लोडसेडिङको मारमा एसएलसीका विद्यार्थी

दिन पनि त्यसै बित्छ
पढ्न अल्छी लाग्छ
भाउ महंगो छ लोडसेडिङको बाधा
हर भन्दा यसपाली नम्बर आयो आधा’
लोडसेडिङले गर्दा पढ्न नपाएर दिक्क भएका इटहरीका देवराज काफ्लेले लेखेको कविताको एक अंश हो यो । यसपालीको एसएलसी परिक्षा दिने तयारी गरिरहेका काफ्लेले लोडसेडिङले गर्दा मज्जाले पढ्न नपाएर गएको परिक्षामा थोरै नम्बर आएको गुनासो पोखे । इटहरीको नर्वदा मेमोरियल स्कुल इटहरीमा पढने काफ्लेको मात्र पीडा हैन यो । नेपालभरिबाट एस एल सी परिक्षा दिन तयार रहेका चारलाख ६० हजार विद्यार्थीले यस्तै समस्या भोग्नु परेको छ ।
पुर्वबाटमात्र परिक्षामा १ लाख ६७ हजार ४ सय ४८ जना बिद्यार्थी एस एल सी परिक्षामा सहभागी हुदैछन् । सबैको समस्या एउटै छ । पढ्नलाई बेलुकाको समय त नछुट्याएनी हुन्छ भन्छन् बिद्यार्थीहरु । ‘पढ्न भनेर बस्यो एकै छिनमा विजुली जान्छ’ इटहरी मोडल स्कुलबाट एसएलसिको तयारी गरिरहेकी रोशना थापाले भनिन् ‘विजुलीमा पढ्ने बानी भएछ, टुकी र मैन बत्ति बालेर त पढ्नै सकिदैन् ।’ ‘साझमा पढन् भनेर बस्यो सधै लोडसेडिङ नै हुन्छ । अनि कसरी पढ्नु परिक्षा आउन अव एक साता पनि छैन्’ नर्वदा मेमोरियलका कृष्ण अधिकारी भन्छन् ‘ दिनभर विजुलि नभए पनि साझमा त लोडसेडिङ नहुनु नि परिक्षा भरी ।’‘लोडसेडिङको मार बिद्यार्थीमा मात्र नभएर विद्यालयलाई पनि उत्तिकै छ ’ इटहरी मोडल स्कुलका प्रिन्सिपल ज्ञानेन्द्र दाहालले भने ‘कतिपय विद्यालयले इन्भटर राखेर भए पनि बिद्यार्थी पढाउनु परेको छ ।’ आफ्नो विद्यालयबाट धेरै विद्यार्थी पास गराउने होडमा पनि छन् बिद्यालयहरु । लोडसेडिङले गर्दा बिद्यार्थीले भनेका वेला पढ्न नपाएर सोचे अनुसार बिद्यार्थी पास गराउन नसकिने विद्यालय सञ्चालकहरु बताउछन् । लोडसेडिङले गर्दा बढी प्रतिशत ल्याएर धेरै बिद्यार्थी पास गराउने प्रतिष्पर्धामा पनि बिद्यालयलाई गाह्रो पर्ने भएको छ । शहरमा भएका नीजि विद्यालयले त खर्च गरेर पनि इन्भटर राखेर पढाउलान् तर गाउमा रहेका विद्यालयका बिद्यार्थीका लागि त इन्भटर टाढाको कुरा हो भन्नु हुन्छ नर्थप्वाइन्ट इङ्लिस स्कुल इटहरीका सञ्चालक अग्नी सिटौला । ‘मेरै विद्यालयबाट यसबर्ष २९ जनाले एसएलसी दिने तयारी गर्दैछन् जसमध्ये १० जना होस्टलमा बस्छन् । उनिहरुका लागि विद्यालयले इन्भटरको ब्यवस्था गरेको छ, अरु १८ जना सबैको घरमा त इन्भटर राख्ने क्षमता छैन नी’ सिटौलाले थपे ‘शहरमा रहेका केहि बिद्यालयले केही बिद्यार्थीलाई त इन्भटरमा पढाउदै होलान् । तर अधिकासं बिद्यार्थीहरु लोडसेडिङको मारमा छन् ।’ लाखौ बिद्यार्थीको भविष्य जोडिएको एसएलसी परिक्षा अवधीभर भएपनि साझ लोडसेडिङ नहुने व्यवस्था मिलाउनु पर्ने धरणा छ नर्वदा मेमोरियलका प्रिन्सिपल संजिव दाहालको । दाहाल भन्नछन् ‘अरु वेला लोडसेडिङ भए पनि अव दुई हप्ता कम्तिमा साझमा लोडसेडिङ नहुने व्यवस्था मिलाउन प्राधिकरणले सोच्नु पर्छ ।’हो लाखौ बिद्यार्थीको हितका लागि प्राधिकरणले नसोच्ने हो भने पढ्नै पर्ने मुख्य समयमा पढ्न नपाएका विद्यार्थीले दिएको परिक्षाको नतिजा कस्तो हो ला ? की देवराजले लेखेको यी हरफ संग मिल्ने हो ?
बाबु आमा दाजु भाई
सब्को गाली खाइयो
यस्पाली नी लोडसेडिङले
ठ्याक्कै सुन्य अंक पाइयो ।

0 comments:

 
धन्यवाद