सम्झनामा ‘ती दिन’

डिजिटल प्रविधि र पश्चिमी संस्कृतिले नेपाली कला र संस्कृतिलाई गाँज्दै लगेका बेला पुस ४ गते शनिबार इटहरीमा भएको एउटा कार्यक्रमले नेपाली कला र संस्कृतिको साच्चिकै झझल्को दिएको छ । कार्यक्रममा विभिन्न विधाका अग्रज श्रष्टाको प्रस्तुतीले पुराना नेपाली संस्कृतिको स्मरण गराएको हो । पश्चिमी संस्कृतिको प्रभावमा पर्दे गएको नेपाली कला–संस्कृतिलाइ जगेर्णा गर्न आयोजित ‘ती दिन’ कार्यक्रममा अग्रज श्रष्टाको प्रस्तुतीले नेपाली कलाको वास्तविक बाटो पछ्याउने सन्देश पनि दिएको छ ।
कार्यक्रममा अग्रज श्रष्टाको प्रस्तुतीले उपस्थितहरुको मन छोएको थियो । साथै श्रष्टाहरुले कला क्षेत्रमा गरेको योग्दानलाई कदर गर्दै इटहरीका ८६ जना अग्रज श्रष्टालाई सम्मान पनि गरियो । श्रष्टाहरुलाई प्रा.डा. अभि सुवेदी र वरिष्ठ रंगकर्मी प्रकाश सायमीले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन । एउटै थलोमा कला र संस्कृतिको विविधपाटोमा योगदान गर्ने यति धेरैजना पुराना श्रष्टालाई सम्मान गरिएको यो पहिलो हो ।
सम्मान पाएर प्रस्तुती देखाएपछि खुसी हुर्दै रमेश विष्टले भने ‘पुराना पुस्ताका श्रष्टालाई एउटै मञ्चमा सम्मान गरेर प्रस्तुती गर्न लगाएको नेपालमै पहिलो हुनुपर्छ, ।’ ‘पश्चिमी संस्कृतिले प्रभाव पार्दै गरेको हाम्रो समाजमा कला प्रतिको सम्मान हो । यसले युवा पुस्तालाई समेत आफनो संस्कृतिको वारेमा जाने अवसर दिएको छ ,’ उनले भने ।
कलालय इटहरीले गायन, संगीत, नाटक, चित्रकला, हस्तकला, नृत्य लगायतका विभिन्न विधामा इटहरीमा रहेर योग्दान पु¥याउने पुराना श्रष्टाको खोजी गरी सम्मान र प्रस्तुती देखाउने कार्यक्रमको तरतम्य मिलाएको हो । पुराना श्रष्टाको प्रस्तुती हेर्नका लागि इटहरी र आसपासका बालकदेखि बृद्धबृद्धाहरु उत्साहजनक उपस्थित थिए ।
प्रविधीले यतिवेला कला र संगीतलाई डिजीटल वनाई रहेका वेला बृद्ध कलाकार ठाकुर भट्टराईले प्राचिन मानवले शिकार खेलेको दुश्य समावेस गरिएको नृत्य देखाउँदा युवा पीढिलाई अचम्मित बनाएको थियो । भट्टराईको प्रस्तुतीसँगै एक नाटकमा महाजनको भुमिकामा कालीप्रसाद वस्ती र महिलाको भुमिकामा रमेश विष्टले देखाएको प्रस्तुती दर्शकका लागि निकै नौलो लागेको पत्रकार कविन्द्र केसीले वताए । अधिकाँस श्रष्टाहरु पुरानै भेषभुषामा सहभागी भएर प्रस्तुती देखाउँदा दर्शकलाई छुट्टै आनन्दको अनुभुति भएको थियो ।
प्रायः राजनीतिक दलको भाषण र डिजीटल प्रविधीबाट तयार भएका चलचित्र हेर्ने वानी परेका दर्शकले समय गएको पत्तै पाएनन् । पुसको चिसो जाडो र छोटो दिनमा झम्मक हुने समय सम्म वसरे सवै प्रस्तुती हेरे । कार्यक्रममा पुरान श्रष्टाको प्रस्तुतीले नयाँ अनुभुति भएको बताउर्दै प्रा.डा. अभि सुवेदीले कला र संस्कृतिले सबैलाई एकता सुत्रमा वाध्न उर्जा थप्ने वताए । कार्यक्रममा श्रष्टाहरुले विभिन्न परम्परागत नाटक, नृत्य, गीत साथै विभिन्न कला प्रस्तुत गरेका थिए ।

1 comments:

Anonymous said...

शेखर जी, कार्यक्रम निकै राम्रो थियो । सुरु देखि नै हेर्न पाइएन । थोरै समय भए नि पूर्ण सन्तुष्टी प्राप्त भयो । सलाम छ परिकल्पना कारहरुलाई ।

नववर्ष २०१० को अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको सफल्ताको वर्ष होस् ।

 
धन्यवाद