संस्था होस या विद्यालय अनि साथी भाइ मिलेर किन नहोस् सबै जना फुर्सद मिलाएर्र पिकनिक’ जान तम्तयार भएका पाइन्छन् यतिवेला । त्यसैले पनि मौसम नै बनभोजको हो की जस्तो लाग्न थालेको छ । हिउँदका यी शनिबारहरु त साच्चै बनभोजखाने दिन नै बनेका छन् बेर्फुसदिला मान्छेका लागि । फुसर्द मिलाएर यो मौसममा बनभोज जाने सबैलाई रहर हुन्छ । तपाँई पनि यस बर्ष बनभोज जानु भयो ? या जाने सुरसारमा हुनुहुन्छ ? जानु भएको छैन भने काहा जाने भनेर सोच्दै हुनुहुन्छ होला हैन ? की साथीभाईसंग काहा जाने भनेर सरसल्लाह पो गर्दै हुनुहुन्छ की ? बर्षमा एक पटक जाने बनभोज ठाँउ पनि राम्रो हुनै पर्यो । सबैको खोजी एकान्त र रमणीय ठाउ नै हुन्छ, बाटो पानी लगायतका सुविधा भए त झन सुनमा सुगन्ध हैन र ? यस्तै ठाउको खोजीमा धेरै जनाले पुर्वाञ्चलमा धनकुटाको भेडेटार, इलामको कन्याम झापाको दोमुखा, जामुनखाडी सिमसार क्षेत्र, मोरङको बेतैना, सुनसरीको चतारा, कोशीटप्पु लगायतलाई गन्तव्य बनाउदै आएका छन् ।
यी बाहेक पुर्वका विभिन्न शहरमा बनाएका पार्कमा पर्नि पिकनिक’को टोली बाक्लै पाइन्छ । यी भन्दा फरक ठाउ हो सुनसरीको इटहरीमा रहेको ताल तलैया यो कुनै पहाडी डाडा पनि हैन र पार्क पनि छैन् तर याहा पनि बनभोज आउनेको लर्को भने निक्कै छ । पुर्वका अरु बनभोज स्थल भन्दा याहा बनभोजका लागि आउने पनि कम छैनन् । र् शनिबार त ठाउ नै पाउन ग्राहो, शनिबार त ८०÷९० समुह सम्म आउछन् ।’ ताल तलैया व्यवस्थापन समितिका सचिव माधव कोइराला भन्छन् – अरु दिन पनि ८÷१० वटा टोली त हुन्छन् हुन्छन् ।’ साथीभाई मिलर बनभोजका लागि आएका निक्कै पाइन्छन् याहा । अनि विद्यालय क्याम्पस र विभिन्न संघ संस्थाका समुह बनभोजका लागि आउनेको संख्या पनि कम हुदैन । कतिपय संघ संस्थाहरु त बनभोज खादै साधारणसभा गर्दै गरेका भेटिन्छन् हिजो आज तालतलैयामा । इटहरी बजार भन्दा ५ किलोमिटर उत्तरपुर्वमा रहेको तालतलैया क्षेत्र सुगम ठाउ भएकाले थोरै समय हुनेहरु प्राय याहा आउने गरेको पाइन्छ । प्राकृतिक मनोरमताले भरिएको यस क्षेत्रमा तालै तालको रुपमा रहेको सिमसार र विभिन्न प्रकारका प्राकृतिक बनस्पतीर्ले पिकनिक’ खानेलाई ताने झै लाग्छ इटहरीका पत्रकार कृष्णविनोद लम्साललाई ।
२०६५ सालमा बृहत्तर इटहरी विकास योजना सुरु भएपछि पहिचान भएको तालतलैयामा छिटफुट रुपमा बनभोज आउन थाले पनि विगत तिन बर्षदेखी यस क्षेत्रर्मा पिकनिक’ आउनेको संख्या ह्वात्तै बढेको सचिव कोइरालाले जनाए । राजमार्ग नजिकैको यस्तो सुगम ठाउमा यती मनोरम दृष्य छ भन्ने मलाइ लागेको थिएन ।’ पहिलो पटक साथी भाइ मिलेर यार्हा पिकनिक’ आएका मोरङको दर्वेशाका रमेश घिमिरेले भने – पिकनिक’का लागि सच्चिकै लोभलाग्दो ठाँउ रहेछ ।’ मोरङको विराटनगर स्थित पायनियर केवल उद्योगका कर्मचारी दिलिप भण्डल भने समय बचतका लागि याहा बनभोज आएको सुनाउछन् । उद्योगका सबै कर्मचारी सहित बनभोज आएका उनले भर्ने टाढा जादा समय धेरै लाग्छ, ठाउ पनि राम्रो बाटो पनि राम्रो अनि नजिकै पनि त्यै भएर हामी याहा आएका हौ ।’ इटहरी चौक पुर्वबाट पिचैपिचको बाटो पुग्न सकिन्छ तालतलैया । अनि तरहरा चौकबाट पनि कच्चिबाटो सिधै पुर्व लागे टक्रक्र्कै पिकनिक स्पट’।
बनभोज आउनेलाई पानी दाउरा लगायतको व्यवस्था पनि व्यवस्थापन सिमितीले मिलाएको छ । बनभोजकका लागि आउने एक समुहले एकसय पच्चिस रुपैया व्यवस्थापन समितिलाइ बुझाउनु पर्छ । नगरपालीकाले यस क्षेत्रको विकासका लागि अझै धेरै काम गर्नु पर्ने पत्रकार लम्साललाई लागेको छ । ताल तलैयामा शौचालयहरु निमार्ण , खानेपानीको अझ पर्याप्तता र बनभोज क्षेत्रभरी विजुली उपयोग गर्न सकिने व्यवस्था गर्न सके एक पटक आएका मानिसहरु फेरी पनि नआइ रहन सक्दैनन् । ’ त्यसैले नगरपालीका र व्यवस्थापन समितिले यसलाई अझ व्यवस्थित बनाउन सके बनभोजका लागि हिउदमा मात्र मानिस आउने हैन् । अरु समयमा पनि मानिसको फुर्सदको क्षण विताउने राम्रो गन्तव्य बन्न सक्छ ।

0 comments:

 
धन्यवाद