इटहरीका घरजग्गामा बैङ्कहरुको डेढअर्ब बढी लगानी, निक्षेपकर्ताको पुँजी जोखिममा

सुनसरीको इटहरीमा रहेका विभिन्न बैङ्कका शाखाहरुले इटहरी क्षेत्रमा मात्रै डेढ अर्ब भन्दाबढि रुपैयाँ घरजग्गामा लगानी गरेका छन । इटहरीमा रहेका एकदर्जनबढि नीजि बैङ्कहरु र त्यसकै हाराहारीमा रहेका फाइनान्स कम्पनीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेपछि निक्षेपकर्ताको पुँजी समेत जोखीममा परेको अर्थविदहरु बताउछन् ।
केही बैङकहरुले घरजग्गा कर्जा अन्तरगत सिधै र केही बैङकहरुले घुमाउरो पाराले जग्गामा लगानी गरेका छन् । अहिले इटहरीको जग्गाको भाउ आकाशिएको र केहि बर्षमै घट्न सक्ने भएकाले बैङक र फाइनान्स कम्पनीहरुले जग्गामा गरेको लगानी डुब्न सक्ने अर्थविदहरुको भनाइ छ । इटहरीमा भौतिक पुर्वाधारको समग्र बिकास भइसकेको छैन । शैक्षिक सस्था, स्वास्थ्य सस्था र अन्य भौतिक पुर्वाधारको बिकास नभएकाले यहाँको जग्गाको भाउ अहिले बढेपनि केहिबर्षमा यो रोकिने अर्थविदहरुको ठम्याइछ ।
जग्गाको भाउ सधै यसरी नै नबढ्ने हुनाले बैङकहरुले गरेको लगानीमा निक्षेपकर्ताको पुँजी जोखिममा रहेको अर्थशास्त्री भेषप्रसाद धमलाको भनाइ छ । जग्गाको कारोवार गर्नेहरुले जग्गाको भाउ घटे बैङकले गरेको लगानी फिर्ता गर्न नसक्ने भएकाले पनि पुँजी जोखीममा रहेको धमलाको तर्क छ ।
यस्तै बिश्वव्यापी रुपमा बढ्दै गइरहेको आर्थीक मन्दीले पनि असर गर्ने सक्ने धमलाले बताए । सानो बजारमा बैङ्क र फाइनान्स कम्पनीहरुले कडा प्रतिस्पर्धा गर्नु परेकाले घर जग्गामा लगानी गर्नू आफुहरुको बाध्यता रहेको बैङकका शाखा प्रमु्खहरु बताउछन् । उनीहरुका अनुसार जग्गाको मुल्याङ्कनको ७५ प्रतिशतसम्म लगानी इटहरीका बैङकहरुले गरिरहेका छन् । इटहरीका बैङकहरुले कुल लगानीको १० प्रतिशत देखि ५० प्रतिशत सम्म घर जग्गमा लगानी गरेका छन् ।
केन्द्रिय कार्यालयको नीति नै त्यस्तो भएकाले आफुहरुले साना बजारमा त्यत्रो लगानी गर्न नहुने भनेर जान्दा जान्दै पनि लगानी गर्नु परेको उनीहरुको भनाइ छ र्। जग्गा बाहेक अरु कारोबार अहिले इटहरीमा प्राय ठप्प छ’ इटहरी स्थित माछापुच्छ्रे बैङकका शाखा प्रबन्धक पेशल पोख्रेल भने र्– लगानी गर्ने अरु ठाँउ नभएपछि बैङकले घरजग्गामा लगानी नगरेर काँहा गर्ने ?’ उनले माछापुच्छ्रे बैङकले कुल लगानीको १६ प्रतिशत घरजग्गामा लगानी गरेको बताए । तर बैङकले गरेको जग्गा हेर्दा बैङकले घर जग्गामा अझ धेरै प्रतिशत लगानी गरेको छ ।
रियलस्टेट कर्जा अन्तरगत रहेर माछापुच्छ्रे बैङकले इटहरी आवास योजना लगायतका ठूला आवास कम्पनीहरुमा लगानी गरेकाले पनि यो प्रतिशत बढ्ने देखिन्छ ।
यस्तै गोरखा बिकास बैङ्क, क्रिस्ट बैङक, बैङक अफ एशियाले सिधै जग्गामा लगानी गरेका छन् भने अन्य नाम चलेका र ठूला भनिएका बैङकहरुले भने घुमाउरो पाराले जग्गामा लगानी गरेका छन् । उनीहरुले व्यापारी र उद्योगीलाई ओभर ड्राफ्ट ओडी बनाएर ऋण दिए पनि त्यो ओडी व्यापारीहरुले जग्गामा लगानी गरेको पाइएको छ । इटहरीमा शाखा रहेका नवील बैङक, कुमारी बैङक, एभरेष्ट बैङकले ओभर ड्राफ्ट ओडी बनाएर ऋण दिएको स्रोतले बताएको छ ।
यसरी ठूलो पुँजी अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या हुने भएकाले जग्गामा लगानी नगर्ने आफ्नो बैङकको निती रहेको एस बि आइ बैङक इटहरीका शाखा प्रबन्धक प्रविण भट्टराइले बताए । आफ्नो बैङ्कले घर बनाउन लगानी गरेपनि आफुहरुले कुल लागतको केही प्रतिशत मात्रै लगानी गरेकाले लगानी नडुब्ने भट्टराइको दावी छ । ।
आम्दानीको प्रतिशत हेरेर लगानी गरेकाले निक्षेपकर्ताको पुँजी जोखीममा नरहेको माछापुच्छ्रे बैङक इटहरी शाखाका प्रबन्धक पेशल पोख्रेलले दावी गरेका छन ।
बैङ्कहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाए पछि नेपाल राष्ट्रबैङ्कले घर जग्गामा लगानी घटाउन बैङ्कहरुलाइ निर्दैशन दिएको छ ।

1 comments:

Unknown said...

bahut ramro yar..........

 
धन्यवाद