दशैं, घुमफिर र गन्तव्य

  चाडपर्व नेपाली संस्कृतिको मूल विशेषता हो । चाडपर्व मनाउने तरिका स्थान, समुदाय र परिस्थितिअनुसार फरक–फरक हुन्छ । विविधताले युक्त संस्कृति भ...

गजल

सगरमाथा चढ्न की, सात सागर तर्न पर्छ ।
तिम्रो मनको संघार टेक्न, मैले के-के गर्न पर्छ ।

हेर्राईको भाषा नौलो, बुझ्न पनि नसकिने,
मधुर त्यो स्वरसंग, की त संगित भर्न पर्छ ।

लाली गुराँस चाप संग, खेलौ न त सगैं बसि,
मीठा कुरा गर्नु नै छ, पक्कै मौका पर्न पर्छ ।

इन्द्रणीको सातै रंग, तस्विरमा सजाएको ,
गगनमा विलाएर, तिम्रो अघि र्झन पर्छ ।

यो जुनीमा हुन्न लाग्छ, अर्को जुनी पर्खन्छौ की ?
यत्ति सम्म भन्यौ भने लाग्छ यात्री मर्न पर्छ ।

 
धन्यवाद