नयाँ आयामका लागि कविता वाचन

बिहानको साढे नौ बजेको हुदो हो बैठक कोठामा पुग्दा विभिन्न कविका चर्चित कृतिहरु कसैका हात हातमा थिए कोही कोही कृतिहरु छनोटमा व्यस्त थिए
चर्चित कविका कृतिहरु पल्टाइ पल्टाइ उनिहरु हेरिरहेका थिए तपाइ सोच्नु होला साहित्यकारले कुनै प्रर्दशनीमा राखिएका कृतिहरु किन्नका लागि यसरी छानेका हुन तर कुरा त्यसो हैन रहेछ उनिहरुले ती कृतिहरुबाट आफुले वाचन गर्नु पर्ने कविता खोजेका रहेछन् उनिहरु नेपाली साहित्यमा सुप्रसिद्ध कविताहरु छनोट गरिरहेका थिए
साहित्यसंचार प्रतिष्ठान इटहरीले शनिबार आयोजना गरेको प्रसिद्ध कविताहरु वाचन कार्यक्रममा वाचन गर्न उनिहरुले यसरी कविता छानेका हुन
नौ बजे नै सुरु हुने भनिएको कार्यक्रम कविता छनौट गर्दा गर्दै डेढ घण्टा ढिलो सुरु भयो महाकवि लक्ष्मिप्रसाद देवकोटार्को प्रभु जी भेडो बनाउकविता बरिष्ठ कवि कृष्णभुषण बलले वाचन गरे पछि कार्यक्रम औपचारिकता पायो
भुषणले सुरु गरेको गरेको कविता वाचन कार्यक्रम करिव तिन घण्टा चल्यो त्यस अवधिमा गोपालप्रसाद रिमालर्को आमाको सपनाकवि गण्डकी पुत्र, कवि शिरोमणी लेखनाथ पौडेलर्को पिंजडाको सुंगाश्रीधर शर्मा, भुपि शेरचनर्को हामीदिपक न्यौपाने, बैरागी काइलार्को मातेको मान्छेको भाषणदेवान किराँती, कुन्ता शर्मार्को पोथी बास्नु हुन्नसिमा आभाष, उपेन्द्र सुब्बार्को पुतली यात्री शेखरले वाचन गरे यी सगै दर्जन कविताहरु साहित्यकार प्राध्यापकहरुले वाचन गरे
मोरङ सुनसरीका विभिन्न ठाउलाई कर्मथलो बनाएका अधिकांस सर्जकहरु कविता वाचनमा सहभागी थिए कविता वाचनलाई प्राध्यापकहरुले पनि साथ दिए, उनिहरुले पनि कविका कविता मज्जैले वाचन गरे कार्यक्रमलाई नमस्ते एफ एमले एक घण्टा सम्म प्रत्यक्ष प्रसारण गर्यो
कवितालाई नयाँ आयाम दिन कार्यक्रमको आयोजना गरेको साहित्य संञ्चार प्रतिष्ठानका सविच कुमुद अधिकारी बताउछन्
उनि भन्छन्पुराना तथा नयाँ पुस्ताका चर्चित कविता अरुलाई नै वाचन गर्न लगाएर कविता प्रतिको अनुभुती आर्कषण गराउन कार्यक्रमको आयोजना गरेका हौं
कविता वाचन सुन्नेले साच्चीकै नयाँ अनुभुती पाए नयाँ अनुभुती भएर नै एक घण्टा सम्म आफ्नो रेडियोले प्रत्यक्ष प्रसारण गरेको नमस्ते एफ एमका प्रबन्ध निर्देशक चेतन धमलाले बताए उनले भनेगीत संगित सधै बजाउदै आएका छौं, स्रोतालाई पनि नयाँ स्वाद होस् भनेर कविताको कार्यक्रम सुनाएका हौं
सरकारी संम्यन्त्रले कला साहित्य कविताको संरक्षणका लागि पर्याप्त काम नगरको गुनासो गर्दै प्रतिष्ठानका अध्यक्ष मनु मन्जिलले भने र्सरकारी समयन्त्रले साहित्य कविताको विकास संरक्षणका लागि काम गरेको छैन, त्यसैले साना संघ संस्थाहरुले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने वेला भएको
धरान, विराटनगर, बेलबारी लगायतका ठाउमा रहेका बरिष्ठदेखी नव सर्जकले पनि अरुको रचना वाचन गर्न पाउदा आफुलाई खुसीलागेको बताएका छन यस्ता कार्यक्रमले नयाँ सर्जकहरुलाई साहित्य तर्फ आर्कषित गर्न सकिने बताउछन् कवि विवश पोख्रल बरिष्ठ कविहरुको सिर्जनाहरु वचन हुदाँ नयाँ पुस्ता आर्कषित हुने पोख्रेलको धारणा जे होस् कविता वाचन कार्यक्रमले साहित्यप्रेमीका लागि एउटा नयाँ स्वाद पस्किएको आयोजककै भाषामा भन्ने हो भने कवितामा नयाँ आयामका लागि खुडकिलो बनेको

0 comments:

 
धन्यवाद