डिपार्टमेन्ट आर्कषण

पुर्वि नेपालमा बजारहरुको विकाससगैं डिपार्टमेन्ट स्टोर प्रतिको आर्कषण पनि बढ्दो छ । पुर्वका विभिन्न ठुलाशहरहरुसगैं साना बजारहरुमा पनि डिपार्टमेन्ट स्टोर खुल्नेक्रम तिव्र छ ।
पुर्वका विभिन्न शहर र बजारमा गरि दुईदर्जन बढी डिपार्डमेन्ट स्टोर खुलिसकेका छन । अझै धेरै बजारमा यस्ता स्टोर खुल्ने क्रममा छन । सुनसरी र मोरङ जिल्लामा अरु जिल्लामा भन्दा धेरै नौ\नौ वटा डिपार्टमेन्ट स्टोर सञ्चलनमा छन । सुनसरीको इटहरीमा ४ वटा, धरानमा ३ वटा, तरहरामा २ वटा डिपार्टमेन्ट स्टोर छन । त्यस्तै मोरङ सदरमुकाम विराटनगरमा एउटापनि डिपार्टमेन्ट नभएपनि विराटचौक, बेलबारी, पथरी र उर्लाबारीमा दुइ\दुइ वटा र लेटाङमा एउटा डिपार्टमेन्ट स्टोर सञ्चालनमा छ । झापाको दमक र विर्तामोडमा दुइ\दुइवटा डिपार्टमेन्ट स्टोर छन भने इलाम र पाँचथरमा एक \एक वटा डिपार्टमेन्ट स्टोर छन ।
डिपार्टमेन्ट स्टोरमा धेरै सामानहरु एकै ठाउमा पाइने भएकाले सर्वसाधारणहरु किनमेलका लागि त्यस्ता स्टोरहरुमा जाने गरेको बताउँछन् धेरै सामानहरु एकै ठाउमा पाइने, धेरै तिर घुम्नु नपर्ने वार्गैनिङ पनि गर्नु नपर्ने भएकाले गर्दा उपभोक्तहरु सामान किन्न डिपार्टमेन्ट स्टोरमा जान्छन
डिपार्टमेन्ट स्टोरमा सामान किन्दा बार्गेनिङ गर्नु नपर्ने उचित मुल्यमा पाइने भएकाले आफु डिपार्टमेन्ट स्टोरमा सामान किन्न आउने गरेको भु पु गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा सामान किन्दै गरेकी इटहरीकी दुर्गा के सीको भनाइ
इटहरी की कविता श्रेष्ठ छानी छानी सामान किन्न पाइने भएकाले आफु सधै डिपार्टमेन्ट स्टोरबाट सामान किन्ने गरेको बताउँछिन उनि भन्छिन्डिपार्टमेन्ट स्टोरमा सामानहरु छानी छानी किन्न पाइन्छ सामानहरु पनि गुणस्तरिय हुन्छ

पुर्वमा सञ्चालनमा रहेका प्राय सबै जसो डिपार्टमेन्ट स्टोरमा बिशेष गरि खाद्यान्न, भान्साका सामागं्री, सिंगारका सामान, रेडिमेट कपडा, पेय पदार्थ, इलेक्ट्रोनिक समानलगायतका सामाग्रीहरु एकै ठाउमा राखिएका छन डिपार्टमेन्ट स्टोरले उपभोक्तलाई धेरै सामान किन्न चारतिर जानु पर्दैन भने अर्कातर्फ यस्का सञ्चालकलाई पनि राम्रो फाइदा हुन्छ डिपार्टमेन्ट स्टोर कसैले एकलौटी चलाएका छन भने कसैले साझेदारी सहकारीका रुपमा पनि पुर्वमा यस्ता स्टोरहरु सञ्चालनमा छन
डिर्पाटमेन्ट स्टोर सञ्चालन गर्न सुरुमा धेरै लगानी गर्नु परे पनि यो निरन्तर चलिरहने भएकाले फाइदा हुने बताउँछन् सनराइज डिपार्टमेन्ट स्टोरका सञ्चालक जीवन नेपाल । २०५७ सालमा ३० लाख बढी लगानी गरेको डिपार्टमेन्ट स्टोरमा अहिले डेढ करोड बढी लागनी भैसकेको नेपालको भनाई छ । सुरुमा ६ हजार प्रकारका सामाग्रीबाट सुरु गरिएको डिपार्टमेन्ट स्टोरमा अहिले ४० हजार भन्दा बढी प्रकारका सामानहरु रहेको सनराइज डिपार्टमेन्ट स्टोरले २ दर्जन बढीलाइ रोजगारी पनि दिएको छ ।
बढ्दो शहरीकरणसगै पुर्वमा डिपार्टमेन्ट स्टोर खुल्नेक्रम बढेको भु पु गोरखा डिपार्टमेन्ट स्टोर इटहरीको सञ्चालक समितिका सदस्य मिनबहादुर गुरुङको अनुमान छ । गुरुङ डिपार्टमेन्ट स्टोरलाई विकासको एउटा पाटो मान्छन् । तर पुर्वमै सबैभन्दा ठुलो डिपार्टमेन्टले परिचित इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आर्चाय भने सबैलाई समान मुल्यमा सामाग्रंी उपलब्ध गराउन आफुले डिपार्टमेन्ट स्टोर खोलेको बताउँछन् । पुर्वमा सबैभन्दा पहिले खुलेको आफ्नो डिपार्टमेन्टमा नेपालको विभिन्न जिल्लमात्र नभएर भारतको विहार पश्चिम बङ्गाल, दार्जिलिङ, सिक्किम लागतका ठाउबाट उपभोक्ताहरु आउने गरेको आर्चायले जानकारी दिए ।
डिपार्टमेन्ट स्टोरका सामानमा विश्वसनियता, उचित मुल्य र सामानको उपलब्धताले गर्दा पनि उपभोक्ताहरु अरु पसल भन्दा डिपार्टमेन्ट स्टोर तर्फ आकर्षित भएको आचार्यको अनुभव छ । पुर्वाञ्चलको विभिन्न बजारमा रहेका यस्ता धेरै डिपार्टमेन्ट स्टोरले उपभोक्तालाई सुविधा पुर्याएका छन । शहरमा मात्र नभएर ग्रामिण बजारमा खुलेका यस्ता डिपार्टमेन्ट स्टोरले समान किन्न टाढा टाढा जानुपर्ने बाध्यताबाट ग्रमिण भेगका सर्वसाधारणलाइ मुक्त पार्न खोजेको छ । अर्कातर्फ यस्ता डिपार्टमेन्ट स्टोरले रोजगारी पनि सिर्जना गरेका छन । गोरखा डिपार्टमेन्ट स्टोरले मात्र एकसय ४८ जनालाई रोजगारी दिएको छ ।
यसरी डिपार्टमेन्टमा उपभोक्ता र लगानीकर्ताको बढ्दो आकर्षण जस्तै यी स्टोरहरुलाई व्यवस्थित बनाउँदै अनुगमन गर्नै सम्यन्त्र बनाउनु पनि आवश्यक रहेको छ ।

0 comments:

 
धन्यवाद