द्वन्द्वका पीडा र शान्तिको कामना

मानिसलाई लागेको चोट विस्तारै कम हुदै गए पनि त्यसले दिएको पीडा भने कहिल्यै कम हुदैन ।
दशबर्षसम्म चलेको शसस्त्र द्वन्द्वले धेरै नेपालीलाई पीडा थोपरेको छ । द्वन्द्व औपचारिक रुपमा अन्त्य भएको चार बर्ष विते पनि लडाँईका वेला मानिसले भोगेका पीडा जस्ताको त्यस्तै छन । लडाँईका वेला देखेका घटनाहरु सम्झिदा अहिले पनि धेरैको आँङ सिरिङ्ग हुन्छ ।
नेपालमा दशबर्ष सम्म चलेको जनयुद्ध र त्यसपछिका आन्दोलनमा धेरैको ज्यान गयो, धेरैजनाले अंगभंग भएर बाँच्नु परेको छ, धेरैजनालाई आफन्त गुमाउँदाको पीडाले अहिले पनि बारम्बार दुखाई रेहेको छ । जनयुद्ध र आन्दोलन पछि देशमा लोकतन्त्र आयो । धेरैले शान्तिको महशुस गर्न थालेका छन । जनयुद्धका वेला पिडा भोग्नेको दिनचर्या पनि विस्तारै सामान्य बन्दै गएको छ । तर उनहरुको मनमा रहेको र्दर्द भने कहिल्यै नहट्ने गरेर बसेको पीडितहरु बताउछन् ।

लोकतन्त्रको आन्दोलन सफल भएर स्वतन्त्रताको खुसीयाली मनाई रहदा ७ बर्षिया निर्मला गुरुङले भने आमाको काख गुमाउनु परेको थियो । २०६३ साल बैसाख १३ गते राती मोरङको बेलबारीकी सपना गुरुङलाई तत्कालीन शाही नेपाली सेनाका जवानहरुले बलत्कार पछि हत्या गरे । अनि निर्मलाले आमाको काख गुमाउनु पर्यो ।
ओखलढुगांकी १२ बर्षिया सुष्मा राइले बाबु गुमाएको आठ भयो । सुष्माका बाबु अर्जुन राई २०५८ सालमा भिडन्तमा मारिए । बाबु मारिएपछि सुष्माले पनि बाबुको मायाबाट बञ्चित हुनपर्यो ।
नेपालीको भाग्यले लेख्ने संविधानसभाका सभाषदहरुको छनौट भैरहेको दिन अर्थात संविधान सभाको निर्वाचनको दिन सुनसरीको भुटाहाका इन्दल कुमार दासले बाबु गुमाउनु पर्यो । इन्दलका बाबु गंगा दासले सुनसरीको भुटाहामा भएको झडपमा ज्यान गुमाएका थिए ।
निर्मला, सुष्मा र इन्दल जस्तै धेरै नेपाली बालबालीकाले अभिभावक गुमाएका छन । उनिहरु प्रतिनिधि पत्रमात्र हुन । यस्ता हजारौ बालबालीका अहिले साहारा विहिन भएका छन । द्वन्द्वले उनिहरुलाई जीवनभरी कहिल्यै नभुल्ने पीडा बोकाएको छ । निर्मला, सुष्मा र इन्दल जस्ता धेरै बालबालीका अहिले सुनसरीको तरहरामा रहेको शहिद स्मृति विद्यालयमा पढिरहेका छन । उनिहरु विगतलाई चाहेर पनि विर्सन सक्दैनन् । तर आफ्नो भविष्य निमार्णका लागि उनिहरु विगतको तीतो यर्थाथ आखाको पर्दा पछाडी राख्न चाहन्छन ।
केहिदिन अगाडी सुनसरीको इटहरीमा नेपालयले प्रर्दशन गरेको लडाँइ पछिका जनता फोटो प्रर्दशनी हेर्न आएका उनहरुले पहिले र अहिलेका फोटोमा देखाइएको अन्तराल जस्तै आफ्नो जीवनमा पनि परिर्वतनको महसुस गरेका छन ।
नेपालयले यसअधि प्रर्दशन गरेको लडाँईमा जनता फोटो प्रर्दशनीमा भएका फोटोसंग सम्बन्धित व्यक्ति र तिनिहरुका परिवारको अवस्थाको बारेमा विभिन्न पत्रकारले खिचेका तस्विर प्रर्दशनिमा राखिएका थिए । ती तस्विरमा जस्तै जनयुद्धका लडाकु र जनयुद्धको पीडा भोगेका सर्वसाधारणले ती दर्दनाक घटना विर्सनु नै राम्रो भएको फोटोहेर्न आएकाहरुको भनाइ छ ।
विगत जे भए पनि अबका दिनमा तस्विरमा जस्तो पीडा खेप्न नपरोस भन्ने सबैको कामना छ ।
आभिभावक गुमाएका ती अवोध बालबालीकाको पीडा मात्र हैन द्वन्द्वकावेला विष्थापित भएकाहरु पनिको पनि पीडा उस्तै छ । संखुवासभाबाट माअ‍ोवादी धम्किका कारण विष्थापित चेवन प्रसाद खरेल पनि विगतको तीतो यथार्थ सम्झिन्छन । उनले त माओवादीलाई पैसा नदिएकोमा विष्थापित हुनुपरेको भन्दा पनि छोरो गुमाउनु परेको पीडा मुटुमा गहिरिएको छ । उनि प्रर्दशनीमा आफ्नो छोराको फोटो खोज्दै थिए । नेपाल प्रहरीका जागिरे खरेलका २२ बर्षिय छोरा डिल्लीराम २०६० सालमा सिराहाको जानकी नगरमा माओवादी संगको भिडन्तमा मारिएका थिए ।
द्वन्द्वले दिएको पीडा विर्साउन संविधानसभाका निर्वाचन पछि दलहरुले काम गर्न नसकेकोमा खरेललाई चिन्ता लागेको छ । संविधानसभाको निर्वाचनको पछि पनि सरकारले नागरिकलाई शान्तिको महशुस गराउन नसकेको उनले अब देशमा कहिल्यै युद्ध नहोस भन्ने कामना गरे । परिर्वतनका लागि जनयुद्ध भए पनि अहिले परिवर्तनको आभाष नपाएको खरेल जस्तै फोटो हेर्न आएका धेरैले गुनासो गरेका छन ।
देश लामो समय सम्म जनुद्धको चपेटामा पर्यो । आम नागरिकले प्रंत्यक्ष अप्रत्यक्ष रुपमा यस्को पीडा खेप्न परिरहेको छ । अहिले सबैको चाहना भनेको स्थायी शान्ति हो । अनि देशको विकास र प्रगती हो ।
फोटो संकलन गरेर देशभर प्रर्दशनी गर्दै हिडेका कुन्द दिक्षित पनि जनताले भोगेका पीडा सबैलाइ बाढेर शान्तिका लागि अग्रसर गराउन लागीपरेको बताउछन । देशमा शान्ति स्थापनाका लागि सहयोग गर्न देशभर फोटो प्रर्दशनी यात्रा गर्दै हिडेको बताए । जे होस् मासिले चाहेको स्थायी शान्ति हो । शान्तिका लागि जस्ले जसरी सहयोग गरे पनि हामी सबैले सहयोग गर्नेपर्ने हुन्छ ।

1 comments:

Saloja said...

aba ta ladai pa6i janta pani aie sako ni. Kam ramro ho Update gardai janu par6 hola.
saloja

 
धन्यवाद